विरलै भेटिन्छन् यस्ता मानिसहरु जो सबैको भलो चिताउँछन्, भलो चाहन्छन्, भलो गर्छन्। मेरो जीवनको पैलो पदयात्रा गर्दा संयोगले भेट्न पाएको एउटा यस्तै पात्र, कोरियन आमा। घरैमा पनि सबैले आमोई भनी सम्बोधन गरेँ। काठमाडौमा भेटेपछी भेटले ६ वर्ष नागिसको ऐलेसम्म छोराको घर गाको छैन, यो बिदामा जाउँ है, बरु मिलारेपाको गुफा दर्शन गर्न संगै जाऔँला भनेको थिएँ। उहाँले समय भएको खण्डमा पक्का आउँछु भन्नुभयो। मिलारेपा आउनु भनिन्, तर मेरो अन्लाइन पढाइ सुरु भएकोले मिलारेपा दर्शन गर्न जाने अवसर पाइन। अनि उहाँले मिलारेपाबाट एकजना शेर्पा दाइले भनेर मलाई कल गर्न लगाउनुभयो। ' तपाईंलाई छोरा भन्नुहुने कोरियन आज यतै बस्नुहुन्छ। भोलि आउनुहुन्छ, कता झर्नुपर्छ।' भन्नुभयो। मैले यहाँ झर्ने भनी रातोपुलको ठेगाना दिएँ। एकछिन पछि कोरियन आमाको फोन आउँछ। ब्रोकन इङ्लिसमा यतै आउने कुरो गर्नुभयो। अनि म लिन गएँ रातोपुल। अनुहारमा हाँसो, उत्साह देखेर खुशी लाग्यो। अनि हामी सँगै घर आयौँ। बाटाभरी भेटेका मानिसलाई नमस्कार गर्नुभयो। मनमा करूणा, दया, श्रद्धा भएकाहरु फलेको वृक्षझैं झुक्छन्। उनले दिएको श्रद्धाभावले धेरै प्रभावित भए। अनि घरमा मम्मीलाई भेट्दा झन् खुशी हुनुभयो। २ दिन वहाँ बस्दा घर नै उज्यालो भयो। मैले त्यो अनुहारमा रिस, निराशा देखिन। नत्र यो ५६ वर्षमा पनि यस्तो उर्जाशील जीवन कसरी बाँच्नु? म पूर्वजन्ममा नेपाली थिएँ भन्दै हरवर्ष नेपाल आउनुहुन्छ। म वहाँको नेपाली छोरो भनी चिनाउनुहुन्छ। ६ वर्ष अगाडि थोरै अङ्ग्रेजी मात्रै बोल्दा हामीले आफ्नो हिसाबले, संयोगले उहाँको गन्तब्यमा पुर्याउन सफल भयौँ। विशेषगरी भैंसीको दुध सार्है मनपराउनुभयो। हामीले घिउ चखायौं। अनि नेपालीहरु नौनीलाई घिउ बनाएर राख्छन् भन्दा दङ्ग पर्नुभयो। फाँटबाट डाँडासम्म जाँदा उहाँले धेरै वनस्पतिहरुलाई याद गर्नुभयो, कति त औसधि रैछन्, जुन हामीले के पत्तो होओस्। उहाँको सरलता, हाँसमुख, नम्रतामा को पग्लिएन होला र? खैर, मेरो घरसम्म उहाँले पाइला राख्दिएर जीवनमा खुशीको एउटा बलियो सिंढी हाल्न पाएको अनुभूति गरेँ। बिहान जानुअघि माछापोखरी, घर सबैको राम्रो होओस् भनी वहाँले मन्त्र पढ्नुभयो। सबैको राम्रो होओस् भन्ने राम्रो मनको फेरि पनि प्रतीक्षा गरियो। बिहान भाइसँगै काठमाडौ फर्कदा नरमाइलो लाग्यो, तर पनि मिलन भनेको मिलन मात्रै होइन विछोड्को उद्गम पनि रैछ। मलाई किरण भनेर माया गर्ने, साथ दिने, मेरो लेखलाई अनुवाद गरि पढ्ने त्यो प्रिय् मन, कोरियन आमा प्रति हामी सधैं आभारी छौँ।
Subscribe to:
Post Comments (Atom)
ने, कर्म र यात्रा
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...

-
`ढाका टोपी दिवस´ किन प्रायोजित? राष्ट्रियता पोसाकमा होइन मन र मस्तिष्कमा हुन्छ। एउटै पहिचानमा जातिय विविधताले ठाउं पाउन सक्दैन। सबै ...
-
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...
-
प्रत्येक दिन, प्रत्येक क्षण गतिशील देखिने पहाड र बादलको लुकामारी हेरेर थाकिन्न ! आखिर नौलो दृश्य खास केही होइन- त्यै एकनास उभिएको पहाड, त्यै...
No comments:
Post a Comment