Thursday, January 28, 2021

भाषा

भाषा

आज ससाना बाबुनानीले नेपाली भन्दा बढी हिन्दी जानेको हुन्छ, त्यो विषयमा कमैले बोल्छन्, लेख्छ्न्। म भाषा विरोधी होइन। जान्नेको भाषा हुन्छ, बोल्नेको भाषा हुन्छ। भाषा त जति सिक्यो त्यति राम्रो। दक्षिण एसियाका लगभग भाषा एउटै परिवारका छन्। नेपालमा बोलिने सबै भाषा राष्ट्रिय भाषा हुन्। ऐलेको विश्वमा मातृभाषा, राष्ट्रिय भाषा अनि अङ्रेजीको महत्व विशेष छ। तर हिन्दीले अतिक्रमण गर्‍यो, हिन्दी बोल्नेहरुलाई घातक देख्नु चाहिँ दुखद। म गरेको छैन भन्दिन। भाषाहरुको अस्तित्वको पनि लडाइँ जो छ। हिजोका शक्तिशाली भाषाहरु आज त्यस्तै छैनन्। हर भाषामा आफ्नो तर्क राख्नेले अर्को दोस्रो भाषालाई घृणा नगर्नुस्। अरुको भाषाले अतिक्रमण गरेको लाग्छ भने कट्टर विरोधी हुनुपूर्व पैले आफूबाट सुरु गर्नुस्। मातृभाषा, राष्ट्रिय भाषा र अङ्रेजी चाहिँ पक्काको भए गज्जब! हर देशको एउटा राष्ट्रिय भाषा हुन्छ, र सम्मान गरिन्छ। यहाँ हिन्दी र नेपाली भाषा बीच घृणा साँध बनाइन्छ, आखिर केको लागि? अर्को भाषा मास्यो भन्नेले आफ्नो भाषालाई चाहिँ गरे के त? घरमा आफ्नो सन्तानले हिन्दी सिकेको सहि, त्यो राम्रो? आज एउटा नानी/बाबुले नेपाली भन्दा हिन्दी ज्यादा जानेको हुन्छ, यस्को समिक्षा कस्ले गर्ने? अनि संविधानले नेपालको हर मातृभाषा राष्ट्रिय भाषा भनिसकेपछी त्यस्को प्रयोग गलत भन्न मिल्छ र? अनि यता आउँछन् जोरी खोज्नेहरु संसदमा बोल्न हुन्न भन्दै! सोच तिम्रो एउटा घर पनि संसद हो! त्यो घर घर मिलेर देश बनेको हुन्छ। सुरुवात आफूबाट गरौं।


No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...