Thursday, January 28, 2021

वीर भैकन बुद्धू !

वीर भैकन बुद्धु !

खासै लेखिहाल्न हुन्नथ्यो होला ! कुरो कतै सुन्दा तीतो लाग्ला बडो जान्ने भै टोपलेछ केटो भन्लान्, तर दृश्यहरु देखिरहँदा, कसैका अनुभूतिहरु पढिरहँदा, कसैलाई पछ्याइरहँदा, कसैका सल्लाहरु सुनिरहँदा केही कुरा नलेखी बस्न सकिएन ! बेलैमा भनिएन भन्ने कुराको 'डेट एक्स्पायर'को चिन्ता भन्ने पनि होइन। ठ्याक्कै कोरोनाले यस्तै गरि गाँज्दै थियो चिनियाँहरुलाई, उनीहरु चिनियाँ दशैं 'छुन् चिए' को स्वागत गर्दै थिए। तर उनीहरु हामी जस्तै असंवेदनशील बन्दिएनन्; चिनियाँ दशैंलाई घरपरिवार बीच नै मनाए। तर हामी अझै पनि संवेदनशील छैनौँ, हामीलाई थोरै डर पनि छैन किनकी हामी भूपी शेरचनका 'वीर भैकन पनि बुद्धु'हरु हौँ ! ससुराली, मावल, र आफन्तका घरहरुमा बुढाबुढी होलान्, केटाकेटी होलान् सायद यस्तो महामारीमा हामीले आफ्नो भन्दा तिनको ख्याल गर्न पर्ने हो कि, थियो कि? बाँचियो, स्वस्थ भैयो भने यस्ता दशैं हामी बाँचुञ्जेल मनाइरहन सक्छौँ ! कैलेकैले आफन्त रिसाउलान् भन्ने मनोभावनाले भावुक बनेर होइन कि अङ्रेजी कविता 'ट्राभलिङ थ्रु डार्क' जस्तै आवश्यक पर्दा जिम्मेवारबोध भएर कर्तव्यनिष्ठ बन्न पनि पछि हट्नु हुन्न ! यद्यपि परिवार परिवार मिलेर दशैं मानौं, खुशी साटौँ ! बडा दशैंको फेरि पनि शुभकामना !


No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...