Wednesday, October 5, 2022

त्यो दशैं, यो दशैं !

सुरू पनि कसरी कहाँबाट गर्ने होला हुने है कैले त ! भावनाहरुलाई शब्द आकार दिन पनि कहाँ सजिलो? उसो त यो हृदयले भावनालाई शब्द सापटि नदिने त पनिकहाँ हो र? अचेल दैनिकी जस्ता देखिने केही घटनाहरु डायरीमा थन्किन्छन्। संजालमा नलेखेको पनि निक्कै भएछ। भावनाका भकारीहरु भरिएर बन्द पो भए कि वारित्तिए नै पो? ”जीवनका प्राप्ति दुई किसिमका मात्र हुँदा रहेछन्- या त एकदम प्रचुर या एकदम शून्य। र, अन्तमा दुवै किसिमका प्राप्ति फेला गर्दा रहेछन्। एउटाकुरो पाउँदा अर्कोलाई छाड्नुपर्दो रहेछ। जीवनको सापोनापो बराबर। जीवनलाई वरण गर्दा मृत्युलाई पनि स्विकार गर्नुपर्छ।” बीपीले तीन घुम्तिमा यसै भनेको कुरोपढ़ेको सम्झिएँ। दुईमा एक त पक्का हो नि ! फेरी यो हिन्दी किबोर्डबाट टाइप गर्नुको दुःख अर्कै छ, यता फोनमा हाम्रो किबोर्डले मेरो नेपाली फिनयिन टाइपिङकोगति नभेटाउनु अर्कै पीड़ा छ। खैर खाने मुखलाई जुंगाले के छेक्थ्यो र? “यो पाली दशैंमा कान्छा बा नि छैनन्, भूराहरु नि छैनन्, तँ नि छैनस् !” केही दिनअघि एटमले संवादमा यसै भन्यो। “गाऊँभरीका भूराहरु बटुल्यो भन्ने कान्छा बा निक्यानडातिर, भूराहरु बटुल्ने तँ नि चाइनातिर, अनि बटुलिने भुराहरु पनि यो पाली गाऊँ गएका छैनन्।” केटोले थपेर यति भनेसी स्मृतियानमा एक क्षण सयर गरियो।केटकेटी त थिईन, तर आनीबानी केटकेटीकै थिए, छुट्टै ! हाम्रो चाड भन्नु दशै एउटा, अनि त्यहाँ माथी त्यो चाडमा बटुलिने झन् सम्झना मीठा ! ख़ै उसै पनि मसंगसम्झनाका उति धेरै पोकाहरु छैनन्। सम्झना बटुलिने भनेकै दशैँमा होला ! दशैँका प्रसङ्गहरुमा याद र सम्झनाका भकारी नबटुलेका मानिसहरु सायदै भेटिएलान्; सबैले आफ्नै किसिमका अनुभूति बटुलेका हुन्छन्, धेरथोर, तितामीठा आफ्नै ठाउँमा हुन्छन्। र ती मध्ये पनि सम्झनाका भकारी बालापनका दशैंहरूमा भरिँदै जाँदारैछन्। दशैँको घाम, नयाँ लुगा, स्कूललाई बुझाउन पर्ने दशैँ हम्वर्क, गाउँ जाने कुरो, कोट पूजाले दशैं विशेष हुने गर्छन्। युवास्थाका बाटो उकालिँदै गए पछि उस्तै रौनक जीवनका अरु परिवेशका सेरोफेरोमा नबस्ने रहेछन् हुन त जीवनको पनि त आफ्नै गति र लय छ, सधैं एकनास हुँदोहो त जीवन पनि के जीवन हुन्थ्यो र? तर धेरै हदसम्म मान्छे सम्झनाकै वरिपरि बाँचिरहँदा रहेछन्। दशैँका अरु दिन जस्तै मलाई प्रायः याद आउने दिनहरु मध्ये चाहिँटीका लगाउने दिन लाग्छ। केटकेटी बाट अलिक बुझ्ने अवस्था भैसकेपछी टीका लगाउँदा आउने दक्षिणाको ज्यादा मोह हुन्थ्यो, कुनै घर बाँकी बस्थेनन् र आशिषलिनुपर्छ भनेर हिँडिन्थ्यो। टीका लगाउन माइली फुपू देखि साइँली फुपु हुँदै बुढोमावलसम्म पुगिन्थ्यो। चिनेका जति सबै घर भ्याउने उद्देश्य हुन्थ्यो। दक्षिणा जतिआउँथ्यो धेरथोर त्यसमा गुनासो कैले रहेन, समुदायमा एउटै खाले मानिस छैनन् भन्ने चित्र त्यो बेला पनि देखेकै हो। यस्तै क्रमहरु निरन्तर चलिरहे। र केही बुझ्नथालेपछि ठूलाबडाको हातबाट आशीर्वाद मात्रै लिने, दक्षिणा नलिने भनेर टीका लगाउन गैन्थ्यो र त्यस उप्रान्त मावलबाट बाहेक अन्त कतै दक्षिणा लिइएन ! दशैँभर विभिन्न घर पुगेर गएर 'कमाएको' दक्षिणा कता पुग्थे होला त? प्राय हाम्रा समकालीन साथीहरुले दशैँको पैसाले यो किने र त्यो किने भन्थे। हामी सुन्थ्यौँमात्रै। दशैँ सकेर काठमाडौ फर्केपछि पैसा मम्मीलाई दिन्थ्यौँ; राख्नका लागि भनेर होइन कि वहाँहरुले 'चलाएर' पैसा भएपछि फिर्ता पाउने आसैले ! समय पनित्यस्तै थियो। द्वन्द्वकालका धङधङीका छर्राहरु बाँकी नै त थिए। बाको जागिरले खानबस्न ठिक्क नै हुन्थ्यो। दशैँका पैसाहरुको थोरै अंशले मन परेका पुस्तक किन्थेँ; यो भन्दा बाँकी दशैँका दक्षिणाले कैलेकैले कुनै अवस्था बखत घर पनि चल्ने रैछ भनेर धेरै पछि ज्ञात् हुनथाल्यो। हुन त छोराछोरीले पाएको पैसा बाआमालाईचलाइदिने रहर कुन बाआमालाई हुन्थ्यो होला र? तत् समयका केही क्षणहरू खल्लो लागेपनि वर्तमानको आँखीझ्यालबाट त्यो सम्झना सम्झँदा नै मीठो लाग्दा रहेछन्! हर मिठा तत्क्षणहरु मात्रै मीठा हुनुपर्छ भन्ने पनि त हुन्न रैछ; केही तत्क्षणका खल्ला र तीता सम्झनाहरु पनि वर्तमानमा टेकेर हेर्दा मीठो लाग्दा रैछन्। ओहो अतितमैपो हराईएछ ! चार साल अघि पैलोपल्ट च्यामुसीले स्वागत गर्यो। त्यो खुशी बाको खुशी थियो। च्यामुसीसंग मेरो त साइनो छ नै, च्यामुसी भन्नु अर्कों बासंगको साइनो जो छ।जीवनमा बालाई हिमाली शीतलता दिने त्यो दश भूगोल परको गाऊलाई भेटाउने रहर त अब रहर मै सीमित छ, तर त्यो सम्झनाको तालमा स्मृतियानसंगको सयरकोभव्यता के कथा रचूँ? बासंगका विविध सम्झना मध्ये केही सम्झनाहरू मस्तिष्कमा छाइरहन्छन्। एकदिन कवि दिनेश अधिकारीको कविता पढ्दै थिएँ, ‘चिँ मुसी चिँ’ ! ती शब्दहरु भन्ने भेट्दा बाका कुराहरू सम्झिएँ। उईले बाले म पढ्दै गरेको युनिभर्सिटीको नाम सोध्न परे, “तँ पढ्ने चिँ मुसी कि कता रे?” भनेर सोध्नुहुन्थ्यो।“च्यामुसी हो ड्याडी…।” भन्थें। यसरी हाँसोहरूका पोका फुकिन्थें ती दिनहरूमा। सम्झना मै पनि त बाँच्न पर्ने रैछ कैले जसरी नदी भुमरीमा केही बेर रूमल्लिएझैं ! चार साल अघि घर भन्दा पर पैलोपल्ट दशैंमा त्यो तत् समय सिफङशान तालसम्म पुगेर आएको थिएँ। नयाँ पैसा हातमा थिएँ। यसो मन डुलाऊन गएथेँ। त्यो समयअलिक बेसी नै सम्झनाले पिरोल्थ्यो। २ साल दशैँ बाहिर भएपनि त्यसपछीका दुई दशैँ देशमै मनाइयो। यो दुई साल जीवनको लयको बारे के कुरो गरूँ? जे जस्तोतीता मीठा पल संगालिए, त्यस्ता क्षणहरु जीवनमा दुर्लभ नै हुन्छन्। यसलाई यसरी पनि भन्न सकिन्छ, एउटा बासंगको दशैँ, अर्कों बाबिनाको दशैँ। अर्थात् एउटाप्रभावको दशैँ, अर्कों अभावको ! तर त्यो अभावबीचको दशैँमा पनि काका र काकीहरुबाट पाएको साथ, सद्भाव र मायाप्रति म सदा आभारी छु, कृतज्ञ छु। सप्तमीको दिन आमाको अनुहारमा छुट्टै चमक थियो। निक्कै अघिदेखी आमालाई रहर लागेको एउटा दराज लिएर मीतबा घर आइपुग्नुभएको रहेछ। केही दिनपछीआमासंग गफिँदै थिएँ अनि मितबालाई फोन दिनुभयो। नेट उति राम्रो थिएन। बडा दशैंको शुभकामना दिएँ र फोन राखें। साना रहरमा आमा रमाएको देख्ता बडोआनन्द मिल्यो। उसो त रहरले पनि सीमा कोर्दिएसी त्यही भूगोल संसार बन्ने रहेछ ! चाहे तिमी संसारभित्र आफूलाई पाऊ या आफूभित्र संसार पाऊ, तर अस्तित्व बोधगर, यस्को भिन्न मानक हुनुपर्छ सायद। यद्यपि आमाको अनुहारमा चमकता छाएको थियो। बाढी पछी गज्जबको घर छाडेर टहरामा बस्नुको आमाको एउटा बाध्यतात मनको कुनै कुनोमा होला तर पनि सन्तोषय परमो सुख भन्छन् क्यार ! “पैसा अलिअलि भए पनि दिन्छु भन्दा लिन मान्नु भएन ! पछी तिमेरूले सकेको गर्नु नि !” हाम्रा लागी रित्तिने मानिसले यसो भनिसकेपछी शिरोधार्य गर्न पनि त परो ! मनमनै मीतबालाई धन्यवाद दिएँ। सक्ने हुँदा मैले पनि गर्नुपर्छ। कास, दयाले भरिएकोह्रदय भन्दा विशाल कुरो के छ संसारमा? नवमीमा पढ़ेर दशमीमा पाठ भ्याईयो ! केही बेरको अध्ययनपछी मैले नेपाली पुराना गीत ल्यापटपमा बजाएर छाडेको थिएँ। चेख दाईसंग करीडोर डुल्न निस्कीएँ।“बुझ्नेलाई इशारा काफी, नबुझ्नेलाई पीरती भारी छ” भन्ने गीत बजाएर निस्केको थिएँ। फर्किंदा “मैना ए मैना तेरो कोई पनि आफ़्नो छैन…।” भन्ने गीत बजीराखेकोरैछ। मेरो साथी राजा त्यो गीत सुन्दै, सोचिरा रैछ। “दीप थाहा छ, मैना बारे मसंग कथा छ। त्यो कथाले मैले लेखेर फोटो सहित पठाएँ। २१ औ स्थानमा पर्यो।” मैलेउसलाई रोक्दै, “पख ! मैना बारे अर्कों गीत छ।” भन्दै ख़ेमराज गुरुंगको गीत बजाईदिएँ, “कालेबुङको मैनाचरी, ए कालेबुङको मैना चरी, ए टिष्टा खोला झर्यो होई” ! अनि यति सुनिसकेपछी उसले त्यो मैनाको कथा सुनायो। “घर छेऊ उइले हजुरबाले रोपको नरीवलको बोट छ। ऐले अग्लो भैसक्यो। त्यो रूखमा पैले देखी नै मैनाचरी बस्थ्यो। मैले जन्मदेखी नै देखेको। कती पुस्ता आयो/गयो थाहा छैन। तर यो पाली घर फर्केदेखी मैले अझ धेरै याद गरें। छतमा पढ्न जाँदा प्राय याद गर्थे।” मसुनिरहें। बीचमा लुफ़े दाईको सम्म पानी लिन गएँ। लकडाउनले पानी महँगीएको छ, अनि अभाव पनि छ। मेसोमा लुफ़ेदाईलाई धन्यवाद दिएँ र दयापनलाई, जर्जअर्वेलको कथासंग साइनो गाँसेर केही भने। र उनले पनि, “नो प्रोब्लम दीपु, एनीटाइम !” भनें। फर्केर आएँ अनि राजाले फेरी सुरू गर्यो, “मैना चरीलाई प्राय हेरी तरहन्थे नै तर त्यो दुई साल मैले नियालेको घटनाले बडो अचम्ममा पारीरह्यो। कैले हावा र हुरीले गुँड उड़ाएको हुन्थ्यो, कैले अण्डा तल झरेर फुटेको हुन्थ्यो। यतिमै त्योमैनाले क़तै गएन। बारू त्यो दुःख र विपत्तिलाई उसले सामना गरिरह्यो। त्यो शोकलाई शक्तिमा बदलिरह्यो। आफूले खोजेको वा आफ़्नो आवश्यकता पूरा नभएसम्मतीता असफलताहरुलाई आफ़्नो मानेर निरन्तर लागीरहनपर्ने रहेछ।” उसले यति भनिसकेपछी थप्यो, “तिमीले पनि आफ्ना सपनाहरुको लागी यसैगरी निरन्तरलागीरहनपर्छ दीप, तिम्रो पनि समय आऊँछ।” उसले यति भन्नु अघि नै त्यो मैना चराको नियति देखेर घोत्लिँन थालीसकेथे। “शोक र विपत्तिले त उसलाई पनी छोयोहोला, तर नियतिको खेलको अगाड़ी उसको के लाग्यो र? मूल उसले कर्म छाडेन। क्या ज्याद्रो मैना हगी? ओहो…!” अनि राजाले फेरी एकपटक आफूले अंग्रेजीमालेखेको कुरो पढेर मलाई सुनायो, “ऐले त यो प्राकृतिक विपत्ति लेखेको पनि, पढ़्दा तिमीलाई पो सम्झिएँ।” र यो मध्यरात, नेपाली च्याको साथ अनि घरको यादकोकम्बोलाई एक सम्झना बनाइयो ! उसो त यो दशैंमा बा ब्रह्माण्ड टाढा, यता म भूगोलले निक्कै पर, उता परिवार एकातिर ! भावनाले नद्जिक; यसैमा स्वीकार्न पर्ने मानव नियति ! म समानता खोज्ने नैपरें तर ती समानताकै खोजीमा पनि पृथकताका पर्खालहरू भेट्तछु। तिनै पृथकताको पर्खालहरूमा उभिएर केही बेर पर चियाऊँछु; जगत मिथ्यएको एउटा भूगोललाई! त्यो पृथकता पर्खाल कहाँ छिमेकी पर्खाल, त्यो त ग्रेट पर्खाल पो ! मन देखि मनहरू बीच उभ्याईएको पर्खाल; कोई विवशताको पर्खाल; कोई भ्रमको सानो क्षणमाउभ्याइएको पर्खाल ! उसलाइ पनि त उभिन पाइए पुगेकै छ, नदीलाई बग्न पाए जस्तै ! मलाई पनि बादलझैं बहन पाए पुगेकै छ। सबैभन्दा प्रिय मानिसहरू भन्दा टाढाबसेर बाँच्नुको विवशता कस्तो हुन्छ होला? कैले कैले प्रश्नहरू सोधिरहन नै नपर्ने, आमाका आँखाहरूले बोलिराखेकै हुने ! मन त कैले कैले भावुक हुन्छ नै; कैले केहीसमय छेऊ नभएकाहरूको यादमा, कैले अब कैले छेऊ नहुनेहरूको यादमा ! यो भावना सागर बोकेर हिंडेकी आमाको न्यानोपनको गहिराई खै मैले कसरी नापुँ? उसोत अब कैलेकैले सपनामा मात्रै दर्शन दिने दुर्लभ मानिसको सम्झनाले चाड कति शून्य हुँदो हो? चाड त केवल बहाना हो, तर प्रिय मानिसको अभाव…! बा छौन्जेलटीका र जमरा लगाऊन नपाएका समय, मलाई लाग्थ्यो ख़ास दशै टीका र जमरा बिना अधुरो हुन्छ, ऐले टीका र जमरा पनि छ, तर एक मानिसको अभावले हर चाडत के जीवनको रंगहरु पनि हराऊँदा रहेछन् ! दशैं पनि बड़ो अचम्मको हुँदो रहेछ, कुनै दशैंमा निधार खाली हुन्छ, कुनै दशैंमा मन…! “उत्थानको लागि इच्छा र साधना चाहिन्छ; पतनका लागि इच्छा मात्रै भए पुग्छ रे। तर म मान्दिन। विदेश आउँदा नाल्मा डाँडाबाट जब आफ्नो गाउँघरको अन्तिमझलक हेर्छु त कति इच्छा गर्छु म त्यहीँको आङमा अटाऊँ, त्यस पहाडी समाजको ठूलो पखेटाले मलाई बिरानो देशमा नबिलाउँदै छपक्क छोपिदियोस्। तर चिताउँदैमायति वर्षको साधनाले सङ्गालेको शिक्षा-सभ्यता मिल्काएर म सङ्लो लेकाली बन्न सक्तिनँ। त्यसैले मलाई लाग्छ मात्तिएको देश र उछिट्टिएको मानिस एकै हुन्, एउटा टापुमा एक्लो। अझ टाकुराको फेद हुन्छ, द्वीपको प्रतिबिम्ब हुन्छ, तर मेरो पृष्ठभुमि नै छैन। पर्वतेले पढ्यौ भन्दैमा प्रवासी ठानिनुमा के अतियुक्ती?” डा. हर्कगुरुङको यो भनाईले मलाई एकखाले सम्झना दिलाईरहन्छ। आमा याङ्रीबाट हेलम्बुलाई चियाएजस्तै, दश भूगोल परबाट सम्झनाको शिखरहरुबाट चियाएजस्तै? आफ्नो नाभि जोडिएको माटोको मायाको के कुरा गरूँ? “दशैंको टिकाको आफ्नो महत्व छ। कुनै टीका परिक्षामा अब्बल हुने बेला लगाइन्छ। कुनै टिका घर बाट टाढा जाँदा वा फर्किदा लगाइन्छ, कुनै टिका मन्दिरमा जाँदालगाइन्छ। कैले परिक्षामा हारिन्छ, कैले खेलमा हारिन्छ कैले आफ्नो भावनामा हारिन्छ तर दशैंको टिका सबैको लागि बराबर हुन्छ। किनभने जितेको मानिसले फेरीहार्न सक्छ र हारेको मान्छेले फेरी पनि जित्न सक्छ। शास्त्रहरुमा हजारौं मन्त्रहरु पाइन्छ तर आफु भन्दा ठूलाले दिने आशिष जुनसुकै मन्त्र भन्दा पनि उच्चस्थानकोहुन्छ।” यो कतै पढ़ेको विच्याटमा राखेको रैछु। तरपनि टीका लगाउने/ नलगाऊने सम्पूर्णलाई बड़ा दशैको अवसरमा न्यानो नमस्कार अनि शुभकामना। मेरा परिवार, आफ़न्त, शुभ चिन्तक, मेरा दुःखमा मलाई साथ दिने हर आत्मीय मन संगै दशैं मान्ने/नमान्ने सबैलाई यतै र यही सम्झना मार्फ़त शुभकामना र प्रार्थना। शुभ समय। च्यामुसी, चीन

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...