Thursday, January 28, 2021

कृष्ण

कृष्ण एक; रूप अनेक !

आज पनि हाम्रा धर्मका मानिसहरु विभिन्न मत र पन्थमा बाँडिएका छन्। यसको आफ्नै महत्व पनि होलान्। तर पनि समाजमा कृष्णले दिएको पाठ भन्दा उनीबारे चल्ने किस्सा र प्रसङ्गबारे ज्यादा चर्चा हुन्छ। हामीले त गीताले सिकाएका पाठलाई मनन गर्ने, अभ्यास गर्ने हो, कर्म गर्ने हो?

कृष्णजीको प्रेमलिला बारे खासै बहस नगरौं होला। आन्तोन चेखबको जस्तै हुन्छ मान्छेको प्रेमकथा। कुनै एक निश्चित पात्रसंग मात्रै प्रेम पर्छ भन्नू सहि होइन, भेटिएका धेरैसँग मन गाँसिन्छ र टुट्छ। मेरो भाष्यमा प्रेम भनेको वासना मात्रै होइन, त्यसैले आज पनि कृष्णले गरेको प्रेम पवित्र भनिन्छ।

कृष्ण हाम्रै समाजका पात्र हुन्। उनले अर्जुनलाई दिएको ज्ञान हर मानिसले अनुसरण गर्न योग्य छ। कुरुक्षेत्रमा भएको युद्ध बारे आआफ्नै मत र विश्लेषण गरिन्छ। उनी असली पथप्रद्रशक पनि हुन्। उनीसँग गोपिनीसँग जोडिएको कथा पनि छन्। एउटा सिक्काको दुई साइड हुन्छ भनेजस्तै देखिन्छ उनको चरित्र !

कृष्णले १६०००नै गोपिनीसँग प्रेम गाँसे पनि, अन्तिममा त्यै एउटी रूक्मिणीको सहारा चाहियो! रूक्मिणीको चर्चा ज्यादा नगरिएला तर अचेलका केटाहरुले फोनमा राखेको प्रियसीका जस्तै बडाबडा तस्बिर रूक्मिणीका नहोलान् तर मनपराउने हजार हुन्छन् जुनी काट्ने एउटै हुन्छ भनेजस्तै कृष्णको रूक्मिणी थिइन्। (रुक्मिणी बारे मत बाँडिन्छ। कृष्णले रुक्मिणीकै प्रस्तावमा 'राक्षस विधि' बाट विवाह गरियो भनिन्छ।

र कृष्णजीले जस्तो Flirt गर्ने केटाहरुलाई सम्झने ती मित्रहरूलाई सम्झना; ज्ञात् रहोस् राधा बिना कृष्ण अधुरो हुन्छन्। कृष्ण र राधा निरपेक्ष होइनन्, कृष्ण बिना राधाहरु र राधाहरु बिना कृष्ण अधुरो हुन्छन्!

देवकोटा अन्तिम भन्छन्;

'रहेछ संसार निशा समान
आएन ज्युँदै रहँदा नि ज्ञान
आखिर रहेछ श्रीकृष्ण एक
न भक्ती भो ज्ञान न भो विवेक!'


No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...