परिवारका कुरा
आर्टीकल ३७० हटाइएको नाममा भएको विरोधमा जब कास्मिरमा ईन्टरनेट देखि हरकुरो बन्द भयो, तब त्यतिबेला मैले एकजना परिवारको कथा पढेको थिएँ। उनले एक दैनिकमा भनेका थिए' दशकौं पछि परिवार भएको अनुभूति भएको छ। ईन्टरनेट हुँदा परिवारका सबै सदस्य मोबाइलमा व्यस्त हुन्थे। ऐले ईन्टरनेट छैन परिवारको सबै सँगै भएजस्तै भएको छ। आगो ताप्छौँ, गफ गर्छौं। माहोल बल्ल परिवारमय भएको छ।' कोरोनाले यस्तै गरेको अनुभूति भए। केइ साथीहरुको परिवार नेपालमै भएर पनि कैलेसँगै हुन नपाएको व्यथा सुनेथेँं। कोरोनाले गर्दा सबैको एकसाथ बिदा हुनेभयो। बल्ल सँगै बस्ने मौका पाउने भए। हुन पनि परिवारहरु धेरै समयपछी पारिवारिक माहोलमा सामेल हुन पाउने भए। विपत्ति, महामारी भनेसी मान्छे नतर्सिने कुरो नै छैन। 'क्वारेन्टाइन' का कुरा आफ्नै ठाउँमा छ, ती भन्दा पनि समाजमा पैदा हुने भय र आतंक चाहिँ परिवारका सबै सदस्य संगै बसेर लड्न तयार भएको धेरै देखिन्छ। देश, विश्वले दिएको मृत्य वा बिरामी तथ्यांकमा मानौं मानिसको मुल्य हुन्न, उसको सँख्याले निर्धारण गरिन्छ। मानव जीवनको महत्त्व एउटा परिवारले बुझे जत्तिकै कुनै कुरोले बुझाउँदैन। अनि सबै परिवारका सदस्य सँगै हुने भएसी भएन त गज्जप?
Friday, January 29, 2021
परिवार
Subscribe to:
Post Comments (Atom)
ने, कर्म र यात्रा
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...

-
`ढाका टोपी दिवस´ किन प्रायोजित? राष्ट्रियता पोसाकमा होइन मन र मस्तिष्कमा हुन्छ। एउटै पहिचानमा जातिय विविधताले ठाउं पाउन सक्दैन। सबै ...
-
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...
-
प्रत्येक दिन, प्रत्येक क्षण गतिशील देखिने पहाड र बादलको लुकामारी हेरेर थाकिन्न ! आखिर नौलो दृश्य खास केही होइन- त्यै एकनास उभिएको पहाड, त्यै...
No comments:
Post a Comment