सनातन शब्द आफैंमा कति गहिरो छ हेर्नोस् त, सनातन धर्म, सनतान सत्य आदि इत्यादी।
सनातन हिन्दू धर्मको परम्परा केलाउनु पर्यो भने आज भन्दा १,९५,५८,८५,११९ बर्षअघि यस सृष्टिको प्रारम्भिक चरणतिर पुग्नुपर्ने हुन्छ। आजसम्म सनातन हिन्दू धर्मको मूलश्रोत वेद लाईनै मान्ने गरिएको हो। जड र चेतन लाई आजको विज्ञानले Matters र Energy भनेझैं व्याख्या गरिएको छ। सनतानको शक्ति पनि यहि हो।
महर्षि कपिलको सांख्य दर्शन, ऋषि पतञ्जलीको योगदर्शन, महर्षि जैमिनीको पूर्व मिमांसा, महर्षि व्यासको वेदान्त, महर्षि कर्णादको वैशेषिक दर्शन र महर्षि गौतमको न्याय दर्शनहरुको उत्पत्ति क्षेत्र हिमवतखण्डमा अन्तर्गत पर्ने हाम्रै नेपालमा हुन पुग्यो। त्यसपछि धर्म ,अर्थ ,काम र मोक्ष जस्ता चार सिद्धान्तले जीव, जगत र कल्याणको मार्गलाई डोर्अयो जुन मानव जीवनमा महत्त्वपूर्ण पनि छ।
अर्थात् आदिदेखि अन्तसम्म रहीरहने। जसको कहिल्यै अन्त नहुने वा जसको सुरुवात नै थाहा हुन नसक्ने भन्ने अर्थ लाग्छ। त्यसैले जे सत्य हो त्यै सनातन हो। र त हाम्रो सभ्यता, पद्धति वैदिक सनातनमा सम्बन्ध राख्न पुग्यो। जस्को आदि वा अन्त्य नै छैन, जो नित्य छ। सनातन जीवन पद्धति त्यस्तो प्रवाहमय विचारधारा र सरल जीवन पद्धति हो जो सागरझैं गहिरो हिमालझैं उच्च अनि अटल छ। सनातन प्रकृतिझैं छ।
विश्वमा प्रचलनमा रहेका इसाई, इस्लाम, जुडाइ, यहुदीको प्रवर्तक छन् तर हाम्रो वैदिक सनातनको यिनै हुन् भन्ने छैन। यो राम, कृष्ण काल भन्दा अघि नै देखि नै अस्तित्वमा छ। यो विकाशासिल धर्म पनि। विभिन्न पन्थ, मत, मतान्तरलाई पनि स्थान दिंदै निक्कै लामो कालखण्डम बाट विश्वमा आफ्नो प्राभव छाडेको छ। होला आज जनसंख्याले कमी होला तर अस्तित्वको हिसाबले यो हिजो पनि थियो आज पनि छ र भोलि पनि रहनेछ। सनातनभित्र आदिमकालका ग्राम देवताहरुदेखि भूत, प्रेत, पिशाच सम्म, डाकिनी साकिनीदेखि स्थानीय देवीदेउतासम्म, झारफूक, तंत्रमन्त्रदेखि त्रिदेव सहितका तेत्तीसकोटी देवीदेउताहरुसम्म अनि निराकार निर्गूण ब्रह्मदेखि अत्यंत गम्भीर दर्शनसम्म बिनाकुनै अन्तर बिरोध यसभित्र समेटिएर बसेको छ। यो भन्दा बलियो प्रमाण के चाहिएला?
पूर्वीय दर्शनले ईश्वरको अस्तित्वलाई बुझाउन थुप्रै मत निकालेको कारण आफ्नो मूल पूर्खाको परम्पराले मानेको वेद शाखा ,कल्प सूत्र ,सनातन वर्णाश्रम धर्मलाई स्विकारेर आजसम्म डोरीदै आएका छन्। निर्गुण वा सगुण भित्रका शैव, वैष्णव, शाक्त, गाणपत संगै ईश्वर, ब्रह्मलाई निर्विकल्प मानेर आस्था गरिएका छन्।
हिन्दू धर्मभित्र बाईबल वा कुरान जस्तो एउटै या सीमित ग्रन्थ छैन, बरु यसभित्र हजारौं ग्रन्थहरु रहेका छन् जुन ग्रन्थहरु पढ्ने कि नपढ्ने मान्छेको इच्छामा निर्भर छ। ग्रन्थहरुको मनन, व्याख्या,आलोचना, विश्वाश,अविश्वाश गर्न स्वतन्त्र छ। यस कुराले हिन्दू धर्मको उदारता र विशालताको असलियत प्रस्ट्याउंछ।
No comments:
Post a Comment