Thursday, January 28, 2021

सत्याग्रह

डा केसीको अनशनलाई कसरी हेर्ने?
(अल्छी नगरि पढ्नुस् है, चिन्नुस डा केसी कसका लागि लडिरहेछन्)

१. मनमोहन मेडिकल कलेजको कुरो के हो त?

- कुनै समय म पनि डा. केसीका केही मागलाई लिएर थोरै असन्तुष्टि जनाउँथे; विशेषगरि त्यो मनमोहन मेडिकल कलेजलाई सम्बन्धन दिने कुरोलाई लिएर थियो। बरु त्यो खुलेको भए मलाई पनि राम्रै हुन सक्थ्यो होला, मलाई चीन जान पर्थेन होला, यतै सुलभ पैसामा पढ्न पाइन सकिन्थ्यो। आफ्नो स्वार्थ पूरा भए बोल्ने, नभए नबोल्ने परिपाटीले हामीलाई राम्रो गर्दैन। हुन त डा केसी बारे मैले नबोल्दिए नि केही हुन्न। तर म ढुक्क छु, सहि कुरोलाई सहि भन्न डराउनु पर्दैन। तर त्यतिबेला मफियाको खेल चुलीमा थियो। मनमोहनलाई सम्बन्धन दिन डा केसी खुकुलो बस्दा अरु धेरै निजीले सम्बन्धन पाउने सम्भावना हुन्थ्यो। ऐले स्वयम् २ वटा विश्वविद्यालयले  ५/५ वटा भन्दा ज्यादा सम्बन्धन नदिने कुरो छ। एउटा विश्वविद्यालयले अरु धेरैलाई दिँदा पढाइमा गुणस्तर कसरी कायम गर्न सक्छ। प्रश्न यता हो।

२. मेडिकल कलेज नखोल भनेको हो त?

- होइन। ऐले एकाथरी झुन्ड डा केसीले मेडिकल कलेज खोल्न दिँदैनन्, कलेज विरोधी भनेर हुन् भनेर प्रचार गरिएको छ। यो एकदम ठूलो भ्रम हो। कलेज काठमाडौ उपत्यका भित्र १० वर्ष सम्म नखोल भनेको हो। अन्त गएर खोल खोल्ने भनेर प्रष्ट भनिएको छ। प्रत्येक प्रदेशमा एउटा एउटा सरकारी मेडिकल कलेज खोल भन्ने डा केसीको माग हो। हाल कर्णाली, गेटा र राप्तीमा एमबीबीएस पढाइ सुरु गर्न उनले माग गरेका छन्। अब यहाँ कलेज नखोल भनेको हो र? होइन मात्रै निजी कलेज खोल्नेहरुको टार्गेट त कमाउ धन्दा हो, उनीहरु बाहिर कलेज खोल्न उत्साहित छैनन्।

३. मेडिकल क्षेत्रबाट अर्बौ पैसा बाहिरियो?

- डा केसीको आन्दोलन पश्चात् एमबीबीएस सुरु गर्नु अघि इन्ट्रान्स पास गर्नैपर्ने प्रावधान छ। पैले विदेश जानेको संख्या प्रत्येक वर्ष १४०० का हाराहारीमा हुन्थ्यो। पछिल्लो समय ४०० को हाराहारीमा पुगेको छ। कति त छात्रवृत्तिका विद्यार्थी पनि छन्। मेडिकल क्षेत्रबाट भन्दा अन्य विषयबाट पैसा बाहिरीएको किन नदेखेको? अब यी ४०० लाई देश भित्रै पढ्ने वातावरण बनाउने जिम्मा कसको त?

४. विदेश पढ्न गएकाले यहाँ सिट नपाएका हुन् त?

- होइनन्। हामीसङ्ग झन्डै १५०० भन्दा धेरै सिट छ। धेरै कलेजमा अधिकांश विदेशीले पढ्छन्। कारण निजी कलेजले लिने महङ्गो फी र किस्ताको सुविधा नहुँदा अधिकांश बाहिरिन परेको हो। निजी कलेजका रोजाइमा नेपाली विद्यार्थी नपर्नुको कारण चाहिँ विदेशीले तिर्ने फी अझै ज्यादा छ। यसो हुँदा नेपाली विद्यार्थी बाट फाइदा नभएको हिसाबले उनीहरु रोजाइमा पर्दैनन्।

५. डा केसीले गर्दा फी महङ्गो भएको हो त?

- होइन। गुणस्तर कायम गर्न अर्को उनको माग थियो कलेजको सिट घटाउने; १५० सिट्लाई ११० मा झारियो। गुणस्तर चिकित्सक उत्पादनको लागि यसले पनि ठूलो भूमिका खेल्दैछ, यस्को नतिजा रातारात आउँदैन। उनले कलेजका फी उपत्यका भित्र र बाहिर निश्चित तोक्देका छन्; जुन पैले भन्दा तुलनात्मक सस्तो छ। यसअघि ५० लाख भन्दा ज्यादा तिर्नेहरु को धेरै छन्। डा केसीको अनशन पश्चात् धेरै निजी कलेजले उठाएको अचाक्ली फी हरु फिर्ता गर्ने कुरोले आन्दोलन पनि भएका छन्।

६. छात्रवृत्तिको सिट घटेकोले जेहेन्दारले पढ्न पाउँदैन?

- होइन। सबै मेडिकल कलेजका सिट घटेपछि त्यसले निजीलाइ पनि अप्ठेरो नपारोस् भनेर छात्रवृत्तिको सिट पनि केही घटे। यसले हामी जस्ता धेरै विद्यार्थी मारमा परे। तर यो यतिमा रोकिएन। अनि निरन्तर हाम्रा दाइहरुको लबिङ पछि सरकारीमा पूर्ण सबै सिट छात्रवृत्ति गराउन लगिरहे, त्यतिबाट ऐले ७०% सिट चाहिँ छात्रवृत्तिमा गराए। यसलाई यसरी हेर्नुपर्छ। डा केसीले समभावले हेरे भन्ने बुझ्नुपर्छ। गरिब र जेहेन्दारले पनि पढ्न पाउनुपर्छ भन्ने सपना डा केसीको हो। पैसा कमाउन पढ्ने विषय होइन डाक्टरी!

७. सबैको पहुँचमा स्वास्थ्य डा केसीको माग हो त?

-हो। आज कतिवटा गाउँका सवास्थ्य चौकीमा डाक्टर छन्? सबैभन्दा नजिककै हाल पनि हेर्न सकिन्छ। सबै जनताले सुलभ रूपमा स्वास्थ्य सुविधा पाउनुपर्छ भनेर लागेका मान्छे हुन् डा केसी। ७७ जिल्लाका कुनाकाप्चा पुगेका डा केसीले नेपाली स्वास्थ्य क्षेत्रको दुरावास्था राम्रोसँग देखेका छ्न्। जति हाम्रा तथाकथितहरुले देखेर मौन छन्, डा केसी निरन्तर पैरवीमा छन्, लडिरहेछन्। बिरामी हुँदा औषधि नपाएर छट्पटीएर मान्छे नमरुन्, आफ्नै ठाउँमा राम्रो स्वास्थ्य सुविधा पाउन् भनेर लड्नेलाई हामीले किन नबुझेको?

८. के डा केसी परिचालित हुन् त?

होइन। १९ औँ अनशन सम्म आइपुग्दा र दशकौं पुग्न लागेको अनशनले यसको जवाफ दिएको छैन र? स्वयम् म पनि राजनीतिमा इच्छा राख्ने हुँदा केही प्रकरणमा डा केसी परिचालित लाग्थ्यो। हो उनीलाई 'प्रयोग' गरिएको हो; आआफ्ना स्वार्थका लागी उनीलाई प्रयोग गरियो। पछिल्लो भेटमा मैले वहाँलाई भनेको छु, "पछिल्लो दशक कोहि यति नैतिकवान् भएर उभिएको छ भने त्यो तपाईं हुनुहुन्छ डाक्साब, खुट्टा नकमाउनुस्, हामी छौँ।' यति भन्दा वहाँ गर्विलो मुद्रामा हुनुहुन्थ्यो ! कम्युनिस्टले काङ्रेसी भने तर वहाँ सच्चा प्रजातान्त्रिक हुनुहुन्छ र असली कम्युनिस्ट पनि ! गगन थापाको चुनावी यात्रामा भिडियो सन्देशमा वहाँले त्यस्तो गगन थापालाइ नै भोट हाल्नु कतै भनेका छैनन्। तर चुन्डमुण्डले राजनीति बनाइदिए।


No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...