धैर्यको अध्याय!
जीवन यात्रा एउटा अनवरत र अविदित अनुभूति र भोगाइका विभिन्न क्रम, उपक्रम संगै पृथक-पृथक कालखण्डबाट अघि बढ्दै गर्दा, धीरताको एउटा अर्को सागरमा पौडैंदै गरेको हो कि झैं लाग्छ। विशाल सागरको त्यो क्षितिज-यात्राझैं कहिले नयां एउटा आयममा प्रवेश गर्ला भन्ने प्रश्नका ज्वार र भाटाहरु मन-मस्तिष्क तरङ्गित गराई रहन्छन्।
एउटा अध्यायको कालखण्डमा आफू स्थिर भएर बहिरहनु पर्दा धीरता भन्दा अर्को साहस कता भेटिएला र? कर्मलाई प्रमुख कारक मान्दै आफ्नो यात्रा अघि बढ्दै त छ तर जीवनमा सङ्क्रमण काल नै छाएको पो हो कि भनी मनमा प्रश्न नउठ्ने भने होइन। मन भित्र हुंडलिरहेका बादलहरु कुनै पहाड्मा ठोकिएर आफुलाई वर्षाउन आतुर छन् तर त्यो पहाडको यात्रा स्थिर गतिशीलमा छ नै, अझै केही समय पर्खाइमा व्यतित भइदिए यी क्षणहरु भने?
युधिष्ठिरका धैर्यशाली जीवन पढेर नै होला, उनको जीवनमा कतै कतै आफूलाई समाहित गरेको भान हुन्छ। उनको मन अस्थिर भएर शसङ्कित प्रश्न तेर्सींदा उनलाई सधैं अघि बढ्न प्रयत्न गरिरहने मान्यगुन्य, ऋषिमुनि वर्गका सत्सङ्गमा आफुलाई छत्रछायामा राखी नै रहे। एउटा अस्थीर सङ्क्रमणकालीन अवस्था बाट मैले पनि आफुलाई एउटा नयां कर्म यात्रामा बढ्न कहिले पाउने होला भनी मनोसंवाद मै छु, धन्न मलाई प्रेरित गर्ने ती तमाम प्यारा मानिसहरु मलाई सधैं साथ दिइरहेछन्।
ओहो, ओहो! राम्रा पुस्तक र राम्रा मानिसहरुको छत्रछायामा आफुलाई सदा सम्मोहित गर्न पाएको छु, समयसंयोग मिलेको छ, र पो मेरा सङ्क्रमण कालमा पनि प्रश्न उठेका छैनन्। बस्, यात्रालाई अझ गतिशील बनाई यात्रालाई जिजीविषा भन्दा माथिको मोक्ष यात्रा मा कहिले पुर्याउने होला?
No comments:
Post a Comment