यात्रा पिरतीको!
बिहानै सबेरै उठिएछ आज धेरैपछि। सम्भवत आजको दिन जाडो महिनाकै चांडो उठिएको दिन। घन्टी एकपटक चार बजे लागेछ, सायद अबिरल भाइ पढ्नको लागि लगाएको घन्टी हुनुपर्छ। आज बिहान उठ्नै पनि उत्साहित देखिन्थे म, पटक पटक सबिन भाईलाई बिर्सिएला अलि चांडै उठाउ है भनेको थें।
फेरि एकैछिन निदाउंछु भन्ने हिसाबले सुतेको त झन्डै सांढे एक घन्टा पछि उठिएछ। यसो हेर्छु झ्यालबाट अंध्यारै पो छ, जान त सकिएका फेरि कुकुर भुकेर डर लाग्ने आफूलाई। उठ्ने बित्तिकै मोबाइल दर्शन गरियो। म्यासेज हेरेको मेक्सिको बाट मिचेलले गरेकी रैछिन्। मन त्यसै त्यसै नै फुरुङ्ग भयो। अनि त्यसपछी झिसमिसे बिहान मै हिंड्ने निधो गरियो। घडीले ६:१२ को समय हुंदा म निस्किएं।
म भृकुटीमण्डपमा आफ्नो काम सकाएर फर्कदै थिएं अनि उन्ले भनेको काउन्सेलिङ याद आयो, शुभ समाचार सुन्न पाइयोस् भनेर भन्छु भनी फोन गरें तर आफ्नो काउन्सेलिङ १२ बजे भनेको सुनेपछि मैले कता छौ भनी प्रश्न तेर्साएं अनि उनी आफू नया बानेश्वरमा भएको बताइन्। मैले त्यहीँ बस है भने, १० मिनेटमा आइपुग्छु भने तर उनले नमानेकोझैं गरिन्। मलाई विश्वास थियो, उनी मेरो भेटलाई इन्कार गर्दिनन् भन्ने मलाइ विश्वास थियो। र ११ मिनेटमा म त्यहां पुगें पनि। टेम्पो बाटै उनलाई इसारा गरिन्। पहिले भेटेकै ठाउंमा उभिएकि थिइन्।
भेटमा काउन्सेलिङ्गको कुरा भयो। यसै वर्ष पढ्न पाउं है भन्दै खुशी व्यक्त गर्ने उनी नहुने हो कि भनेर पनि बेला बेला अत्तालिइन् मैले खाली धैर्य गर्न भनिरहें, सदा सान्त्वनाका शब्दहरु मात्र रहे। उनको बीडिएस पढ्ने सपनाले मुर्तरुप लियोस् भन्ने आभ्य कामना थियो।

यात्री जारी छ, कहिलेसम्म संगै रहिएला भन्ने कुरो? यात्रा सदा संगै भइरहोस् भन्ने चाहना त हो तर भन्न सकिन्न कति कुरा भनी हरिभक्त कटुवाल भन्छन्।
No comments:
Post a Comment