खस जाती बारे केहि तथ्य
१. खस जाती बारे धेरै लेखहरु लेखिएका छन्। खोज भैराखेका छन् पनि। कोहि कास्मिर बाट कोहि इरानबाट भन्छन्। योगी नरहरीनाथका केहि अंश पढ्दा सिञ्जा नै मानवसभ्यता अझै खसहरुको सभ्यता केन्द्र हो भनेर भन्नूभएको छ।
२. उत्तर तिरका हिमालयहरु देवभुमि हो। संसारभरी हिमाल धेरै छन् तर हाम्रा हिमालहरु देवभूमी भएकै कारण पवित्र बन्न पुगे। त्यसैकारण वेद, रामायण, महाभारत आदि ग्रन्थमा यस देवभूमिका ठाउँहरुमा प्रादुर्भाव हुन पुगे। रामायण र महाभारतमा हिमालयतिर बस्ने जातिहरुको उल्लेख गरेका छन्।
३. यिनै ग्रन्थ हरुमा उल्लेखित एउटा जाती हो खस। नाम उत्तिकै सरल तर जाती साहासी। खस जाती हो, आर्य विशेषण हो। खसहरुले वर्ण व्यवस्थाले मान्दैनथे भन्ने पढिन्छ, सायद यहि भएर पो जनै लगाएन् कि या अन्य?यद्यपि कतै कतै के पनि भनिन्छ भन्दा खसहरु हिमाली भए, अनि आर्यहरु गङ्गा मैदानबाट आएका हुंदा समयक्रममा उदार जाती खसहरुले आर्यसंग समिश्रण हुने क्रममा जनै धारण गरिए भनिन्छ (?)।
४. मूलतः नेपाली हिमाली सभ्यता भन्नू खस सभ्यता हो भन्नुम सन्देह देखिन्न। खस भाषा खस बोलीचाली त्यसै भनिएन। १२ औं शताब्दीमा नागराजले वर्तमान नेपालको कर्णाली प्रदेशमा ‘खस राज्य’ स्थापना गरेका थिए। खस राज्यको वैभव उत्कर्षमा पुगेकाबेला यो राज्य विशाल भूभागमा फैलिएर पूर्वमा त्रिशुली नदी, पश्चिममा गढवाल, उत्तरमा गुँगेपुराङ र दक्षिणमा शिवालिक पर्वतसम्म फैलिएको थियो। अहिलेको भारतको उत्तराखण्ड गढवालदेखि सिंजासम्मको भूभागमा नेपालका राजा अशोकचल्लले शासन गरेको कुरो उल्लेख गरिएको देखिन्छ। चल्लहरु नै पछि मल्ल भएको इतिहास भेटिन्छ।
५. आधुनिक विद्वानहरुको तर्क - कस वा कक्साइट खस जातिकै प्राचीन नाम हो। खासस्तान, बडाखसान, हिन्दकुस, काशगर, कश्मिर, खसाला, खसमण्डल, खसान हुँदै यिनीहरू इसापूर्व प्रथम शताब्दीतिर भारत वर्षमा प्रवेश भए र इसाको ५ औं शताब्दी आईपुग्दा पश्चिम नेपालमा प्रवेश गरि १२ औं शताब्दीको प्रारम्भतिर नागराजले सिञ्जालाई खस साम्राज्यको राजधानी बनाउन पुगे भनिन्छ। यो सबै खोजको विषय होला।
६. खसहरु मस्टो पूजक हुन् भन्ने एकथरी मत पनि छ। यो मत कर्णाली क्षेत्रमा अझै प्रस्ट देखिन्छ। मस्टो मूलत शैव संग सम्बन्ध पनि राख्छ। मस्टो पूजक मूलत नेपालका क्षेत्री वर्णमा व्यापत देखिन्छ। अझै भन्दा कर्णाली भन्दा यता पूर्व आएकाहरुले मस्टो पूजा नगरे पनि गोठ पूजा, कूल पूजा गर्छन्। मस्टो पूजकहरुको असली धर्म बोन धर्म पनि हो।
७. कतै कतै खस भनेको अलि हेपिएको जाती पनि हो भनिएको छ। त्यही भएर कर्णालीमा अझै पनि एकाथरी खस भन्दा आफूलाई लघुताभास गरिएको मान्छन्। खस आर्य हो या आर्य खस भन्ने बारे पनि बहस ल्याइएको छ। खस आफैमा समृद्ध जाती हो भन्ने बारे कुनै सन्देह छैन। खसहरुको सामुहिक इष्ट देवता शिव हुन भन्ने मेरो पनि निर्क्योल हो। खसहरु उदार, साहसी, घुमन्ते जाती पनि हुन्।
No comments:
Post a Comment