प्रश्न गर्न नसक्ने हाम्रो पुस्ता?
(स्कुल/कलेज=कारखाना)
हाम्रो विश्वविद्यालयले विद्यार्थीहरुमा आलोचनात्मक चेत पैदा गर्नै सकेन। प्रश्न पल्टाउनुस्, पढाइ हेर्नुस्। विद्यार्थी कक्षामा पढाएको कुरा छलफल गर्दै क्यान्टिनमा पुगोस्। त्यहां पनि छलफल गरोस्, बस चढ्दा पनि छलफल होस्। तब पो विश्वविद्यालय। नेपालका विभिन्न मुद्दामा बहस हुनुपर्यो।
अहिले मानविकीतिर विद्यार्थी घटेको घट्यै छ्न्। हाम्रोमा तलैबाट बच्चाहरुलाई विज्ञान् पढाउन थालियो, अन्य कतिले व्यवस्थापनको विषयतिर चासो देखाए। हाम्रो विशिष्टीकरण धेरै चांडै भयो। मानविकी नबुझी अरु बुझिंदैन। कविता पढ्नुपर्छ, उनीहरुले।
२२ वर्षको केटीले ८० वर्षको वृद्धलाई बा तपाईंको छोरा बांच्दैन भन्नुपर्यो भने त्यसले भन्न सक्छ? त्यसले त्यो गाम्भीर्य बुझेको छ? मात्र १२ कक्षामा विज्ञान् पढिरहेको छ ऊ। मेडिकल साइन्स भनेको बायोमेडिकल साइन्स हो? मानविकी, व्यवहार विज्ञान् पनि त हि नि। उसले मेसिनसंग डील गरेको छ र?
तपाईं आफैं पनि हेर्नोस्, आज चिकित्सा पढ्न लागेकाहरु फिजिक्स, केमिस्ट्री, बायोलोजी भन्दा भन्दै मानौं डाक्टर नै बने जसरी उफ्रन्छन्। खोइ तिनलाई यो देशमा फैलिएका मानिस, तिनका प्रकृती, खानपान, जीवनशैली, लगयात सामाजिक चालचलन बारे खोइ जानकारी? नेपाल जस्तो विविधतायुक्त ठाउंमा उत्पादन हुने डाक्टरमा ग्रामीण भेगलाई चाहिने डाक्टर उत्पादन हुन सकेका छन् र? आज पनि मेरो गाउँ काठमाडौबाट नजिकै हुंदा पनि हेल्थ असिस्टेन्टले जचाएको आफैले भोगेको छु।
एउटा पूर्ण मान्छे बन्न चाहे ऊ डाक्टर, इन्जिनियर, एस्ट्रोनट, प्रोफेसर किन नहोस्, पहिला ऊ सचेत हुनुपर्छ। उदार शिक्षा सबैले पाए पनि त्यसपछि विस्तारै विशिष्टीकृत सुरु हुन्छ। ऊ मेडिकल डाक्टर होस् या इन्जिनियर होस्, तबमात्र पुर्ण मान्छे हुन्छ, जब उसले बुझ्छ्। म कहिलेकाहीं हवाईजहाजमा यात्रा गर्दा मलाई चिनेर ककपिटमा लैजान्छन्, राजनीतिको कुरा गर्न भन्छन्। उनीहरुको कुरा केटाकेटीको जस्तो हुन्छ।इतिहास, भुगोल, नेपालको सामजिक अवस्था केही बुझेको छैन।
शिक्षाको कमजोरी छ, यहां। ४० % व्यवस्थापन पढ्छन्। यस्तो पनि हुन्छ? सन् २०१३ मा चीनमा ४०% विज्ञानप्रविधि,गणित र इन्जिनियरिङ पढ्थे। उच्च शिक्षामा हाम्रो गडबडी छ। त्यसैले पनि हो अहिले प्रश्न गर्नैनसक्ने पुस्ता निर्माण भएको। तलको आधार नै बनेन। समाजिक शिक्षाबारे बच्चामा गरमागरम बहस हुनुपर्ने हो।
#केदारभक्तमाथेमा #दीपकिरणखड्का
No comments:
Post a Comment