पहाडी प्रतिबिम्ब !
पहाडहरु के होलान् है जस्ले मलाई बारम्बार कौतहुल बनाइदिन्छन्? निराशाका काला बादलहरु मडारिँदा मैले पहाड हेरेर सान्त्वना पाएको छु। पहाडहरुबाट मैले मात्रै यस्तै अनुभूति गर्छु या अरुले नि यसै गर्छ? पहाडहरु सुन्दर हुन्छन्। पहाडहरु बारे धेरै कुरो लेखिए, भनिए। हाम्रा त सभ्यता पनि पहाडबाट फैलिए। हिमालहरु पनि हिउँ भएका पहाडहरु हुन्। पहाडहरु हेरेर म घन्टौं लोभिएको छु। अग्ला पहाडी सेरोफेरो बीच हुर्किएको मलाई च्यामुसीका होचा पहाडले पनि एकखाले आनन्द दिन्छन्। मैले सेरोको फाँटमा टम्म मिलेका ती तीन पहाडहरुलाई आँखा अघ्लितिर मात्रै नियालेँ। बिहान उठ्ने बित्तिकै हिमाल हेर्न पाइयोस् भन्ने गीत बज्थ्यो प्रतिध्वनी एफएममा बिहान पौने सात बजे तर गीतले भनेजस्तै हिमाल हेर्न नपाए पनि ती विशाल परिधिका पहाड हेर्दा नै मनले स्वर्गीय आनन्द लुट्थ्यो खैर यो स्वर्गीय आनन्द ठ्याक्कै कस्तो हुन्छ भन्ने चाहिँ ऐलेसम्म एकिन कस्तो हुन्छ भन्न सकिएको छैन। लेक यात्रामा हिँडदै जाँदा फरक अनुभूति पाएँ। ती सिङ्गो एक्लै उभिएका पहाडहरु असलीमा नेपथ्यमा उभिएका धेरै पहाडहरुले बनाएका स्वरूप रहेछन्। पहाड हरुले नि मलाई भ्रमित बनाएँ, असलीमा मैले जे देखेर सत्य मानेँ, त्यो सत्य होइन रहेछ, त्यो झूट पनि होइन रहेछ। अग्ला पहाडहरु हेर्दा त्याँ बस्ती कसरी बसे होलान्, टाढा बाट हेर्दा त्याँ घरहरु कसरी अडिए होलान् भन्ने प्रश्न नतेर्सिएका होइनन् तर पहाडमा फाँट पनि हुँदा रैछन्, पहाड्कै आफ्नै मौलिक तराईहरु हुँदा रैछन्। पहाडका टाकुरामा गोरेटो अनि पाटनहरु पनि हुँदा रैछन्, जसलाई हामी फेदीबाट अनुमान पनि लगाउन सक्दैन रैछौँ। सारमा पहाड आँखाले नियालेको पहाड मात्रै होइन रहेछ, एउटा सिङ्गो पहाड त हजारौं पहाडहरुको त्याग अनि समर्पणले उभिएको पहाड हुँदोरैछ। मान्छेको जीवनमा पनि अनगिन्ती पहाडहरु हुन्छन्, एउटा मान्छे मान्छे भएर उभिन यस्तै पहाड बनेर मानिसहरु उभिएका हुन्छन्। पहाड संघर्षको प्रतिमुर्ति हो भन्न सकिन्छ। मान्छेको जीवन यात्रा हो। मान्छेको जीवन पनि पहाडमा गरिएको यात्राजस्तै हुन्छ। पहाडहरुमा जस्तै उकाली र ओराली नभएको जीवन नै हुँदैन। गोरेटो र नागबेलीहरु जीवनको अङ्ग हुन्छन्। पहाडमा पनि जीवन देखेको छु। मरम्चीको डाँडो, मान्छे नभको डाँडो र इचोकको डाँडोलाई निरन्तर दशकौं हेरेको अभ्यासले यी दुई चार शब्द लेखिएछ।
Friday, January 29, 2021
पहाडी प्रतिबिम्ब
Subscribe to:
Post Comments (Atom)
ने, कर्म र यात्रा
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...

-
`ढाका टोपी दिवस´ किन प्रायोजित? राष्ट्रियता पोसाकमा होइन मन र मस्तिष्कमा हुन्छ। एउटै पहिचानमा जातिय विविधताले ठाउं पाउन सक्दैन। सबै ...
-
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...
-
प्रत्येक दिन, प्रत्येक क्षण गतिशील देखिने पहाड र बादलको लुकामारी हेरेर थाकिन्न ! आखिर नौलो दृश्य खास केही होइन- त्यै एकनास उभिएको पहाड, त्यै...
No comments:
Post a Comment