गाउँमा क्वारेन्टाइन
क्वारेन्टाइनमा बस्दै गर्दा साथीहरुको म्यासेजहरु आए, बोर भैराछ यता, युट्युब, टिकटक हेर्दा हेर्दा अल्छि लाग्न थाल्यो, केइ सल्लाह छ भनि सोध्छन्म उसैपनि म यस्ता कुराम हल्का 'बोरिङ' मान्छे हुँ भन्ने मैलाई पनि थाहा छ र गाँइगुइँ पनि नसुनेको होइन। सल्लाह नै मागिसकेपछी नभनि बस्ने कुरो पनि ठिक होइन। अनि मैले त किताब पढ्ने, लेख्ने, सोच्ने भन्दिएँ। १/२ दिनपछि त्यो पनि उति रमाइलो होइन भन्ने कुरोमा उनीहरु पुगेछन्। थाहा थियो, तर मैले भन्नुभन्दा उनीहरुले अनुभूति गरेसी त्यसले जित्छ नै। हुन पनि बन्द कोठामा खुल्ला विचरण गरिरहेको मस्तिष्क पनि कति समय बाँधिरहने? अझै सञ्जालमा हाम्रा सुन्दर तस्बिर बुस्ट हुँदा ती साथीलाई गिज्याउँदोरैछ, 'तपाइँहरुलाई त कत्ति रमाइलो है, घुम्यो, बस्यो।' तर गाउँमा भएसी घुम्यो, बस्यो मात्रै काम हुँदैन। बिहान उठ, क्लास भए हाजिर गर। पढ, अनि घर सफा गर, बढार, माछा फार्म हेर, भैँसीको भकारो सोर, र यति सार्है नभए तलमाथि गर। यति भएसी सञ्जालमै भैरहन परेन, एउटै कुरोमा डुबिरहन परेन। अनि मस्तिष्कले अल्छी मान्ने कुरै छैन। गाउँमा मैले यस्तै भोग्छु। यो बेला मात्रै होइन, गाउँका मानिससँग 'क्वारेन्टाइन' मा बसेको लामो अभ्यास हुन्छ। यस्तै जोकैजोकमा हिजो मकैको ढिँडो खाने बेलैमा हाँसी मजाक चल्छ, ड्याडी भन्नुहुन्छ, 'घाँस काट्दा हामी नि क्वारेन्टाइनमा हुन्छौँ।' म नि के कम फेरि, 'हो, तपाईं भन्दा कडा क्वारेन्टाइनमा हामी हुन्छौँ। तपाईं त अर्को घाँस काट्दै गफिन पाउनुहुन्छ। हामी त लाइब्रेरी पसेपछि किताबमा पस्नुपर्छ। त्यो झन् अर्को स्तरको क्वारेन्टाइन पो हो' भाइहरु एकछिन हाँस्छन्। सारमा भन्न खोजिएको गाउँमा 'क्वारेन्टाइन'मा बस्न शहर भन्दा सजिलो नै हो। हालका वर्षमा झैँ इन्टर्नेट नहुँदा पनि बितेका वर्षहरुमा हामीले मजैले बिदाहरु काट्थ्यौँ, सघाउँथ्यौँ। जे भए नि,जस्तो भए नि जहाँ छौँ, त्यैँबाट क्वारेन्टाइनलाई सिर्जनात्मक बनाउने अभ्यास र प्रयास गरौं।
Friday, January 29, 2021
गाउँमा
Subscribe to:
Post Comments (Atom)
ने, कर्म र यात्रा
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...

-
`ढाका टोपी दिवस´ किन प्रायोजित? राष्ट्रियता पोसाकमा होइन मन र मस्तिष्कमा हुन्छ। एउटै पहिचानमा जातिय विविधताले ठाउं पाउन सक्दैन। सबै ...
-
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...
-
प्रत्येक दिन, प्रत्येक क्षण गतिशील देखिने पहाड र बादलको लुकामारी हेरेर थाकिन्न ! आखिर नौलो दृश्य खास केही होइन- त्यै एकनास उभिएको पहाड, त्यै...
No comments:
Post a Comment