Thursday, January 28, 2021

निर्वाहमुखी

निर्वाहमुखी किन सहि?

निर्वाहमुखि खेतीपाती एउटा यस्तो प्राचीन तरिका हो जसले हजारौं वर्ष देखि नेपाल जस्ता देशको अस्तित्वलाई स्विकारेको छ। विशेषत यो सानो कुरो मैले पहाडी इलाका तिर केन्द्रित भएर गर्दैछु। आज हामी विश्वमा खाली उत्पादन बढाउने मात्रै कुरो गर्छौँ, मलाई लाग्छ यस्को सिधा कुरो पुँजीवादसँग जोडिन्छ। उत्पादन बढाउन त्यै अनुसारको बिउ-बिजन चाइयो, तिनै कम्पनीका रसायनहरु चाहियो अनि वर्षौं वर्ष पछि माटोले पनि आफूलाई परिवर्तन गर्छन्, रैथाने नामेट हुन्छ र यसले न निर्वाह हुन दिन्छ न यो जताततै सुनिने एउटा खोक्रो नारा उत्पादन बढाउने कुरोले नै मुर्तरुप लिन्छ। भुइँचालो, नाकाबन्दी र कोरोना का विकारल दृश्य हेरेपछि नेपाल जस्तो देशका मान्छेलाई सुखी, समृद्ध देख्ने हो भने निर्वाहमुखी खेतीकमाइलाई नै सुधारेर जाने हो। स्थानिय हावापानी सुहाउँदो खेतिपाती, खेतबारी बाँझो नराख्ने नीति, रैथाने बिउबिजनमा जोड, गर्ने मात्रै हो भने छिमेकीहरुको अत्याचार भोग्नुपर्दैन न त नाकाबन्दीको कहरले छोला न कुनै प्राकृतिक विपत्ति हामीलाई कक्रक बनाईहाल्ला! सोच्ने कि? कृषि क्रान्तिको नाममा यहाँ उत्पादन बढाउने-बढाउने भनेर ढोल मात्रै पिट्ने को लर्को छ, यसका विविध पक्षलाई अध्ययन कस्ले गर्ने? उत्पादन बढाउने नाममा निर्वाहमुखि खेतिपातिलाई गलत भनिहाल्न पर्छ र? त्यै निर्वाहमुखीले हाम्रा मानिसहरुले आज सम्म जिविकोपार्जन गरेको होइनन् र? भारतजस्ता छिमेकीहरुको पञ्जाबाट परनिर्भरता भन्दा माथी उक्लिन पनि निर्वाहमुखिलाई परिष्कृत र सुधारसहित अघि बढ्नुको विकल्प छैन।


No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...