कुनै पनि कुराको जन्म किन भएको छ भन्ने कुरो पैले बुझ्ने हो कि? अमेरिकामा आतंककारी हमला पछि जन्माइएको MCC गरिब राष्ट्रहरुमा प्रभुत्व कायम गर्न खोलिएको कुरो कतै लुकेको छैन! MCC को एउटा बुँदाले के प्रष्ट पार्छ भने त्यो आवश्यक परेको खण्डमा नेपालको संविधान भन्दा माथी रहनसक्छ? हामीलाई यस्तो सहयोग किन चाहियो जसको सहयोगले भोलि टोक्नु न बोक्नुको हुनसक्छ? अझै नेपालमा चुहिने पुँजी मात्रै रोक्न सक्ने हो र त्यो पुँजीलाई आवश्यक ठाउँमा प्रयोग गर्न सक्ने हो भने हामी गरिबीमा पिस्लिरहनुपर्दैन, न त कुनै विदेशी सहयोग थाप्न पसारो नै परिरहन पर्छ। यत्ति बुझ्नुस् यो चीन घेर्ने नीति हो, हङ्कङ्, ताइवान र तिब्बत उचाल्न अमेरिका नेपाल पस्नैपर्छ्म अनेकन् अमेरिकि नीति फेल खाएपछी आएको अर्को वितण्डकारी योजना हो। अमेरिका नेपाल पसेको ७० वर्ष भैसको, यहाँका जनता समृद्धि अमेरिकाले गर्दिने हो र? र छिमेकीहरु चिढ्याएर हामी कहिँ पुग्दैनौँ। म चाहिँ एकदम विपक्षमा छु, एकदम! MCC जसरी नि घुसाउनु छ अमेरिकालाई! यदी मैले गलत बुझेको हुँ भने कृपया यसबारे अझै व्यापक अध्ययन गरेकाहरुले मलाई बुझाइदिनुहोला, म आभारी हुनेछु! तर देशघाती मुद्दा माथी समर्थन हुनेछैन।
#NationFirst
Thursday, January 28, 2021
MCC
Subscribe to:
Post Comments (Atom)
ने, कर्म र यात्रा
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...

-
`ढाका टोपी दिवस´ किन प्रायोजित? राष्ट्रियता पोसाकमा होइन मन र मस्तिष्कमा हुन्छ। एउटै पहिचानमा जातिय विविधताले ठाउं पाउन सक्दैन। सबै ...
-
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...
-
प्रत्येक दिन, प्रत्येक क्षण गतिशील देखिने पहाड र बादलको लुकामारी हेरेर थाकिन्न ! आखिर नौलो दृश्य खास केही होइन- त्यै एकनास उभिएको पहाड, त्यै...
No comments:
Post a Comment