नागरिकता बारे
एउटा ठूलो तप्काको सम्बोधनलाई दुत्कारेर हामी कहिँ पनि पुग्न सक्दैनौं। देश भनेको भूगोल मात्रै होइन त्यो भूगोलको परिधिभित्र बाँचेको सामुहिक भावना पनि हो। यो देशमा बस्ने सबैको समान अस्तित्वको हकको सुनिस्चित गर!
नागरिकता बेच, नागरिकतामा राजनीति गर भनेको होइन, नागरिकतामा विश्व अभ्यास के छ त्यै अनुसार जाऊ तर नागरिकताको नाममा 'बर्लिन वाल' खडा नगर! मधेसीलाई देश्द्रोहिको अघोषित नाम भिराईरहँदा याद गर्नु, यो देशमा नागरिकता बेच्नेहरू कोइ मधेसी थिएनन्।
नागरिकताबारे विश्व अभ्यासको अध्ययन पछि, हाम्रा छिमेकीहरुको प्रावधान पनि हेरौँ। नागरिकता खेलाँचीको विषय होइन। नेपाल जस्तो भुराजनैतिक महत्वको माटोमा खेला हुँदैन भन्न सकिन्न। नागरिकताको समस्या बारे बेलैमा हल गर्नचाहिँ लाग्नुपर्छ। तर राष्ट्रवादमा राजनीति गर्ने नाममा जनतामाथी अन्याय नगर।
दक्षिणबाट मात्रै खतरा देख्ने नेपाली मनोविज्ञान बडा अचम्मको छ। दार्जीलिङ, आसाम, तिब्बतबाट आएका मान्छेहरुले लिएको नागरिकता बारे अरु किन मौन? भारतसँग मात्रै खतरा देख्ने? एउटा कुरो ज्ञात रहोस्, नेपालमा भारत मात्रै होइन पाकिस्तान, चीन, युरोप र अमेरिकन आआफ्नो स्वार्थको लागि खेल्छन्। नागरिकता एउटा हतियार हो।
नागरिकता हतियार हो भने हतियारसँग डराएर बस्ने होइन। सुझबुझले चलाउने हो। नचालए भुत्ते पनि हुन्छ, चलाए गज्जप पनि हुन्छ। आज पनि कति जनता नागरिकता बञ्चित छन्? फिजिकरणको डर देखाएर मधेसी जनतालाइ भारतीय नजरियाले हेर्नुचाही एउटा ठूलो तप्कामाथी अन्याय हो।
नागरिकताको सवालमा अध्ययन दल, नागरिकताबाट वञ्चित भएका जनताको कुरो, विज्ञहरुको सल्लाह लिन नभुल्नु। नेताहरूको लागि त आउने चुनावको लागि राजनीतिवाला कार्ड होला तर जन जन बीच फाटो ल्याएर समस्या सुल्टाउन तिर लागिएन भने हिमाली राज्यको भविस्य बारे यहि हो भन्न सकिन्न। चेतना भया!
Thursday, January 28, 2021
नागरिकता
Subscribe to:
Post Comments (Atom)
ने, कर्म र यात्रा
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...

-
`ढाका टोपी दिवस´ किन प्रायोजित? राष्ट्रियता पोसाकमा होइन मन र मस्तिष्कमा हुन्छ। एउटै पहिचानमा जातिय विविधताले ठाउं पाउन सक्दैन। सबै ...
-
प्रत्येक दिन, प्रत्येक क्षण गतिशील देखिने पहाड र बादलको लुकामारी हेरेर थाकिन्न ! आखिर नौलो दृश्य खास केही होइन- त्यै एकनास उभिएको पहाड, त्यै...
-
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...
No comments:
Post a Comment