Sunday, December 10, 2017

सम्झनामा गोधुली सांझ



सम्झनामा गोधुली सांझ

मंसिर २२, २०७४

सांझ गोधुली तिर लम्कंदैछ, तालको पानी पवनको वेगमा पौडंदैछ, विशाल क्षविशाल खुशीले दङ्ग छ, बादल तौरंदैछ अनि यता कागहरु हामीलाई देखेर जोरजोरले चिच्याउंदैछ, मानौं, उनिहरु हाम्रो भेट देखेर मुग्ध भए। तालभरीका पर्खालमा प्रेमिल जोडीहरु गफिएर बसेका छन्, कोहि तालमा माछालाई मस्यौरा दिंदैछन्, केही सेल्फी लिंदैछन्। वरिपरिका रुखबिरुवा, चराचुरुङ्गीको आवाज, तालको लेउ, रातो हुँदै गरेका बादल, चिसो हावाले मन त्यसै फुरुङ्ग पार्दै थियो।
यात्रामा भेट सबैलाई कहां जुर्छ, भेट जुराए वा जुरे पनि सबै मनले खाएका मानिससंग भेट कहां जुर्छ। लाग्छ यी भेटहरु पनि सबै समय संयोग नमिली जुर्दैन। जुर्थे भने, म प्रत्येक चाहेका क्षण उनीसंग नद्जिक हुन चाहन्थे तर अहं हुन्नन् सबै सोचेका, खोजेका, म भन्छु लेखान्तमा लेखिनैपर्छ अनि बल्ला जुर्छ सबै कुरा नत्र त्यसै नेपथ्यमा अमृत गुरुङले जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना भनी गाउंथे होला र?
नेम छंदा ती क्लासका पछिल्तिर बेन्चमा अरु केटी भन्दा पृथक लाग्ने उनी, मलाई साच्चै अचम्म लाग्थ्यो। किन एक्लै बसेकी होलिन्? बोलचाल पनि छैन, बिहान सबेरै आउने, तर किताबसंगै हुने, अनि कोहि संग नबोल्ने मलाई अजीब लाग्थ्यो किनकी मलाई नबोली नहुने, सबै संग हाइ हेल्लो गर्नै पर्ने! ओहो जेट् थ्री मा लगभग सबैसंग बोलचाल भैसक्दा उनीसंग हुन पाएन, चाहन्थे उनीसंग बोलुं तर सकिन। हेराहेर नभएको होइन तर लज्जा नामको भावले मलाई उनीतिर बोल्न नसक्ने बनायो। नढांटी भन्नुपर्दा उनी मलाई अलिक कडा लाग्थ्यो। तर राम्री पनि थिइन्।
उनीसंगको त्यो गोधुली-सन्ध्याकालिन भेट जीवन यात्रामा मीठो भेट मध्येको एउटा भेट बन्न पुग्यो। सम्भवत अलिक लामै भेट बन्यो। पढाइ बाट सुरुवात भएका हाम्रा कुराकानी जीवन भोगाई, अध्यात्म, व्यक्तिगत केही कुरा हुँदै प्रेममा गएर बीट मार्न पुग्यो।
भक्तपुर जहां मैले जीवनका बालापन बिताए आज त्यही ठाउंमा पुग्ने संजोग जुर्यो। झन् भक्तपुर सिद्धपोखरीसंग त हाम्रो परिवारको साइनो गांसिएको छ। द्वन्द्वकालमा हामी लखेटिएर भक्तपुरमा शरण लिएका थियौं। माओवादीहरुसंग भागीभागी बस्दा बस्दै एकपटक माओवादीहरु हाम्रो परिवारलाई खोज्दा खोज्दै आइपुगेछन्, धन्न बा सुराकी पाएर निक्लिसक्नुभएछ। त्यही समयमा बालाई नभेटेसी हामी दुई भाईले माओवादीहरुलाई पांचतले मन्दिर, पच्पन्न झ्याले दरबार, सिद्धपोखरी घुमाएर सुर्यविनायक निकाल्यौं। ती खुशी भएर हामीलाई बधाई पनि दिए। अनि आज यसैगरी झन्डै १७ वर्ष पछि उनीले नै त्यहि ताल लगिन्। म कल्पनामा डुबें, भेट हुन पनि कति धेरै कुरा मिल्नुपर्ने है। ओहो चाहेर मात्रै नहुने!
उनीसंग भेट हुंदा कसरी प्रस्तुत हुने, के भन्ने होला भन्ने कौतुहलताले मलाई प्रश्न गरिरह्यो। मनमा आएका सबै भनिदिएं। मन हलुङ्गो भयो। उनी पनि बढी सुन्न तयार भइन्, म भने बोलेको बोल्यै भएछु। उनीसंग केही समान धारणा मेरा पनि रैछन्। प्रेम पवित्र हुनुपर्छ भन्ने मान्यता हामी दुबैमा समान रैछ। रिलेसन मा बस्नु मात्र लभ होइन तिमी र म यत्ती टाढा बसेर पनि प्रेम गरिराख्या नै हो नि होइन र भनें, मलाई उनी अलिक लजाएको भान भयो! मैले कति शब्दलाई गलत प्रयोग त गरिनं। यद्यपि सांचो यहि हो। उनीसंगका थोरै साथीमध्ये म पनि एक हुं भन्दा म साच्चै खुशी भएं। मलाई पनि यसरी महत्व दिन्छन् है केही मानिसहरु। म हृदयविभोर भएं। मेरा पनि उनी थोरै साथी मध्ये कि हुन् भनिदिएं। ट्विटरका ८०००, फेसबुके ५००० त संख्या मात्रै हुन्। असली संसार तिमी र हामी भित्र छ भनिदिएं।
तर आज दैव संजोग भेट हुनपुग्यो। मलाई उनीले दिएको त्यो महत्वपूर्ण समय नै मेरा जीवन क्षणका महत्वपूर्ण सम्झना बन्नेछन्। आगामी यात्रा विश्वासको कुराले पनि टिक्ने कुरो हो। सहयोग र सद्भाव म बाट उन्लाई सधैं छ। मलाई पनि उनको सदा सर्वदा यस्तै मीठो माया मिलिरहोस्। मैले यहि कामना गरेको छु।भविस्यबाट पछिल्तिर फर्किएर आजको दिन हेर्दा वा कल्पना गर्दा मलाई भावुक बनाउने छन् कतै रोमान्चित पनि बनाउनेछन्।

मेरो बारेमा उन्का धेरै साथीहरुसंग गरेका कुराकानी बारे सुनाईन्, म भुतुक्क भएं, मलाई यति टाढै बाट यत्रो धेरै माया, सम्मान? उनको घरमा त मलाई चिन्ने नै भैसके, आन्टीलाई पनि सबै भनिछिन् दशैमा। दिदीसंग पनि। अनि कहिले कहिले कुरा गरिरहन्छु पनि। ओहो! अनि म आफू हृदयविमुग्ध भएको र आगामी यात्रालाई हौसला मिलेको अनि यसैगरी पाइला पाइलामा हौसाइरहनु है भने! उनीले पनि हुन्छ भनिन्। अनि मैले फोटो खिच्न भने, मानिन अनि केही फोटो सम्झनाको लागी खिचें।
पढाइको बारेमा केही गफिंदा मैले उनलाई प्रा डा बन्न के गर्नुपर्छ भनें, उनले आफुले जानेको बताइन्! मैले पनि आफ्नो यात्रा त्यही रहेको बताएं। अनि पढाईको कुरा चल्दै गर्दा, पढाईलाई पहिलो प्राथमिकतामा राख्नु है भनें। अप्ठ्यारो, आपत, खुशी, अनि सम्झना आए, दीपक तिम्रो लागि छ है भनिदिएं। यो यात्रा सधैं रहिरहोस्, हाम्रो यहि आभ्य कामना! यो तलको भनाई तिम्रो लागि समर्पित है त!
`मलाई भाग्य अथवा समयसंग कुनै गुनासो छैन, किनकी म जे चाहन्छु, त्यो म पांउछु नै। समय, प्रकृतिको उचाइ या सागरको गहिराइले पनि मेरो अभिलक्षित आशा-आकांक्षालाई मदेखी टाढा लिएर जान सक्दैनन्, जे मेरो हो,त्यो म पाएरै छोड्छु।´

No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...