कोरोना कहर- नमस्कार हुँदै वशुधैव कुटुम्बकमतिर !
कोरोनाले गर्दा धेरैको परीक्षा सर्यो होला, सर्दैछ। नआत्तिनुस् है! धेरैलाई परिक्षा दिन पाइएन भन्ने गुनासो पनि होला। ठूलो कुरो त मान्छेको जीवन भन्दा परिक्षा हुँदै होइन। फेरि हामीले पढिआएकै कुरो हो, कोरोना कसरी फैलिएको छ भन्ने कुरो। नेपालमा आएकै छैन भनी बेवास्ता गरि परिक्षा सुरु गर्नु बुद्धिमानी होइन। जताततै देखिएको रोग यहाँ छैन भनेर मूढ कस्नु राम्रो होइन। रोगले विश्वलाई आदिकाल देखि नै पिरोलेको छ, हामी रहुन्जेल रोग, शोक रहिरहन्छ। तर रोग भैरन्छ भनेर बेवास्ता गरि बस्ने होइन, हामी त्यसबाट जोगिएर बस्ने सक्ने तरिकाहरु अपनाउन सक्छौँ। भीडमा चाँडै फैलिएको रोगसँग खेलाँची गर्नु त भएन। हामी स्वस्थ भयौं भने यस्तै परिक्षा दिने त छँदैछन्।
केइ दिन अघि मात्रै मेरो मेखिकन मित्र (दिदी) सँग कुरा भएको थियो। स्कुल, कलेज सबै बन्द भएको। अनि स्थिति सोचेभन्दा डरलाग्दो छ भनिन्। हामी ऐलेसम्म भाग्यमानी नै छौँ। ग्रीन जोनमा छौँ। मान्छेलाई लागेको महामारी हो, यसले देश, जाति, वर्ग केइ भन्दैन। त्यसोहुँदा विपत्तिसँग लड्न, जुध्न सबैको साथ चाहिन्छ। चीनले जुधेको त हामीले देख्यौँ नै। रोगसँग लड्दा लड्दै चीनले झन्डै झन्डै नियन्त्रण नै गर्यो। रोग पनि अरुबेला होइन हाम्रो दशैँ सरहको चाडमा आएको थियो। चिनियाँमा छुन् चिए भन्ने पर्वमा उनीहरु रोगसँग जुधेर बसे, देश शोकमा डुबेको थियो। चिनियाँहरुले शोकलाई शक्तिमा बदले। बुद्धिमानहरुले यहाँबाट सिक्ने हो, नआउँदै तयारी गर्ने, स्वस्थ रहने।
उत्तम उपाय हामी गाउँमा घर भएकाहरु गाउँ जान सक्छन्। रोगको स्थिति ऐलेसम्म हेर्दा यसले शहरी क्षेत्रलाई बढी पिरोलेको छ, जहाँ जनघनत्व बढी छ। मैले धेरै पैले एसईई दिएर बसेका भाइबहिनीहरुलाई शैक्षिक माफियाको जालो बाट टाढा बसी ब्रीज कोर्स नगर्न आग्रह गरेको थिएँ। केइ उपाय नै नभएको खण्डमा बाहेक त्यो बेतुकको छ भनेर सिधै भनेको छु। पढाई एउटै मात्र उपाय हो त, के यो कुराले मात्र सिकाउँछ? अरु केइ कुरा बाट मानिसले सिक्दैन र? एसईई भन्दा अघि त हामीले १०-१३ वर्ष पढिसक्छौँ, अर्थात् हाम्रो काम पढिरहनुभएको छ। ती बीचका बिदा छोटा हुन्छन्। त्यसो भएको हुनाले ती बीचका २/३ महिने बिदामा मैले धेरैलाई बा आमासँगै बस्न, कतै घुम्न, गाउँ जान, नयाँ कुरो सिक्न आग्रह गरेको थिएँ।
ऐले धेरैको परीक्षा सकियो, सकिन्छ, सर्यो। ठिकै छ। यो नौलो कुरो होइन। महामारी वा विपत्ति सरकारलाइ आउने होइन यो मान्छेलाई आउने कुरो हो। चिनियाँहरुको कथा हामी सबैले देख्यौँ, सबै एक भएर लडे मात्रै जित निश्चित हुन्छ, देशलाई देश बनाइराख्न सक्छौँ। हामीले नआउँदै स्वस्थ रहनुछ। यो बेला पनि विद्यार्थीहरु आफ्नो गाउँ फर्कन सक्छन्, त्याँको आनन्द बटुल्न सक्छन्, आराम गर्न सक्छन्। बा आमासँगै बस्ने, गन्थन मन्थन गर्ने। केही क्षण विश्राम गर्ने। एक तरिकाले त्यो क्वारेन्टाइन अभ्यासजस्तै देखिन सक्छ। जीवनलाई महत्व दिऔँ। जीवन स्वस्थ रहे परिवार, समाज र देश हुँदै विश्वका लागि गर्न सकिन्छ।
कोरोना कहर हो, तर कहर भनेर यत्तिकै बस्नु भन्दा सिर्जनात्मक काममा व्यस्त बनौँ। पढ्नेले पढौँं, सिक्नेले सिकौँ, घरैमा बसी आफूले मन लागेको वा सिर्जनात्मक काम गर्न सकिन्छ। कोरोनाको हल्लाले धेरै नतर्सौँ। मान्छेले असम्भवलाई सम्भव बनाएका धेरै कुराहरु छन्। आज मात्रै होइन मानिसकाई महामारी र विपत्तिले छोपेको? साहसले जुधेसी जितिन्छ। हाम्रो मानव इतिहास यत्तिमै कहाँ टुङ्गिन्छ र? शोकहरु शक्तिमा बद्लिए भने हामी त कहरलाई रहरमा परिवर्तन किन नगर्ने?
हेर्नोस् त एकपटक फेरि विश्वका सबै मानिस एक भएका छन्। नमस्कार मात्रै होइन वशुधैव कुटुम्बकमको मन्त्र एकपटक फेरि विश्वले चियाएको छ।
Friday, January 29, 2021
चेक सर्ट
Subscribe to:
Post Comments (Atom)
ने, कर्म र यात्रा
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...

-
`ढाका टोपी दिवस´ किन प्रायोजित? राष्ट्रियता पोसाकमा होइन मन र मस्तिष्कमा हुन्छ। एउटै पहिचानमा जातिय विविधताले ठाउं पाउन सक्दैन। सबै ...
-
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...
-
प्रत्येक दिन, प्रत्येक क्षण गतिशील देखिने पहाड र बादलको लुकामारी हेरेर थाकिन्न ! आखिर नौलो दृश्य खास केही होइन- त्यै एकनास उभिएको पहाड, त्यै...
No comments:
Post a Comment