Thursday, January 28, 2021

विरोधाभास ?

बाध्यता या विरोधाभास ?

१. यता हिन्दीको खोइरो खन्छ्न्, त्यै हिन्दी नभए घरमा टिभी नै खोल्दैनन्।

२. यता सांसदले संसदमा हिन्दी बोल्छन् धुस्नु गाली गर्छन्, उता घरमा नेपाली भन्दा हिन्दीमा शब्द कति राम्रो हुन्छन् है भन्छन्।

३. यता हिन्दी कलाकारहरुको पनि कारणवश मृत्युु हुन्छ दु:ख मनाउँ गर्छन्, उता भारत चीन युद्ध हुँदा भारतीय सैनिक मरेकोमा खुशी पनि हुन्छन्।
(त्यो सेनाले पनि हाम्रो के बिराएको छ र?)

४. यता नेपालका राष्ट्रिय पोसाकहरुको सम्मान गर्नुपर्छ भन्छन्, उता लेहेङ्गा/ शेरवानी नलगाए विवाह एटेन्ड गरेको/ नगरेको एउटै हुन्छ।

५. यता राम्रो खेल खेल्नेलाई राम्रो भन्नुपर्छ भन्छन्, उता भारत-पाकिस्तानको क्रीकेट भएसी पाकिस्तानी सपोर्टर बन्छन्।

६. यता मौलिक चाडलाई मौलिकता नमासी मानौँ पनि भन्छन्, उता तिहारमा गर्ने भाइपूजा जनैपूणिर्मा मै गर्छन्।
(सबै चाडको आआफ्नो महत्त्व छ। मैले भारतमा मानिने चाड मान्नुहुन्न भन्ने अर्थ होइन।)

७. नेताहरू ६० वर्ष देखि सिमा समस्या हल गर्छु भनेर भारत भ्रमण पनि गर्छन्, उता गएसी सिमा समस्या झन् बल्झाएर आउँछन्।

(स्मरण रहोस् पंक्तिकार न हिन्दी विरोधी हो न भारत विरोधी। बस् अधिकांश नेपालीको द्वैध चरीत्र माथी मेरा साना प्रश्न मात्रै हुन्। अरूलाई भन्नुअघी आफ्नो धरातल नबिर्सौँ। कसैलाई मेरा यी कुराले चित्त दुखेमा त्यो संयोग मात्रै हुनेछ।)


No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...