सन्तान
आकाश खासै खुलेको छैन, बादलहरू बीच एकता पनि छैन। वातावरण न्यानो न्यानो छ। गोधुली साँझले बिदा मागिसकेको पनि छैन। माथिल्ला घर तिर चेलीबेटीहरु जम्मा भएका छन्। यता तल्लो घर शान्त छ। कोहि नभएको निर्जन बस्ती जत्तिकै शान्त भन्न सकिन्छ। बाहिर भान्सबाट आएको आगोको धुवाँ पुत्पुताईरहेको छ। बत्ति बालिएको छैन। बा अँगेनामा दूध उम्लादै छन्, आमा ढोका छेउ मदानीले मोही पार्दैछिन्। सबै आअफ्नै धुनमा छन्। बत्ति गएछ कि क्या हो भन्दै बत्ती बाल्छु। खाटमा तरूलहरु छरपस्ट छन्। पोहोर साल नखनेका तरूल देखि मावलसम्म सम्झेर आइपुगेका तरूलहरु संक्रान्तीमा खाने को होलान्? यसो सम्झिँद होलान् लमतन्न परेका तरूलहरु ! चिसो दाउरामा दूध उमाल्न बालाई हम्मे हम्मे परेको छ। उता छोराहरु काठमाडौं गएका छन्, कोहि परिक्षाले आउन पाएका छैनन्, कोहि भर्खर भर्खरै गएका छन्। आमा मोही पारिसकेपछि छोराहरुलाई सम्झिन्छिन्, "के खायौ तिमेरूले, यता त खसी काटेका थिए, मासु खाँदा सम्झिएथेँ। मासु ल्याएर खाओ है। संक्रान्ती मान राम्रोसङ्ग। आउन लागेको परीक्षा राम्रोसङ्ग दिनु है।" आमाहरु समतल तराईजस्ता हुन्छन्। बाहरू खासै शब्दको सहारा लिँदैनन्। तर उनीहरुको मनमा कामनाका भकारीहरु हुन्छन्। छोराहरू सङ्ग एकैछिन बोलेर फोन राख्छिन् आमा। चिसा दाउरा पनि तिनै आगोको रापले हुर्हुरी बल्दैछन्, उता बाले घिउ उमाल्न थालिसके। केटाकेटी भएको घर, गाईवस्तु भएको गोठ भन्थे बुढापाका, कतै यी बुढाबुढी पनि यसै सम्झिँदा होलान्। आमाहरू, बाहरु खाएको छाकैपिछे सन्तान सम्झिन्छन्, निद्राको हर सपनामा उनीहरुकै निमित्त डुब्छन्, र चाडबाडमा सन्तान नै बनिदिन्छन्। सायद उनीहरुले जत्तिकै रित्तिन अरु कस्ले जानेको होला? खाना खाँदा रित्तिन्छन्, सपनामा रित्तिन्छन् र जताततै रित्तिन्छन्। त्यागका असली कथाहरु कहिँ पढिन्छ भने त्यो बाआमाकै पाठाशालामा पढिन्छ। देउता खोज्न कुनै मन्दिर र तीर्थ गर्न कहिँ टाढा पुग्न पर्दैन।
Thursday, January 14, 2021
सन्तान
Location:
Nepal
Subscribe to:
Post Comments (Atom)
ने, कर्म र यात्रा
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...

-
`ढाका टोपी दिवस´ किन प्रायोजित? राष्ट्रियता पोसाकमा होइन मन र मस्तिष्कमा हुन्छ। एउटै पहिचानमा जातिय विविधताले ठाउं पाउन सक्दैन। सबै ...
-
प्रत्येक दिन, प्रत्येक क्षण गतिशील देखिने पहाड र बादलको लुकामारी हेरेर थाकिन्न ! आखिर नौलो दृश्य खास केही होइन- त्यै एकनास उभिएको पहाड, त्यै...
-
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...
No comments:
Post a Comment