Friday, January 29, 2021

अँध्यारो हराएको रात

'अँध्यारो' हराएको रात !

अचेल अँध्यारो रातमा पनि 'अँध्यारो' छैन, फिक्का छ। ती रातहरु चकमन्न हुन्थेँ, नदी सुसाएको सुन्थेँ, झ्याँउकिरिको झ्याँउझ्याँउ सुनिन्थे। रात शीतल हुन्थ्यो। बतीहरु ऐलेजस्तै झिलिमिली पहाड नै उज्यालो देखिन खालका थिएनन्, तर ती अँध्यारा रात औधी सुन्दर हुन्थेँ। उज्यालोले मात्रै सुन्दर हुने कालो सुन्दर नहुने होइन, सुन्दरता सापेक्ष वस्तु होला। सुन्दरतालाइ पनि निरपेक्ष हेरे अझै रसिलो हुन्छ भन्ने बुझ्छु। अचेलको रातको आधा भाग 'उज्यालो'ले खोसेजस्तै भएछ। टाढा टाढा देखिने तारामण्डल उस्तै लोभ्याउने हुन्थे। आँगनमा आएर तारामण्डल चियाउन लाउनु आमा, काकीहरुको एउटा दैनिकी नै थियो। ती रातहरु बडा सुन्दर हुन्थेँ, औँशीको रात चुक अमिलो घोप्टीए जस्तै हुन्थ्यो। पूर्णिमाको रात उस्तै सुन्दर अनि शितल हुन्थ्यो। झ्यालबाट पारीका पहाडहरुका गाउँमा बलेका बत्तीहरु हेर्नुअघी म दुधको कुँडे आगोबाट निकालेसी देखिने राता राता झिप्प गर्दै निभ्ने अनि बल्ने बत्तिहरु हेर्थेँ। आहा क्या गज्जप्को दृश्य थियो हगी?


No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...