Friday, January 29, 2021

मेलम्चीघ्याङका सर

पूर्ण सरले पढाएको विद्यार्थी त म होइन तर एउटा विद्यार्थी हुनुको नाता शिक्षकले पढाएको मान्यमा मात्रै हुँदैन भन्ने बुझ्छु। जीवन के कसरी बित्दैछ भन्ने प्रश्नमा जिन्दगी नै विद्यार्थी भैसको भन्ने वहाँको उत्तर मननयोग्य थियो नै। जहाँ पनि शिक्षा र विद्यार्थी कै बारेमा सोचिरहन्छु भन्नुभयो।  उहाँसँग ३ वर्ष पैले मेलम्चीघ्याङ्ग यात्रा गर्दा भेटेको। उहाँसँग त्यति नै बेला मेरो व्यक्तिगत चिन्जान भएको थियो। मैले ट्राउट माछा बोकेर गएको थिएँ, अनि हामीले मेलम्चीघ्याङ्ग स्कुलकै छात्रवासको भान्सामा पकाएर खाएका थियौँ। मेरो बालापनको साथी एसएलसी सकेकोले चारित्रीक प्रमाणपत्र लिने उद्देश्यले त्यो समय त्यहाँसम्मको यात्रा जुराएका थियौँ। अनि बिहान हामीले ७/८ कक्षाका विद्यार्थीलाई पढाएका पनि थियौँ। दोस्रोपटक एसएलसी दिने विद्यार्थीहरु चनौटे बस्दा मैले विज्ञान परीक्षा हुनुअगाडी सारमा पढाएको थिएँ। उनीहरूको सम्झनामा केकती छ त्यो आफ्नै ठाउँमा। आज उहाँसँग अर्को भेट भयो। जता गए पनि मैले चिनेका व्यक्तिहरुसँग संवाद नहुने कुरो त छँदैछैन। हामी ३०/३५ मिनेट विभिन्न विषयमा रहेर कुराकानी गर्‍यौं, मूलतः पढाइ, राजनीति र विश्वपरिवेशमा चीनले खेल्दै गरेको भूमिका बारे। वहाँले पनि आफ्नो रोचक विश्लेषण राख्नुभयो। विद्यार्थीहरुले भोग्ने गरेका आर्थिक समस्याबारे थोरै टेकेर गर्न सकिने सहयोग आदनप्रदान गर्ने कुरोमा पनि कुरो भयो। मेलम्ची बजारमा जाडोको घाम ताप्दै विचार मन्थन विशेष नहुने त कुरै छैन। कैले कैले आफूले चाहेका विद्यार्थीलाई सहयोग गर्न नसकेकोमा चाहिँ उहाँलाई गुनासो रैछ। तैपनि उहाँले मेलम्चीघ्याङ्ग मार्फत शिक्षालाई माध्यमिक तहको शिक्षाको उचाइलाई माथी उक्ल्याउन जुन मिहेनत गर्नुभएको छ, हामीले त्यसबाट प्रेरणा लिन सक्नुपर्छ। छोटो र मिठो भेटको लागि धन्यवाद अनि शेर्माथाङका ती क्यामेरामेन दाईलाई नि धन्यवाद।


No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...