Friday, January 29, 2021

मानिस के हो?

मानिस के हो?

कोरोना कम्युनिस्ट हो भन्ने अड्कलको मेरो अरु कुनै पूर्वाग्रह होइन। विशुद्ध एक कोणको हेराई। संवादकै क्रममा बिहान दिदीले सोधेको प्रतिप्रश्नमा मैले उत्तर दिएँ। कोरोना समाजवाद उन्मुख देखिन्छ। मानिस समान छ भनेर सोच्न सक्ने हाम्रो शिक्षाले सिकाउन सकेन, एउटा महामारी नआइपुगी हामीले नै सोच्न सकेनौँ। अलिकति अगाडिको समय मात्रै थोरै नियाल्ने हो भने विश्व नै धुर्विकृत थियो। हो रोगलाई राम्रो छ भनी संज्ञा दिन खोजिएको होइन तर यसले जुन बाटो र लय समात्यो यसले हर तप्काको मान्छेलाई चुर्लुम्म डुब्ने तरिकाले सोच्न बाध्य बनाएको छ। नत्र कर्णालीमा झाडापखाला लाग्दा उदासिन भएर बसेका मानिसहरु देखेको छु, अफ़्रिकामा इबोला लाग्दा सुरुक दिनहरु हेरिएका छन्, मौन बस्ने सरोकारवालाहरु चियाएको छ। आज हेर्नुस् मृत्युको भय कत्रो छ। यहाँ गरिबका कुनै बस्ती र झुपडीमा मात्रै यसले हमला गरेको भए महिनौं चुप हुन्थे मानिसहरु! आज कोरोनाले जात, धर्म, सम्प्रदाय र वर्ग केइ भनेको छैन! यसले मानिसलाई मानिसको असली असलियत के हो भनेर सोच्न बाध्य बनाएको छ। मानिस मृत्यु नजिक वरिपरि नआउन्जेल ऊ सदा अमर रहेको दिवासपनामा डुब्छ। अब सोच्नुपर्छ, 'यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैलेकैले...!'


No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...