दशैँका हराएको दक्षिणा !
दशैँ भन्ने बित्तिकै टीका र जमरामा मात्रै सिमित छैन कि भन्ने एकामनले सोच्छु। दशैँका प्रसङ्गहरुमा याद र सम्झनाका भकारी नबटुलेका मानिसहरु सायदै भेटिएलान्; सबैले आफ्नै किसिमका अनुभूति बटुलेका हुन्छन्, धेरथोर, तितामीठा आफ्नै ठाउँमा हुन्छन्। र ती मध्ये पनि सम्झनाका भकारी बालापनका दशैंहरूमा भरिँदै जाँदा रैछन्। दशैँको घाम, नयाँ लुगा, स्कूललाई बुझाउन पर्ने दशैँ हम्वर्क, गाउँ जाने कुरो, कोट पूजाले दशैं विशेष हुने गर्छन्। युवास्थाका बाटो उकालिँदै गए पछि उस्तै रौनक जीवनका अरु परिवेशका सेरोफेरोमा नबस्ने रहेछन् हुन त जीवनको पनि त आफ्नै गति र लय छ, सधैं एकनास हुँदो हो त जीवन पनि के जीवन हुन्थ्यो र? तर धेरै हदसम्म मान्छे सम्झनाकै वरिपरि बाँचिरहँदा रहेछन्। दशैँका अरु दिन जस्तै मलाई प्रायः याद आउने दिनहरु मध्ये चाहिँ टीका लगाउने दिन लाग्छ। केटकेटी बाट अलिक बुझ्ने अवस्था भैसकेपछी टीका लगाउँदा आउने दक्षिणाको ज्यादा मोह हुन्थ्यो, कुनै घर बाँकी बस्थेनन् र आशिष लिनुपर्छ भनेर हिँडिन्थ्यो। टीका लगाउन माइली फुपू देखि साइँली फुपु हुँदै बुढोमावलसम्म पुगिन्थ्यो। चिनेका जति सबै घर भ्याउने उद्देश्य हुन्थ्यो। दक्षिणा जति आउँथ्यो धेरथोर त्यसमा गुनासो कैले रहेन, समुदायमा एउटै खाले मानिस छैनन् भन्ने चित्र त्यो बेला पनि देखेकै हो। यस्तै क्रमहरु निरन्तर चलिरहे। र केही बुझ्न थालेपछि ठूलाबडाको हातबाट आशीर्वाद मात्रै लिने, दक्षिणा नलिने भनेर टीका लगाउन गैन्थ्यो र त्यस उप्रान्त मावलबाट बाहेक अन्त कतै दक्षिणा लिइएन ! दशैँभर विभिन्न घर पुगेर गएर 'कमाएको' दक्षिणा कता पुग्थे होला त? प्राय हाम्रा समकालीन साथीहरुले दशैँको पैसाले यो किने र त्यो किने भन्थे।हामी सुन्थ्यौँ मात्रै। दशैँ सकेर काठमाडौ फर्केपछि पैसा मम्मीलाई दिन्थ्यौँ; राख्नका लागि भनेर होइन कि वहाँहरुले 'चलाएर' पैसा भएपछि फिर्ता पाउने आसैले ! समय पनि त्यस्तै थियो। द्वन्द्वकालका धङधङीका छर्राहरु बाँकी नै त थिए। बाको जागिरले खानबस्न ठिक्क नै हुन्थ्यो। काठमाडौंमा त्यो 'दु:ख' देख्तादेख्तै पनि यिनीहरुसङ्ग ब्याङ्कमा पैसा छ रे भन्ने हल्ला गाइँगुइँ हाम्ले पनि सुन्थ्यौँ तर त्यो जिन्दगी बाँच्नेले पो भोग्छ, बाँकी रमिते भनेर भन्दिन्छन् र रमिते बनेरै त सुन्दिन्छन्। ब्याङ्कमा खाता थिएन ब्याङ्क ब्यालेन्स त परको कुरो। दशैँका पैसाहरुको थोरै अंशले मन परेका पुस्तक किन्थेँ; यो भन्दा बाँकी दशैँका दक्षिणाले घर चल्ने रैछ भनेर धेरै पछि ज्ञात् हुनथाल्यो। हुन त छोराछोरीले पाएको पैसा बाआमालाई चलाइदिने रहर कुन बाआमालाई हुन्थ्यो होला र? तर जीवन बाँच्ने परिबन्दले बाध्यता बनाउने रैछ। तत् समयका केही क्षणहरू खल्लो लागेपनि वर्तमानको आँखीझ्यालबाट त्यो सम्झना सम्झँदा नै मीठो लाग्दा रहेछन् ! हर मिठा तत्क्षणहरु मात्रै मीठा हुनुपर्छ भन्ने पनि त हुन्न रैछ; केही तत्क्षणका खल्ला र तीता सम्झनाहरु पनि वर्तमानमा टेकेर हेर्दा मीठो लाग्दा रैछन्। र तिनै सम्झनाहरुले जीवनमा रङ्गिन छाप छाडेर बसेका हुँदा रहेछन्; आगतमा टेकेर अतीत चियाउँदा !
Thursday, January 28, 2021
दशैँका हराएको दक्षिणा !
Subscribe to:
Post Comments (Atom)
ने, कर्म र यात्रा
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...

-
`ढाका टोपी दिवस´ किन प्रायोजित? राष्ट्रियता पोसाकमा होइन मन र मस्तिष्कमा हुन्छ। एउटै पहिचानमा जातिय विविधताले ठाउं पाउन सक्दैन। सबै ...
-
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...
-
प्रत्येक दिन, प्रत्येक क्षण गतिशील देखिने पहाड र बादलको लुकामारी हेरेर थाकिन्न ! आखिर नौलो दृश्य खास केही होइन- त्यै एकनास उभिएको पहाड, त्यै...
No comments:
Post a Comment