Friday, January 29, 2021

लिउ सान् चिए

'लिऊ' हरुलाई सुन्दा

केइ दिन अघि म फेसबुकमा चिनियाँ गीत हाल्छु। मेरा एक प्रिय् मित्रलाई पनि मनपरेछ। फेरि मेरो रोजाईमा निक्कै पुरानो गीत परेको थियो। चिनियाँ सिक्दा ताका म गीतहरु खोज्दै सुन्थेँ। अनि पुराना गीत खोज्ने क्रममा मलाई पैलो मन लिऊ सान् चिएले चोरिन्। एकपटक चिनियाँ भाषाको कक्षामा वाक्य बनाउँदा 'वो चुई सिह्वान् लिऊ सान् चिए छाङ्ग द क्- मलाई लिऊ सान् चिएले गाएको गीत एकदम मनपर्छ' भनि लेख्दा चिनियाँ भाषा कै शिक्षिका दङ्ग परेकी थिइन्। हुन पनि ऐलेका पुस्ताले सुन्न छाडेको गीत म जस्ता विदेशीले ती गायिकाको गीत सुनेको छ भन्दा उनीहरु दङ्ग पर्नु नौलो नै होइन। अझै चिनियाँको घरमा पाहुना भएर जाँदा उनीहरुले कसरी सुनेउ यस्तो गीत भने। लिऊ सान् चिए चीनमा क्रान्तिकारी गायिका रैछिन्। गरिब, निमुखाको आवाज गीतमा बोलेकी छिन्। प्रेमका गीत पनि उस्तै गज्जपका छन्। मलाइ प्रिय् लाग्ने उनको गीत:
‘हामी १०० वर्षसम्म सँगै बाँच्ने बाचा गरौँ
जो ९७ वर्षको उमेरमा मर्छ,
उसले स्वर्गद्वारमा ३ वर्ष कुर्नुपर्ने हुन्छ।’
अनि यस्तै गायिका छिन् लिऊ कु ई। संयोगले जुर्यो यस्ता युग बाँचेका गायिकाहरुको गीत। स्वदेश गानहरु यिनको स्वरले सजिएका छन्। मैले केइ दिन अघि स्टोरीमा हालेको गीत यिनकै थियो। 'काओ काओ त छियान् मन्- अग्लो अग्लो अगाडिको ढोका' लगायतका गीत मनछुने खालका छन्। विशेषत: शब्द, संगीत र स्वर यी तिनै कुरोको समिश्रणमा गीतहरु जादुमयी छन्। शब्दको भाषा हुन्छ, संगीतको हुँदैन भन्छन्। यो चाहिँ यो बुझ्नेहरुलाई नै छाडिदिएँ।


No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...