ढुङ्ग्री-प्वाँख
दशकौं पैले मावलको हजुरामाले आफूसँग भएका केइ सुनहरु पनि छोरीहरूलाई बाँडीदिनुभएको सम्झन्छु। दशैँमा टीका थाप्न जान नपाउँदा पनि नातिहरुको दक्षिणाको भाग भनेर पठाइदिनुहुन्थ्यो। हजुरामाले दिन लागेको सुन पर्दैन भन्नुभएको थियो ममीले। तर हजुरामाले आफू बुढी भैसकेको बरु तिमेरू केइ बनाएर लाउनु भनि छोरीहरूलाई बाँडिदिनुभएको थियो। मम्मीलाई कानको ढुङ्ग्री दिनुभयो। द्वन्द्वकालको समय थियो। अभाव थियो। खान, लगाउन हम्मेहम्मे नै थियो। स्कूलको फी तिर्न सजिलो थिएन। मैले छात्रवृत्तिमै पढेँ, स्कूलमा बोझ कम थियो। घरभाडा तिर्न धौधौ पर्ने, घरबेटी देउता थिए। द्वन्द्वकालमा ममीसँग भएका सबै गरगहना बेचिसकिइएको थियो। नौगेडी, तिलहरी, मङ्गल सुत्र, जुलि, औँठी, कानका झुम्का सबै! अब बाँकी हजुरामाले दिएका ती ढुङ्ग्री थिए। बेच्दा त्यो बेलाको ३,५०० रुपैयाँ आएको थियो। मम्मीले ती ढुङ्ग्री बेचेर आएको पैसाले आफ्ना लागि केइ गर्नुभएन, हामी ३ भाईलाई जाडोलाई ज्याकेट, सुरुवाल किनिदिनुभएको थियो। मलाई मनमनै नरमाइलो लागेको थियो। भाव अव्यक्त थियो। तत्क्षण मन खुशी थिएन तर पनि त्यागले बुनेको कथा सम्झँदा ऐले कतै खुशी, कतै 'नोस्ट्याल्जिक' भैँदो रैछ। अभावमा पलाएका प्वाँखहरु थिए, ती जीवनका 'ढुङ्ग्री-प्वाँख' थिए !
(नयाँ सालमा आइपुगेको एउटा सम्झनालाई यतै राखेँ। सबैलाई नयाँ साल २०७७को शुभकामना। कैलेकैले फ्याट्ट आइपुग्ने यस्ता संस्मरणले जीवनलाई अझै प्रेरणा दिएको अनुभूति गर्छु।)
Thursday, January 28, 2021
ढुङ्री प्वाँख !
Subscribe to:
Post Comments (Atom)
ने, कर्म र यात्रा
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...

-
`ढाका टोपी दिवस´ किन प्रायोजित? राष्ट्रियता पोसाकमा होइन मन र मस्तिष्कमा हुन्छ। एउटै पहिचानमा जातिय विविधताले ठाउं पाउन सक्दैन। सबै ...
-
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...
-
प्रत्येक दिन, प्रत्येक क्षण गतिशील देखिने पहाड र बादलको लुकामारी हेरेर थाकिन्न ! आखिर नौलो दृश्य खास केही होइन- त्यै एकनास उभिएको पहाड, त्यै...
No comments:
Post a Comment