'एकजना राजा रहनाले त्यत्रो ठुलो कुनै आपत्ति गर्दैन तर मुलकमा सामन्तवाद, दलाल, नोकरशाही पुँजीवाद यथावत् रहन्छ भने राजा नरहेपनि वास्तवमा देश र जनताको स्थितिमा कुनै परिवर्तन आउँदैन।'
-जननेता स्व. मदन भण्डारी
नेपाली कम्युनिष्ट आन्दोलनका नविन विचारक, जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारी तथा कुशल संगठक जीवराज आश्रित प्रति भावपूर्ण श्रद्धान्जली। २०५० जेठ ३ इतिहासको एउटा कालो दिनकै रूपमा रहिरहनेछ।
'सिद्धान्तका लागी जीवन होइन, जीवनका लागी सिद्धान्त हुनुपर्छ' भनेर मदनले जुन वाक्य बोलेका छन् त्यसले पनि पुष्टि गर्छ जबजको उद्देश्य के थियो त, त्यो सिद्धान्तकै लागि मात्रै थिएन, त्यो जनताको लागि थियो। टनकपुर सन्धिमा खुट्टा नकमाएका यी प्रिय् नेता, पाउनेले के पायो, नपाउनेले बोक्रैसँग चपायो भनेझैं महाकालीमा कम्युनिस्टहरु जसरी हाम फाले नि, त्यो इतिहासमा सबैभन्दा ठूलो भूल थियो, मदन-आश्रीत हुन्थे भने त्यो सम्भव हुन्नथ्यो होला।
हिजो फाटेका चप्पल लगाएर राजनीति गर्नेहरु आज सिंहदरबार छिरेका छन्, भिजेका बिरालोहरु आज बाघका बर्दीमा शहर घुम्न निस्केका छन्। यिनलाइ कम्युनिज्म भन्नू त सत्तामा पुग्ने भर्याङ रैछ भन्ने मात्रै बुझियो। आजका कम्युनिस्टहरु हरु सिद्धान्तमा मार्क्सवा फुके पनि असलीमा कट्टर पुँजीवादीहरु हुन्। समाजवाद त जनतालाई बाँडिएको सपना हो, भ्रमको सपना।
प्रत्येक वर्ष जेठ ३ आउँछ, आजसँगै २७ वटा जेठ ३ हरु जान्छन्। सत्तामा तिनै सिद्धान्तकार र संगठकका चेलाहरु छन्, तर ती महान् नेताहरुको हत्याकाण्डमा दोषी को भनेर खोज्दैनन्? लाज, शरम भन्ने कुरो भएन भने यति चाहिँ गर्न सकिने रैछ।
मदन भण्डारी नै मेरा पैलो प्रिय् नेता थिए। म उनी बारे खोजी खोजी पढ्थेँ। उनी साँच्चै यो मौलिक माटोको नेता थिए। उनी अरु जस्तै राजा फालेर मात्रै देशमा परिवर्तन आउँछ भन्ने कुरोमा विश्वास गर्दैनथे। एकपटक जब उनले राजालाई खोपी मात्रै नबसी मैदानमा आउन भाषण मार्फत उर्दी गरे। तर पनि उनमा पूर्वाग्रह रैनछ भन्ने त्यतिबेला बुझियो जब उनी राजा वीरेन्द्र भेट्न गए, र राजा पनि शक्ति हुन् भन्नेमा विश्वस्त भए।
राजा राजा नै रहने, गणेशमान सर्वमान्य नेता रहने र मदन भण्डारी प्रम बन्ने कुरोको चर्चा चलेको पनि सुनेको थिएँ। यो सुन्नेबित्तिकै विदेशी गुप्तचरहरुले यी सबैलाई सकाउन षड्यन्त्र रचियो भन्ने सुनिन्छ। विदेशीलाई सहयोग गर्ने भित्रकै दलालहरु पनि थिए होलान्? आज यी नेताहरु जीवित हुन्थे भने देशले यो कु-गति लिन्नथ्यो भन्ने लाग्छ।
प्रिय् नेताहरु मदन कु भण्डारी र जीवराज आश्रीतप्रति हाम्रो भावपूर्ण श्रद्धाञ्जली।
विप्लव प्रतिकको शब्द रहेको गीत याद आयो,
'मृत्यु पनि मान्छे पिच्छे फरक हुँदो रैछ,
देशभक्त छोरो मर्दा देशै रूँदो रैछ।'
Thursday, January 28, 2021
मदन र आश्रीत
Subscribe to:
Post Comments (Atom)
ने, कर्म र यात्रा
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...

-
`ढाका टोपी दिवस´ किन प्रायोजित? राष्ट्रियता पोसाकमा होइन मन र मस्तिष्कमा हुन्छ। एउटै पहिचानमा जातिय विविधताले ठाउं पाउन सक्दैन। सबै ...
-
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...
-
प्रत्येक दिन, प्रत्येक क्षण गतिशील देखिने पहाड र बादलको लुकामारी हेरेर थाकिन्न ! आखिर नौलो दृश्य खास केही होइन- त्यै एकनास उभिएको पहाड, त्यै...
No comments:
Post a Comment