Friday, January 29, 2021

कोरोना कस्को?

कोरोना कस्को?

म सम्झन्छु, चीनमा कोरोनाले उग्ररूप लिँदै गर्दा मुस्लिम धर्म गुरुहरुले लगाएको आरोप,'चीनले मुस्लिमलाई गरेको अत्याचारले यसो भयो...', इसाइहरुले कोरियामा गरेको कुकर्म, हिन्दूहरुले भारतमा फैलाएको भ्रम, अमेरिका लगायत पश्चिमा मुलुकले गरेको 'राजनीति'। तर कोरोना राष्ट्र, धर्म, जाति, सम्प्रदाय भन्दा माथी उठ्यो। यसले पद पनि भनेन, नत्र कुनै वर्ग भन्यो। विश्वका सबै मानिसहरुको साझा समस्या बन्यो। धेरै रोगहरु कुनै भूगोलमा सिमित भएका दृष्टान्त हामीले नै पढेका, देखेका छौँ तर आँखै अगाडि यो रोगले धेरै भूगोललाई छोयो। बल्ल विश्वले थोरै बुझेको छ यो चिनियाँलाई मात्रै लागेको रोग होइन रैछ भनेर। ट्रम्पले चिनियाँ भाइरस भन्न भ्याए, मिडियाहरुले मरिसकेका माओको मुखमा मास्क पहिराईदिन भ्याए। किनकी आज छिमेकीलाई परेको विपत्ति अर्को छिमेकीलाई पर्नसक्छ भनेर अलिकति पनि सोचेनन्। लडेको मानिसलाई हात दिएर उठाउन जानेको जाती हुन्छ भनेर जानेको भए त्यसले मानव समुदायको उदारताको परिचय दिन्थ्यो। खैर, मानिसहरु एक हुन् भन्ने सन्देश एकपटक फेरि प्रकाशमा प्रस्टिएको छ। यतिन्जेल सम्म मलाई एउटा जिज्ञासा् आएको छ। मान्चुरियनको चिसो मौसमा फैलिएको रोग उचाइको चिसोमा नदेखिएको किन होला? वुहानको चिसोमा जुन गतिमा फैलियो तर त्यसको असर तिब्बत जस्तै प्रान्तमा देखिएन। मानव समुदाय जागुन्, विश्व धुर्वीकृत नहोस्, एकले अर्कोलाई साथ दिने वातावरण बनिरहोस्! इतिहास यस्तै भन्छ, मानिसहरूको एकताले कुनै पनि जीत सम्भव छ। चेतना भया।


No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...