Thursday, January 28, 2021

हेलम्बु

सिन्धुपाल्चोक कति व्यापक?

हेलम्बु जान्ने भए अल्छी नगरी पढ्नुस्!

आजभन्दा केहि समय पैले सिन्धुपाल्चोकको परिचय चेलिबेटी बेचबिखनले अग्रस्थानमा आउँथ्यो, ऐले कोरोनाले पैलो मृत्युु भएको जिल्ला देखि पहिरो र भुइँचालोको प्रिय् जिल्ला पनि बन्यो। काठमाडौ नजिक भएर पनि काठमाडौ अनुभूति गर्न नसकेको जिल्ला पनि हो- सिन्धुपाल्चोक! समय समयको कुरो
सिन्धुपाल्चोकको परिचय भुइँचालो मात्रै होइन है- सिन्धुपाल्चोक व्यापक छ! तर आज म विशेषगरि हेलम्बु क्षेत्रमा केन्द्रित रहेर कुरो गर्छु:

१. नेपालमा हजारौं वर्ष पैले तिब्बती महायोगी तथा तान्त्रिक गुरु मिलारेपाले तपोभुमि बनाएको नेपालको मनाङ पछि हेलम्बु पनि एक हो (अन्त मलाइ ज्ञान भएन)। गुरु पद्ध्मसंभवको पनि तपोभूमी हो, वहाँले तपस्या गरेका गुफाहरु हेलम्बु क्षेत्रमा छन्।

२. विश्व शान्तिका लागि घोडामा विश्व घुम्दै हिँडेका राजा लिङ घेसरको प्रमाण छ, हेलम्बु पदयात्राको शेर्माथाङ खण्डमा हामी ठूलो ढुङ्गामा घोडाको पदचाप भेट्न सक्छौं। शेर्माथाङमा अझै पनि ३ दिन ३ घन्टा ३ मिनेट तपस्या गर्ने पवित्र तीर्थस्थलहरु छन्।

३. राजा रण बहादुरको रानी सुवर्णाप्रभालाई निर्वासित गरि हेलम्बु पठाइएको थियो। हेलम्बु क्षेत्रमा बाँदरले निक्कै दु:ख दिने गरेको किवंदन्ती छ र उनी आएसी बाँदरले दिने दु:ख कमी भएको मान्यता छ। त्यस नेपालका सवै प्रमुख भाइ भारदारहरू भित्र भित्रै रण बहादुर शाह र सुवर्णप्रभा समूहमा विभाजित रहेको समयमा ब्रिटिस दुतप्रति काठमाडौँ अत्यन्त असहिष्णु र असहयोगी हुन पुगेको थियो। काशीमा निर्वाशित रहेका राजा रणबहादुर शाह मार्फत नेपाल फर्किएर आफ्नो प्रभुत्व स्थापनाको रणनीति बुन्न थाले। उनको पक्षमा काशीमा रहेका मानिसहरूको ठूलो समर्थन जुटे पछि उनी नेपाल फर्किए। रानी सुवर्णप्रभालाई हेलम्बु धपाए र दामोदर पाँडेलाई काट्न लगाएको इतिहास छ। हेलम्बु शरण दिने क्षेत्र पनि हो।

४. देवकोटाले पनि पाइलो टेकेको ठाउँ हो हेलम्बु; शेर्माथाङको सुन्दरता बारे उनको निबन्ध नै बोल्छ।
खुराकको कमी, अध्ययनको धपेडी र स्वास्थ्यमा आएको गडबडीले एकताका मानिसहरुले उनलाई पागल भएको चर्चा गरे र उपचार गर्न जबरजस्त राँची पठाए। उनी राँचीमा करिब ४ महिना उपचारको लागि बसे। यो कवि देवकोटाको जीवनको अर्काे दुःखद प्रसङ्ग थियो। पछि देवकोटाले 'पागल' शीर्षकको कविता नै लेखेर आफूलाई आफ्नै साथीहरु र नजिककमा मानिसहरुले पागल भएको हल्ला चलाएकोमा आक्रोश र दुःख व्यक्त गरे। वि.सं.१९९५ मा उनले गोसाइँकुण्ड, हेलम्बु लगायतका प्राकृतिक, साँस्कृतिक स्थलहरुको भ्रमण गर्ने अवसर पाए । जसको प्रभावस्वरुप उनले पछि लुनी, म्हेन्दु आदि काव्यहरुको रचना गरे भने 'पहाडी जीवन' शीर्षकमा निबन्ध लेखे।

५. राहुल सांस्कृत्यान जस्ता दार्शनिकको पाउ परेको माटो पनि हो हेलम्बु। हेलम्बु बारे उनले निक्कै कुरा लेखेका छन्।
लिंक- https://ekantipur.com/koseli/2019/03/30/15539249940017971.html

६. पलाञ्चोक दर्शन गरेसी पाल्चोक दर्शन छुटाउन हुन्न भन्ने मान्यता छ पनि छ। झन्डै विसं १४०० आसपास मगर राजाले मन्दिर स्थापना गरेको र खड्का (हामी खुलाल) ले कोट स्थापना गरेको इतिहास छ। ककनी गुम्बामा रिम्पोछेका कपाल हरु देखि ऐतिहासिक वस्तुहरु संरक्षण गरि राखिएको छ।

७. हेलम्बुको स्याउ, लाङटाङ पदयात्रा, मेलम्ची खानेपानी, ह्योल्मो संस्कृति, तामाङ संस्कृति लगायत अरु धेरै हेलम्बुको परिचय हो र यो सिन्धुपाल्चोकले गर्व गर्ने सम्पत्ति हो! मेरो धेयय यत्ति हो; घर सानो भयो भनेर मन स्यानो नबनाउनुस्, बाहिर हेर्नुस त सुन्दर हिमाल देखिन्छ !


No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...