'पढेलेखेकाले नि कहिँ भकारो सोर्छन् त' भन्थे मान्छेहरु, सुरुसुरुमा। अर्थात् पढ्नेहरुले कृषिसँग सम्बन्ध राख्ने कुरोलाई छुनुहुँदैन भनेझैँ गर्थे। सिक्नुपर्छ, सिकाउनुपर्छ भन्ने घरबाटै नहुनु दुखद हो। उनीहरुको भाष्यमा सुकिलामुकिलाले गर्ने काम होइन भनेको भाव बुझ्थेँ म। अनि अर्का एकथरी हुन्थे, भर्खरै शहर पसेका नवशहरियाहरु, जसको आँखामा यस्तो काम गर्नु सबैभन्दा तल्लो स्तरको काम हुन्थ्यो। यतिसम्म देखेको छु, घरबाट सामान बोकेर तल शहर छिरेका बा/आमासँगै हिँड्न लाज मान्ने सन्तानहरु! परिस्थितिले कोल्टे फेरेछ क्यार। मैले हाम्रै विषय पढ्ने देखि विभिन्न युवा साथीहरुले कृषि कर्ममा लगाएको लगनशीलता देख्दा मन औधी खुशी हुन्छन्। हामीले जति नै फुर्ती लगाए पनि हाम्रो धरातल यहि होइन र, मानव सभ्यताको बीउ हैन र? हेयभाव नराखौँ। मेरो परिभाषामा काम चाहिँ जे होस्, सकेको मस्त गर्नुपर्छ। शेक्सपियर कतै बहकिन्छन्, 'काम गर्नमा तिमी महान बन, जस्तो कि तिमी विचारमा महान छौ, काम जस्तो कुरा गर, कुरा जस्तो काम।'
Subscribe to:
Post Comments (Atom)
ने, कर्म र यात्रा
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...

-
`ढाका टोपी दिवस´ किन प्रायोजित? राष्ट्रियता पोसाकमा होइन मन र मस्तिष्कमा हुन्छ। एउटै पहिचानमा जातिय विविधताले ठाउं पाउन सक्दैन। सबै ...
-
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...
-
प्रत्येक दिन, प्रत्येक क्षण गतिशील देखिने पहाड र बादलको लुकामारी हेरेर थाकिन्न ! आखिर नौलो दृश्य खास केही होइन- त्यै एकनास उभिएको पहाड, त्यै...
No comments:
Post a Comment