लामा कपाल , गोरो छाला , हसिलो चेहेरा , पावरवाला लेन्स लगाएको एक (अ)परिचित चश्मिस मान्छेले अनायसै फेसबुकको मेसेजमा सोध्छ " हेल्लो! नमस्ते तपाईं नेपाली नै पो हो ? तपाईको फागु पूर्णीमा तिर रङ खेल्दाको तस्वीरले मलाइ विशेष आकर्षण गर्यो :) लौ न परिचय गरौ।" फोटो तत्काल हेरे । नियालेर आफैलाई हेरें , प्रथम पटक त्यति मिहीन ढङ्गले। अविर सरीको चेहेरा , जट्टे कपाल सहितको नकाप 😂 आफ्नो हुलिया देखेर आफैले आफैलाई चिनिन:) झन् एक अन्जान मान्छेले फोटो हेरेर विदेशी किन नभनुन्? खितितिति हासें। हाम्रो पहिलो संवाद म यसरी सम्झन्छु। स्मृतिमा पहिलो बसाईको धुमिल सम्झनाका केही धुलाम्मे च्याटका अवशेस म टक्टक्याउदै सम्झन्छु।
"दाइ फोन नं पाऊँ न " उताबाट फेरि मेसेज आईपुग्छ।
रेडियो मात्र बज्ने मेरो मोबाईलमा कोही कसैले फोन नै गर्न मन गर्छ भने म किन विनासित्ति भाउ खोजूँ ? मोवाईलमा रेडियो मात्र होईन फोनको घण्टी पनि बज्ने भो। मोबाईल नि गति पर्ने भो। म यसै दङ्ग। सररर नं लेखेर पठाइ दिन्छु। एकछिनमा फोन आउँछ :) दुइ छिन कुराकानी हुन्छ। " दाइ विराटनगर ढिलो/छिटो आउछु। भेटघाट गर्नु पर्छ सम्पर्कमा रहिरहनुस् है । " फोन काटिन्छ।
ठीक दुइ बर्ष पछि मेसेज आउँछ " दाइ म पूर्व आउँदैछु। समय मिलाउनुस् है । भेटघाट हुनपर्छ। " म हुन्छ भनेर जवाफ लेखि पठाउछु।
आज उहि लामा कपाल , गोरो छाला , हसिलो चेहेरा , पावरवाला लेन्स लगाएको एक (अ)परिचित चश्मिस तर जवान मान्छे ईटहरी चोकमा आम्ने साम्ने हुन्छ। न सँगैको जन्म , न बाल्यकालको साथी, न स्कुल/ कलेजको पार्टनर। फरक ठाउँ , फरक भूगोलको हामी दुईलाई एउटा जादुगरी शक्तिले नजिक ल्याएर भेट गराईदिने संयोग जुरायो। तिमी सँग चान चुन २ घण्टा विताएँ। मलाई लाग्थ्यो ती घडीका सुई तत्काल रोकिउन्। समय यथास्थानमा टक्क रोकियोस्। खाई रहेको चियाको कप कहिले नरितियोस्। संवाद बस् चलिरहोस् यसरी मानौ त्यहा दुई बाहेक अरू कोही छैनन्। जिन्दगी, संघर्ष, पूजीवाद, माक्सवाद, जागिर, पैसा , प्रेम, दर्शन, सिद्धान्त , शास्त्र, सपना र देशको बारे धाराप्रवाह बोलिरहूँ... फलाकिरहूँ केही थान साईको फ्रस्टेटेड , ननसेन्स बातचित... खोलिरहूँ ईयरफोन जसरी गुजुल्टिएका जिन्दगीका तमाम समस्याहरू....
आज उहि दीप किरणको जन्मदिन :) जन्मदिनको बहुत बहुत शुभकामना 😍
मेरो नानाथरीको बकबक, बेलाबेलाको psycho fraustated ल्याङ्ग ल्याङलाई धीरता पूर्वक सुन्न सक्ने क्षमता भगवानले अबका दिनमा यसैगरी सधैं दिराखुन् । जिन्दगी यसै गरि फुलोस् फलोस् मगमगाओस् । तिम्रो जोस, जागर र हिम्मत कहिले नओईलाओस्, नलत्रियोस्। यु आर शानदार , जबरजस्त अनि जिन्दावाद !! तिम्रो सुन्दर चेहेराका त्यो हासो मनमोहक देखिन्छ। जस्तै अभाव, दवाब र तनाबमा नि मुस्कुराउन चै नछाड्नु है।
जिन्दगीमा सफलताले , फुर्सदलाई ब्यस्तताले अनि ज्यानलाई स्वास्थले सधै पछ्याई रहोस्। लक्ष्मीले बास गरून् , तरूनीले आस गरून् ;)
जिन्दगीका लहरामा सपनाका रङ्गीचङ्गी फूल बाह्रैमास फुलिरहुन्। रहरका चिचिला लटरम्मै फलुन्। खुसीहरू मेरो ब्लड प्रेसर जसरी बढेर जाओस् । उन्नति प्रगति ब्याक्टेरिया जसरी मल्टिप्लाई हुन्।
पोल्टा र सप्कोमा समेत नअटाउने यो माया, सद्भाव, प्रेम र भ्रातृत्वको म सधै ऋणी हुनेछु। तिम्रा हौसलाका हरेक अक्षर , प्रोत्साहनका प्रत्येक शब्दलाई हृदयको सन्दुक भित्र सधैं जतनसाथ राख्ने छु। तिमी सँग भेटेपछि संसार नै बर्षाद पछिको बादल जस्तै लाग्दैछ :) एकदम शान्त , सौम्य र मनमोहक :)
तिम्रो देशप्रतिको चिन्तन, राजनीति प्रतिको लगाव, साहित्य, दर्शन र लेखनमा रहेको त्यो विराट ज्ञानको म जवर्जस्त फ्यान हुँ। तिमीलाइ गुरु थापेर मैले जिन्दगीमा सिक्न अझ धेरै बाँकी छ। भौतिक रूपमा जति टाढा भए पनि म चहान्छु यो संवादको डोरी कहिले नटुटोस् :) अन्धकार जस्तै घन्घोर भए नि तिम्रो जोस, उर्जा नाम जस्तै सधै चम्किरहोस् दीप :) :)
मन छ, यसै गरि तिमीलाइ अबको ८० बर्ष सम्म जन्मदिनको मुबारक दिन पाईरहुँ । मस्त रहु ब्यस्त रहु! चिनी भन्दा गुलियो मान्छेलाई मह जत्तीकै मीठो शुभकामना ।
शुभकामनाका यी चिसा शब्द बाहेक दाइ सँग अरू दिने केही चिज छैन :) चित्त नदुखाएस् :)
माघको मध्यरात। यता शितलहर छ। अक्षरहरू भिजेका छन् :) तिमी बिहान उठुन्जेल शब्दहरू सेलाएर चिसा भैजालान् :) शुभकामनाका यी प्रत्येक हरफ तताएर पढ्नु। म यसै न्यानो महसुस गर्ने छु। ह्यापी बर्थ डे डाक्'साप 😎😎
Friday, January 29, 2021
समुन्द्र कार्की दाइको जन्मदिन शुभकामना
Subscribe to:
Post Comments (Atom)
ने, कर्म र यात्रा
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...

-
`ढाका टोपी दिवस´ किन प्रायोजित? राष्ट्रियता पोसाकमा होइन मन र मस्तिष्कमा हुन्छ। एउटै पहिचानमा जातिय विविधताले ठाउं पाउन सक्दैन। सबै ...
-
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...
-
प्रत्येक दिन, प्रत्येक क्षण गतिशील देखिने पहाड र बादलको लुकामारी हेरेर थाकिन्न ! आखिर नौलो दृश्य खास केही होइन- त्यै एकनास उभिएको पहाड, त्यै...
No comments:
Post a Comment