Thursday, January 28, 2021

रअ र रअका कठपुतलीहरु !

रअ र रअका कठपुतलीहरु !

हामीलाई भारत ठूलो हाउगुजी हो, उसका सेनापती आउँदा पनि डर, गुप्तचर आउँदा पनि डर! उताको कुरो दोस्रो कुरो हो, उनीहरु हाम्रा पाहुना सिवाय केही होइनन्; घरका समस्याका हल यतैकाले गर्ने हुन्? यतैका भतुवा निस्किने, दलाली यिनै गर्ने अनि अपजसको भारी अर्कोले बोक्दिन पर्ने? घरका गतिला हुनुपरो!

अपवादलाई छाडेर हेर्ने हो भने नेपाली नेताहरु 'लम्पसारवाद' मा विश्वास गर्छन् भन्ने कुरोमा इतिहास नै साक्षी छ। कुटनीति भन्ने कुरो प्रम भएका मान्छेलाई बुझाउने छँदैछन् तर मेरो कुरो चाहिँ के हो भने उनीलाई रअ ले भेट्दा यत्रो रोइलो किन? अमेरिकन, पाकिस्तानी, युरोपियनले गुप्तचरका कुरा खै?

अझै पनि तपाईंलाई दरबार हत्याकाण्ड रअ ले नै मात्रै गर्यो? यहाँको सत्ता रअ ले मात्रै उथलपुथल गर्छ भन्ने लाग्छ? सबै रअ ले गरेको लाग्ने भए होइन यी 'कठपुतली' हरुलाई विश्वास गर्ने हामी कस्ता? रअ त गौण कर्ता हो, हाम्रा लागि काम गर्नेले हामीलाई नै दलाली गर्ने भएपछि दोषी को भयो?

रअ, सिआइए को नाम सुन्ने बित्तिकै थर्कमान हुनुपर्ने चाहिँ किन रैछ हो? नेपालीले बुझ्नुपर्ने कुरो हो, रअ र सिआइएको नाम भजाएर, नेपालीहरूलाई फगत मनोवैज्ञानिक त्रासमा राखेर नेपाली 'भतुवा'रूले आफ्ना रोटी धेरै सेके। हाम्रा 'भतुवा'हरु सहि छन् यदी भने रअ सङ्ग डराउनु पर्ने त्यस्तो केही छ र?

राष्ट्रवादी ओली हुन्/होइन त्यो इतिहासले नै बताइसक्यो। महाकाली देखि महाकालीसम्म (लिम्पियाधुरा मुद्दा) ओलीले केके गरे प्रष्ट छ। तर 'रअ'का मान्छेसङ्ग भेट्नै नहुने के छ र? भेट्दा अराष्ट्रवादी भैयो हो? कि यो देशको उत्तराधिकारी 'रअ' र 'सिआइए' हरु हुन्? डिप्लोमेटिक प्रोटोकोल नबुझ्ने त पक्कै होइनन् ओलीले तर यसो किन गरे उनै जानुन्? कोरोना कहरमा भेट्नै पर्ने के थ्यो र?

र अचम्म लाग्ने कुरो, हाम्रा विज्ञहरु कोरोना लाग्छ भनेर लिम्पियाधुरा क्षेत्र पुगेर स्थलगत खोज अध्ययन गर्ने कुरो रोकिने, रअ जस्ता गुप्तचरहरु रातारात प्रम भेट्न नि सक्ने? प्रधानमन्त्री हुन् कि प्रधानपञ्च भनेर यत्तिकै भन्या हुँ र? रअकै मान्छे भेट्नुले राष्ट्रवाद र अराष्ट्रवादको कित्ताकाट चाहिँ भो नगरौँ!

स्याललाई दशा लागेसी शहर पस्छ रे भन्थे पारा उहीँ देखियो ! विपक्षी र विरोधी के पाउँ र विरोध गरूँ भनेर दाउ हेरेर बस्छ, प्रम भएकाहरुको आफ्नै 'दु:ख' छ फेरि !


No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...