Saturday, December 5, 2020

रहस्यमय सम्बन्धहरु !












रहस्यमय सम्बन्धहरु !

आइन्स्टाइन कतै भन्छन्, "हामीले अनुभव गर्न सक्ने संसारको सबैभन्दा सुन्दर कुरा रहस्यमय छ। त्यो मानिस; जो रहस्यका भावनाहरूसँग अपरिचित छ, जो एकछिन रोकिएर रहस्यप्रति छक्क पर्न सक्दैन, त्यस्तो मानिस मरेतुल्य हुन्। उसका आँखा खुलेर पनि बन्द छन्।"

वर्षौं वर्ष पैले सञ्जालबाट एक आदरणीय दाइसङ्ग विचार आदानप्रदान हुँदैगर्दा चिनजान भएको थियो। चीन अध्ययन यात्रा जाने दिन नै मलाई भेट्न छक्कुबक्कु चिया पसलसम्म आउनुभएको थियो र केहि महिना अघि मैले घरसम्म निम्तो दिएको थिएँ। वहाँ हिल्ल्याम्मे सडकसङ्ग जुधेर कष्टदायी यात्राबाट घर आइपुग्नुभएछ। समय सधैं एउटै कहाँ हुन्छ र? म प्रति सद्भाव र आस्था राखी यिनै नेपथ्यका दाइले मलाई लगाउनु भएको गुन् प्रति म हृदयको कुना देखि नै कृतज्ञ छु, सायद म जीवनभर ऋणी हुनेछु। "मैले तिमीलाई केही गर्न सक्छु भनेर होइन कि समस्यामा दाईले केही गर्न सक्छ भनेर सम्झियौ, दाइप्रति जुन विश्वास राख्यौ, त्यसले तिम्रो दाइ हुन पाएकोमा अझै खुशी मिल्यो" भन्दा म साँच्चै निशब्द भएँ।

दिनहुँ शब्दसङ्ग खेल्ने मान्छे पनि यसरी कुनै क्षण शब्दविहिन हुन सक्दो रैछ, त्यो निक्कै सानो पल नै किन नहोओस्, मान्छे निशब्द पनि बन्नुपर्दो रैछ कतै ! तत्क्षण मनमा पलाएका खुशीहरूले धन्यवाद व्यक्त गर्ने नाम कुनै शब्दहरु थिएनन्, र यसले मलाइ रहस्यको आहलमा चुर्लुम्म डुबाइदियो ! यद्यपि थाहा छैन यो गुनको ऋण म कसरी तिर्न सकुँला तर मैले कमाएका मानिसहरूले मप्रति राखेको सद्भावले मलाई ती अभाव भएका मानिसका निमित्त अझै आफूले सकेको गर्न थप आँट मिलेको छ, र म अझै आफूले सकेको गर्न मानिसहरूको निमित्त सदा आफ्नो तर्फबाट गरिरहनेछु। अभाव नभएको मानिस हुँदैन, नअभाव भएको कुनै प्रहर हुँदैन भन्ने कुरो युक्तिसंगत होला ! मानिसको जिन्दगी आफैंमा एउटा अपूर्ण यात्रा छ, यो अपूर्ण यात्रामा उसले अभाव अभाव नभोगेको कुनै बखत पनि हुँदैन, अभाव हर कुरोको हुनसक्छ र त मानिस त्यतिबेला मानिस कहलिन अझै योग्य हुन्छ जुनबेला उसले आफ्नो ल्याकतले भ्याउने सघाउन कुनै कसुर बाँकी राख्दैन। मानिसको कल्याण सायद यसैमा छ !

कुनै सम्बन्धहरु यस्तै रहस्यमय हुँदा रैछन्, जसबारे निक्कै धेरै भन्न त सकिन्छ तर त्यसले अपुरो कथा मात्रै गाइदिन्छ, सायद नभनिएका कति कुराहरू यसैकारण मिठा हुने गर्छन् ! र यस्ता मिठा अनुभूतिले ती मानिसहरू प्रति हृदय अझै झुक्छ, श्रद्धाले शीर निहुरहन्छ। अन्तिममा डा सन्दुक रूइतले भनेको एउटा भनाई यहाँ राख्छ, "यो संसारमा थोरै मानिसहरुसित धेरै कुरा छ। बाँकी धेरै मानिससित ज्यादै अभाव छ। तिमी भविष्यमा तिनका निम्ति काम गर, जोसँग थोरै छ।"

र, साँच्चै जीवन एउटा पढेर नसक्किने पुस्तक रैछ भन्ने ज्ञात् समयक्रममा घट्नाहरुले सिकाइनै रहेका छन् ! संगत गरिएका मानिसहरुले आआफ्नै शैलीका पाठहरु पढाइरहेकै छन्, ठिकै छ; यसले नै सायद हामीलाई विषमता र कठिनतामा शिखर भएर उभ्याउन अभ्यास गराइरहला ! साधु!


ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...