Friday, July 13, 2018

सनातन धर्म

सनातन शब्द आफैंमा कति गहिरो छ हेर्नोस् त, सनातन धर्म, सनतान सत्य आदि इत्यादी।
सनातन हिन्दू धर्मको परम्परा केलाउनु पर्यो भने आज भन्दा १,९५,५८,८५,११९ बर्षअघि यस सृष्टिको प्रारम्भिक चरणतिर पुग्नुपर्ने हुन्छ। आजसम्म सनातन हिन्दू धर्मको मूलश्रोत वेद लाईनै मान्ने गरिएको हो। जड र चेतन लाई आजको विज्ञानले Matters र Energy भनेझैं व्याख्या गरिएको छ। सनतानको शक्ति पनि यहि हो।

महर्षि कपिलको सांख्य दर्शन, ऋषि पतञ्जलीको योगदर्शन, महर्षि जैमिनीको पूर्व मिमांसा, महर्षि व्यासको वेदान्त, महर्षि कर्णादको वैशेषिक दर्शन र महर्षि गौतमको न्याय दर्शनहरुको उत्पत्ति क्षेत्र हिमवतखण्डमा अन्तर्गत पर्ने हाम्रै नेपालमा हुन पुग्यो। त्यसपछि धर्म ,अर्थ ,काम र मोक्ष जस्ता चार सिद्धान्तले जीव, जगत र कल्याणको मार्गलाई डोर्‍अयो जुन मानव जीवनमा महत्त्वपूर्ण पनि छ।

अर्थात् आदिदेखि अन्तसम्म रहीरहने। जसको कहिल्यै अन्त नहुने वा जसको सुरुवात नै थाहा हुन नसक्ने भन्ने अर्थ लाग्छ। त्यसैले जे सत्य हो त्यै सनातन हो। र त हाम्रो सभ्यता, पद्धति वैदिक सनातनमा सम्बन्ध राख्न पुग्यो। जस्को आदि वा अन्त्य नै छैन, जो नित्य छ। सनातन जीवन पद्धति त्यस्तो प्रवाहमय विचारधारा र सरल जीवन पद्धति हो जो सागरझैं गहिरो हिमालझैं उच्च अनि अटल छ। सनातन प्रकृतिझैं छ।

विश्वमा प्रचलनमा रहेका इसाई, इस्लाम, जुडाइ, यहुदीको प्रवर्तक छन् तर हाम्रो वैदिक सनातनको यिनै हुन् भन्ने छैन। यो राम, कृष्ण काल भन्दा अघि नै देखि नै अस्तित्वमा छ। यो विकाशासिल धर्म पनि। विभिन्न पन्थ, मत, मतान्तरलाई पनि स्थान दिंदै निक्कै लामो कालखण्डम बाट विश्वमा आफ्नो प्राभव छाडेको छ। होला आज जनसंख्याले कमी होला तर अस्तित्वको हिसाबले यो हिजो पनि थियो आज पनि छ र भोलि पनि रहनेछ। सनातनभित्र आदिमकालका ग्राम देवताहरुदेखि भूत, प्रेत, पिशाच सम्म, डाकिनी साकिनीदेखि स्थानीय देवीदेउतासम्म, झारफूक, तंत्रमन्त्रदेखि त्रिदेव सहितका तेत्तीसकोटी देवीदेउताहरुसम्म अनि निराकार निर्गूण ब्रह्मदेखि अत्यंत गम्भीर दर्शनसम्म बिनाकुनै अन्तर बिरोध यसभित्र समेटिएर बसेको छ। यो भन्दा बलियो प्रमाण के चाहिएला?

पूर्वीय दर्शनले ईश्वरको अस्तित्वलाई बुझाउन थुप्रै मत निकालेको कारण आफ्नो मूल पूर्खाको परम्पराले मानेको वेद शाखा ,कल्प सूत्र ,सनातन वर्णाश्रम धर्मलाई स्विकारेर आजसम्म डोरीदै आएका छन्। निर्गुण वा सगुण भित्रका शैव, वैष्णव, शाक्त, गाणपत संगै ईश्वर, ब्रह्मलाई निर्विकल्प मानेर आस्था गरिएका छन्।

हिन्दू धर्मभित्र बाईबल वा कुरान जस्तो एउटै या सीमित ग्रन्थ छैन, बरु यसभित्र  हजारौं ग्रन्थहरु रहेका छन् जुन ग्रन्थहरु पढ्ने कि नपढ्ने मान्छेको इच्छामा निर्भर छ। ग्रन्थहरुको मनन, व्याख्या,आलोचना, विश्वाश,अविश्वाश गर्न स्वतन्त्र छ। यस कुराले हिन्दू धर्मको उदारता र विशालताको असलियत प्रस्ट्याउंछ।

Thursday, July 12, 2018

खस जाति

खस जाती बारे केहि तथ्य

१. खस जाती बारे धेरै लेखहरु लेखिएका छन्। खोज भैराखेका छन् पनि। कोहि कास्मिर बाट कोहि इरानबाट भन्छन्। योगी नरहरीनाथका केहि अंश पढ्दा सिञ्जा नै मानवसभ्यता अझै खसहरुको सभ्यता केन्द्र हो भनेर भन्नूभएको छ।

२. उत्तर तिरका हिमालयहरु देवभुमि हो। संसारभरी हिमाल धेरै छन् तर हाम्रा हिमालहरु देवभूमी भएकै कारण पवित्र बन्न पुगे। त्यसैकारण वेद, रामायण, महाभारत आदि ग्रन्थमा यस देवभूमिका ठाउँहरुमा प्रादुर्भाव हुन पुगे। रामायण र महाभारतमा हिमालयतिर बस्ने जातिहरुको उल्लेख गरेका छन्।

३. यिनै ग्रन्थ हरुमा उल्लेखित एउटा जाती हो खस। नाम उत्तिकै सरल तर जाती साहासी। खस जाती हो, आर्य विशेषण हो। खसहरुले वर्ण व्यवस्थाले मान्दैनथे भन्ने पढिन्छ, सायद यहि भएर पो जनै लगाएन् कि या अन्य?यद्यपि कतै कतै के पनि भनिन्छ भन्दा खसहरु हिमाली भए, अनि आर्यहरु गङ्गा मैदानबाट आएका हुंदा समयक्रममा उदार जाती खसहरुले आर्यसंग समिश्रण हुने क्रममा जनै धारण गरिए भनिन्छ (?)।

४. मूलतः नेपाली हिमाली सभ्यता भन्नू खस सभ्यता हो भन्नुम सन्देह देखिन्न। खस भाषा खस बोलीचाली त्यसै भनिएन। १२ औं शताब्दीमा नागराजले वर्तमान नेपालको कर्णाली प्रदेशमा ‘खस राज्य’ स्थापना गरेका थिए। खस राज्यको वैभव उत्कर्षमा पुगेकाबेला यो राज्य विशाल भूभागमा फैलिएर पूर्वमा त्रिशुली नदी, पश्चिममा गढवाल, उत्तरमा गुँगेपुराङ र दक्षिणमा शिवालिक पर्वतसम्म फैलिएको थियो। अहिलेको भारतको उत्तराखण्ड गढवालदेखि सिंजासम्मको भूभागमा नेपालका राजा अशोकचल्लले शासन गरेको कुरो उल्लेख गरिएको देखिन्छ। चल्लहरु नै पछि मल्ल भएको इतिहास भेटिन्छ।

५. आधुनिक विद्वानहरुको तर्क - कस वा कक्साइट खस जातिकै प्राचीन नाम हो। खासस्तान, बडाखसान, हिन्दकुस, काशगर, कश्मिर, खसाला, खसमण्डल, खसान हुँदै यिनीहरू इसापूर्व प्रथम शताब्दीतिर भारत वर्षमा प्रवेश भए र इसाको ५ औं शताब्दी आईपुग्दा पश्चिम नेपालमा प्रवेश गरि १२ औं शताब्दीको प्रारम्भतिर नागराजले सिञ्जालाई खस साम्राज्यको राजधानी बनाउन पुगे भनिन्छ। यो सबै खोजको विषय होला।

६. खसहरु मस्टो पूजक हुन् भन्ने एकथरी मत पनि छ। यो मत कर्णाली क्षेत्रमा अझै प्रस्ट देखिन्छ। मस्टो मूलत शैव संग सम्बन्ध पनि राख्छ। मस्टो पूजक मूलत नेपालका क्षेत्री वर्णमा व्यापत देखिन्छ। अझै भन्दा कर्णाली भन्दा यता पूर्व आएकाहरुले मस्टो पूजा नगरे पनि गोठ पूजा, कूल पूजा गर्छन्। मस्टो पूजकहरुको असली धर्म बोन धर्म पनि हो।

७. कतै कतै खस भनेको अलि हेपिएको जाती पनि हो भनिएको छ। त्यही भएर कर्णालीमा अझै पनि एकाथरी खस भन्दा आफूलाई लघुताभास गरिएको मान्छन्। खस आर्य हो या आर्य खस भन्ने बारे पनि बहस ल्याइएको छ। खस आफैमा समृद्ध जाती हो भन्ने बारे कुनै सन्देह छैन। खसहरुको सामुहिक इष्ट देवता शिव हुन भन्ने मेरो पनि निर्क्योल हो। खसहरु उदार, साहसी, घुमन्ते जाती पनि हुन्।

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...