Friday, January 29, 2021

हिमाली कुरा

हिमाली कुरा

दशकौंदेखि देखिरहेको दृश्य। सधैं एउटै लाग्दा लाग्दै पनि कैलेकैले माहोल फरक हुन्छ। घरभन्दा माथीको नाङ्गो डाँडा हिउँदमा हिउँले छोपिन्छ, अनि त्यो बेला पहाडहरु फुस्रा देखिन्छन्। गर्मी आएपछि त्यो नाङ्गो डाँडा कालापत्थर बन्छ, अनि पहाडहरु हरिया, कलकलाउँदा बन्छन्। यसो दुई मिनेट सोची ल्याउँदा मान्छेको जीवन जस्तै होला भनि कल्पना गर्छु। कतै पढेको कुरो ऐले लेख्दा झल्याँस्स सम्झन्छु। एउटै पोखरीमा बस्ने कमिलो र माछाको कथा जस्तै। बर्खामा पोखरीमा पानी हुँदा माछाले कमिलालाई आहारा बनाउँछ्न् अनि खडेरीमा माछालाई कमिलाले। धैर्य गरेर पर्खिन पर्ने रैछ भन्ने बुझ्न सकिँदोरैछ।

मान्छेलाई सतसङ्गत किन चाहिन्छ त भन्ने कुरो बुझ्न किताबसम्म साक्षात्कार गर्न नपाउनेले चाहिँ प्रकृतिलाई नै नियालेर आत्मोबध गर्ने अभ्यास गर्नुपर्ने रैछ। यतिबेला मेरा आँखाचाहीँ हिमालतिर पुग्छन्। हिमालहरुको शृङ्खलामा कालापत्थर पनि हुन्छन्। हिमाल सुन्दर हुन्छ, अटल हुन्छ, हाँसेको हुन्छ। र त्यो कालापत्थर पनि उसैको सङ्गतले अटल हुन सिक्छ, थोरै हाँसो पनि भर्छ अनि ऊ पनि बिस्तारै हिमाली चालमा लम्किन्छ। यति कुरा सिक्न, जान्न, बुझ्न, लेख्न, भोग्न हिमाल नहेरे र दिव्य ज्ञान र कर्मले सिके नि हुन्छ है। कर्म पवित्र हुनुपर्छ। कर्म नै जीवनको वेद बन्नुपर्छ।

यति लेख्दै गर्द बाहिर 'मुस्ताङे' हावा चल्छ। म चिनियाँ हान्फिङ् लाइटतिर केइ नयाँ शब्द सिक्न भनि पस्छु। मुस्ताङ्गे हावा बेजोड चल्छ। बाहिर यसो निस्कन्छु। आँखा यस्तो दृश्यमा पर्‍यो कि एकछिन अचम्मित भएँ। ठूलो हावाले बकुल्लालाई माथी हुत्तायो अनि बकुल्लाले आफूलाई सम्झालेर बत्तासियो! दृश्य हेर्नलायकको थियोे। तल यो दृश्यसँग बसिरहँदा रमेश अङ्कलको फोन आउँछ। अनि यात्रामा जाने हो माथीसम्म भनेसी मन उमङ्गले ननाच्दो हो त? उसैपनि मैले यात्रा सुन्न र पढ्न नै पाउँदा पनि हृदयमा मृग शावक उफ्री उफ्री भन्ने सिद्धिचरणका शब्द आउँछन्।

गङ्गा आन्टी, अर्जुन अङ्कल, रमेश अङ्कलले सम्झेर बोलाउनुभएको यो यात्रा छोटो तर विशेष भयो। पाल्चोकको शिर ककनीसम्म पुगेर हिमालहरु चियाउँदा मन आनन्दित भयो। गाङ्जाला हिमाल र दोर्जेलाक्पालाई बीचको भञ्ज्याङ बाट एकसाथ दृश्य हेर्दा मनमा के अनुभूति आए होलान्? मानेका झन्डाहरुहरु बतासले फर्फराउँदाको पवन संगीत को ध्वनि कस्तो होला? गुन्साभन्दा माथीको लेकमा देखिने जापानको फुजी माउन्टेन जस्तै दृश्य देख्दा मस्तिष्कले केके सोच्न भ्याए होलान्? ककनी बाट माथी उक्लिँदै गर्दा सल्लाको वनमा चलेको बास्नाले हृदयलाई कुन स्तरको आनन्दनुभूति भयो होला?

मलाइ यात्रामा सम्झेर पाल्चोक यात्रा गर्न सम्झिने यी मनहरुप्रति आभार सहित!
;)


No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...