Friday, January 29, 2021

अप्पो दीपो भव:

अप्पो दीपो भव:

हिजो नेपालमा (देशभर होइन कतै कतै) 'दीप प्रज्वलन' भएको तथ्य सामाजिक सञ्जालमा केइ तस्बिरहरु हेरिपछि पत्तो पाइयो। बितिसकेको कुरोमा तर्क वा वाद गर्नुको कुनै तुक त छैन यद्यपि केइ विषयहरुमा मौन बस्नु उचित हुँदैन भन्ने लाग्छ। यस्तै कुरामा कैले कैले मलाई मानिसहरुले कस्तो बाँउठिएको कुरो गर्दो हो पनि भन्दा हुन्। स्मरण रहोस्, पूर्वीय दर्शनमा दीप बाल्नु त राम्रो कुरो हो। मैले त जन्मदिनको केक काट्दा बालेको बत्ती ननिभाउ भनेर भन्नेगरेको छु। ऐलेको प्रसङ्गमा यसप्रति कुनै कटाक्ष नै होइन, मानिसहरुको प्रवृत्तिप्रति हो। भूपी शेर्चनको एउटा कविताको लाइन याद आउँछ, 'हामी क्यारमका गोटी हौँ...।' किन हामी आफैं हाम्रै कारणका लागी दीप बाल्न सक्दैनौं? छिमेकी देशमा त भाजपा स्थापना दिवस पनि थियो। प्रम मोदीले आह्वान गरेका थिए देशवासीको नाममा! यति सम्म पनि हामीले सोच्नुपर्थ्यो। हाम्रा साँझ-बिहान दियो नै बल्दैनन् र, यसरी छिमेकीको उर्दी पर्खनुपर्ने? के हिजो को दीप बाल्ने हाम्रो आफ्नै स्वनिर्णय थियो त? हामी दीप बाल्ने बेलामा हिजो मात्रै होइन पटकपटक चुकेका छौँ। तराईवासीले संविधान मान्दिन भन्दा पहाड्का अधिकाँशले दीप बालेर (हामीले बालेनौँ। म त पटकपटकपटक भन्दैछु यो संविधानले AK-47 भिरेको छ) आफ्नै घरकालाई गिज्याए। मेरो मूल प्रश्न यत्ति मात्रै, कुन कुरा कतिखेर केका लागि गर्ने? कसैले गर्यो भनेर बिना कारण नै गर्ने कि, हामी आफैं केका लागि किन गर्ने भनेर अघि बढ्ने? हामी आफैं चाहिँ कैले हुने? हाम्रो आफ्नै स्व निर्णय कैले हुन्छ? हामी कैलेसम्म अरुको नक्कल गर्ने? नक्कल गर्न अक्कल चाहिन्छ कि? अप्पो दीपो भव: जस्तै अब आफ्नो चेतनाको बत्ती बाल्ने बेला आएन र? चेतना भया।


No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...