देवकोटा छुटे कि?
देवकोटाको निबन्धसंग्रह पढेपछि मनमा प्रश्न उठ्छन्, जैले जैले पढ्छु त्यैले प्रश्न नउब्जेको बखत नै हुँदैन- यत्तिका साहित्यकार विश्व साहित्य आकाशमा किन उदाएनन्? लक्ष्मी निबन्धसंग्रहमा विश्व साहित्यका अग्रणीका नाम लिएर नेपथ्यमा पनि ती रत्न छन् भनेको प्रसङ्ग देवकोटालाई नै मिल्न जान्छ। राहुल सांस्कृत्यानले भारतका तीन जना साहित्यकार, दार्शनिक (नाम बिर्सिएँ) बराबर देवकोटा एक्लै हुन् भनि लेखेको प्रसङ्गमा दम छ। राहुल जस्ता जबरजस्त दार्शनिकले यसो भन्नु सानो कुरो होइन। फेरि, निबन्ध पनि यति रसिला कसरी हुनसक्छन्? उसैपनि साहित्यको विधामा निबन्ध उति रसिलो विषय होइन भन्छन् पाठकहरु, धेरैजसो उपन्यास लाई नै सोझो साहित्य पनि बुझ्छन्। धेरै पैले अन्लाइन खबरमा पढ्नुपर्ने पुस्तकको सुचिमा देवकोटाको एउटा किताब पनि नपरेको देख्दा अचम्म लागेको थियो मलाई। मेरो जिज्ञासा् स्वाभाविक थियो। को पाठकसँग सर्वे गरेछन् जस्ले गर्दा देवकोटाको एउटै साहित्यिक कृति समावेश भएनन्? मेरो प्रतिक्रिया अझै पनि गुगल गरेर हेर्न सकिन्छ। पाठकको रुचिमा पनि देवकोटाको किताब अझै नपरेका हुन् कि? नेपाली साहित्यमा विश्वस्तरको किताब छैन भन्नेले कि त देवकोटा पढेकै छैन, कि त ऊ अरुको लहैलहैमा लागेर त्यसो भन्छ। यसो भन्दै गर्दा मैले व्यक्तिको गुण बखान गाएको भन्ने चाहिँ होइन, मात्रै जुन स्तरमा विश्वले चिन्नुपर्ने हो त्यो त छैन नै, समग्र नेपालीले नै नचिनेको हो कि भन्ने लाग्छ। यो कुरो सत्य हो देवकोटा बिनाको नेपाली साहित्यिक आकाश अपुरो हुन्छ।
Friday, January 29, 2021
देवकोटा छुटे कि
Subscribe to:
Post Comments (Atom)
ने, कर्म र यात्रा
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...

-
`ढाका टोपी दिवस´ किन प्रायोजित? राष्ट्रियता पोसाकमा होइन मन र मस्तिष्कमा हुन्छ। एउटै पहिचानमा जातिय विविधताले ठाउं पाउन सक्दैन। सबै ...
-
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...
-
प्रत्येक दिन, प्रत्येक क्षण गतिशील देखिने पहाड र बादलको लुकामारी हेरेर थाकिन्न ! आखिर नौलो दृश्य खास केही होइन- त्यै एकनास उभिएको पहाड, त्यै...
No comments:
Post a Comment