Tuesday, January 2, 2018

सन्धर्व: ढाका टोपी दिवस

`ढाका टोपी दिवस´ किन प्रायोजित?


राष्ट्रियता पोसाकमा होइन मन र मस्तिष्कमा हुन्छ। एउटै पहिचानमा जातिय विविधताले ठाउं पाउन सक्दैन। सबै जाति मिलेर बस्नुको तुक छैन। सद्भाव र सहिष्णुता सदैव बलियो हुनुपर्छ, अनि मात्र हामी युग युग रहिरहनेछ।

१. `ढाका टोपी दिवस´ जनवरी १ मै किन मानियो? अरु जातिका नयां दिन, नयां वर्षलाई किन समाहित गर्न सकिएन? टोपी नेपाली छ, लाउने नेपाली हो तर टोपी दिवस चाहिं किन विदेशी नयां वर्षमा?

२. नेपाली जातिय विविधतामय भएको थाहा हुंदा हुँदै पनि एउटा जाती विशेष गरिंदा अरु जातिको।अवमूल्यन गरिएको भान नहोला र? उसै त अचेल जनजातिय संस्कृति मास्ने आर्य हुन् भनेर एकोहोरो झ्याली पिटेर जनजाती संस्कृति चपेटामा परेको छैन र?

३.ढाका टोपी दिवस मान्दै गर्दा विभिन्न जात जातिका राष्ट्रिय टोपी,पोसाकलाई देश भित्र ठाउँ नदिनु, नपाउनु आफैंमा आश्चर्यजनक छैन र? अझै दौरा सुरुवाल राष्ट्रिय पोसाक बनाउन खोज्नु भनेको त अन्य जातिका पहिचानलाई निमिट्यान्न पार्न खोज्नु पनि हो।

४. ढाका टोपी दिवस २०१४ मा नेपाली आफैंले भन्दा गैरसरकारी संस्था संस्थाबाट गरिनुको पहिलो उद्देश्य के हो? कि बरु टोपी दिवस भनी सबै जातिको टोपीलाई सम्मान गरिनुपर्ने होइन र? हामीलाई ज्ञात् भएको कुरो हो, पश्चिमाहरुको लगानी सद्भाव, सहिष्णुता भत्काउन अर्बौं खर्च गरेको कतै लुकेको छैन, अझै मधेस केन्द्रित छ नै!

५. ढाका टोपी लगाएर सामाजिक सञ्जालमा होडबाजीले अनि बाहिरी आडम्बरले टोपी नलागाउनेलाई हिनताबोध र लघुताभास हुने खालको अनुभूति दिएको हो कि? के टोपी लगाउंदैमा मात्र सच्चा नेपाली हुने?वर्षको एकदिन टोपी लगाएर टोपीको सम्मान भएको छ त?

६.अहिले आर्यखस, जनजाती, मधेसी, थारू बीच पहिलेको भन्दा सहिष्णु भएको देख्न सकिन्छ। यो कायन गरिरहन एकल पहिचानयुक्त झल्किने जातिगत पहिचान घातक हुन्छ कि? यस बारे युवाहरूले बुझ्नुपर्ने होइन र?

७.खण्डित नेपाली भएर बांच्ने वा अखण्ड नेपाली, त्यो आफ्नो हातमा छ! हजारौं वर्ष देखि मिलेर बसेका जातजाति बीच फुट किन ल्याइंदैछ त्यो आजका युवाहरुले बुझ्न जरुर छ। युवाहरु प्रोपोगन्डाको दौडमा नदौडनु होला। चेतना भया।

-दीप किरण खड्का



ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...