Friday, January 29, 2021

मानिसहरू

मानिसहरु अभावमा पनि कुन संघर्षले बाँच्दा हुन्, त्यो सबैले बुझ्ने प्रश्न होइन। आँखै अगाडि तेर्सिने यी प्रश्न त छँदैछन्। बा नहुँदा आमाले सम्हाल्न पर्ने घरहरुको भित्तो कति मलिन हुँदो हो, कति टुहुरा हुँदा हुन् ती केटाकेटी? यस्तै दृश्यलाई आफ्नै सामु देखेँ मैले। केटाकेटी पढाउँछु भन्दा घरको आर्थिक अवस्थाले नभ्याएको दृष्टान्त उदाहरणहरु प्रशस्तै। एउटा मध्यम वर्गीय परिवार जो हामी छौँ, ले गर्ने संघर्षका कथा आफ्नै छन् अनि यी अभाव भएकाहरुको हाल कस्तो होला? अनि यहाँ गरिबीका चर्को कुरा गर्छन् तथाकथितहरु? बितेका वर्षहरुमा यिनले कुनचाहीँ माखो मारेछन्। चीनका सि चिनफिङ्गबाट यत्ति सिकुन्। अभाव भएकाहरुको बस्ती बस्तीमा पुगेर तिन्का अभावलाई सोध, अनि तिमी बल्ल सि जस्तै नेता बन्न सक्छौ। सि यस्तै नेता हुन् जस्को पैलो प्रश्न अभावसँग जोडिन्छ। सि ले गरिबका बस्तीहरुमा पुगेर सोधेको प्रश्न, ती अभावमा जेलिएकाहरुलाई माथी उठाउन उन्ले देखाएको दृढता, ओहो! आज यस्तै मेरो घरमा आइपुगेकी एक दिदीलाई देख्छु। मैले ती दिदीलाई भात पस्केर लग्दा उनको अनुहारमा मैले देखेको मलिनता, निराशा प्रष्ट पढ्न सक्थेँ। मन मस्तिष्कमा आँधी चलेका हुँदा हुन्। मैले सकेको गर्छु भनेर वचन दिन्छु। तर ती दिदी जस्तै अभाव नै जिन्दगी भएकाहरु कति हुँदा हुन्। पुँजीपतिहरुको दिन छ, समाजवाद त कुरो चरोको नाम होला! दिनको २ छाक खान धौधौ पर्नेहरु कति होलान्? तथाकथितहरु गरिबीको नाममा भ्रस्टाचार गर्न भ्याउँछन्, यस्तै यस्तै बग्रेल्तीमा झोँक चल्छ...यस्तै यस्तै...र म सम्झन्छु डा सन्दुक रूइतको एउटा भनाई, 'संसारमा अभाव भएकाहरु धेरै छन्, तिमी ती अभावहरुको लागि काम गर्ने मानिस बन...' खोइ मानिसको बिन्दू कहाँ हो तर यो प्रयास जीवनमा हुनुपर्छ। शुभ समय!


No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...