Thursday, January 28, 2021

शङ्ख र सहनाई

शङ्ख र सहनाईमा विभाजन रेखा?

आज सम्म यत्ति बुझेँ, चाहे शंङ्ख फुकुन् वा सहनाई- दुबै मान्छेले फुकेर बजाए, तर समाजले विभाजनको एउटा रेखा कोरिदिएको छ! शंङ्ख फुक्ने ठूलो हुन्छ, सहनाई फुक्ने सानो! कुकुर र बिरालोले जत्ति पनि इज्जत नपाएका, मान्छे बस्ने समाजको म। तर यति हुँदाहुँदै पनि मेरो घरमा चाहिँ हर जातिका मान्छे, मान्छे हुन्छन्। समाजले भिराइदिएको तक्माहरु मेरा घरमा रहँदैनन्। न मेरा परिवारले कैले तल्लो जात भने, न हामी भन्छौं! बोलिमा मात्रै होइन हामी व्यवहार पनि प्रष्ट छौँ। मेरो भान्साको चुल्होमा हर जातिले पकाएको खान पाक्छ। समाजले स्थापित गरेको सबै 'सत्य'  हामीलाई मान्य नहुन पनि सक्छ, नाजायज 'सत्य' वकालत गरिएन! मान्छेले मान्छे भएर बाँच्न पाउँदैन वा समाजमा बस्ने अर्को मान्छे उसलाई मान्छे मान्दैन भने त्यो नमान्ने मान्छे होइन!


No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...