Friday, January 29, 2021

देश गुनाको भेष !

入乡随俗!

#武汉加油 #中国加油

छिमेकीको घरमा हनिएको ढुङ्गा भोलि हाम्रो घरमा नहानिएला भन्ने छैन, होस् गरुम! लहड र लहैलहैमा होइन स्वतन्त्र भएर लेख्न लागौं। एकजना लेखक वा पत्रकार वा बुद्धिजीवीले लेखेको प्रसङ्ग, समाचार वा विचारले भोलि राष्ट्रले ठूलो चुनौतीको सामना गर्नपर्ने अवस्था आउन सक्छ।

पत्रिकाहरुको हालत यो छ! ऐलेलाई म भित्र गैन, आवश्यक नै परेन! शिर्षक कति भ्रामक छ हेर्नोस् त? माओ चेतोङ्ग चीनमा एक्दमै सम्मानित नेता हुन्। सी लाई देवता भन्ने मानिसहरु धेरै भेटेको छु, माओ त अझै सम्मानित छ्न्। यिनै माओ हुन् जस्ले एकपटक भनेका थिए, 'मैले हिमालय चिनेको छु, त्यो भन्दा पनि बहादुर नेपाली चिनेको छु।' माओकै पालामा सगरमाथा सम्बन्धि चीन-नेपालको विवाद समाधान गरिएको थियो।

तर आजको एउटा राष्ट्रिय दैनिकमा आएको विचार, फोटोले सोच्न बाध्य बनाइयो। हाम्रो सोचाईको स्तर कति माथी उठेको रैछ भनेर नाप्न कतै जानै पर्दैन।  माओको अनुहारमा किन मास्क लगाइनुपरो? यो नेपाल होइन र यी नेपाली नेता होइनन्, मनलाग्दी नगर! त्याँ यसो मनपराइन्न। देशगुनाको भेष गरुम है! चिनियाँमा हामी 'रू सियाङ्ग स्वै सु' भन्छौं। श्रद्धा गर्न कैले सिक्ने? यी त चीन हाँकेका शक्तिशाली मानिस, नेता हुन्, यी हाम्रा भ्रष्टाचारी नेता होइनन्। जताततै यिनको नाम अति श्रद्धासाथ लिइन्छ। आश्चर्यको कुरो, कसको कुरो सुनेर शिर्षक र फोटो यस्तो छानिएको, छापिएको हो? ऐले चीनमा के भको छ भनेर सत्य समाचार लेख्दै जनता सुसूचित गर्ने हो या भ्रममा बाँधेर त्रास छर्ने? चीन छिमेकी हो नि, छिमेकीलाई पर्दा अर्को छिमेकी घाउमा मल्हम लगाउन जान्छ कि घाउलाई कोट्याउन? यस्ता कुरा त म जस्ता अति सामान्य व्यक्तिले नि बुझ्छ अनि धेरै कुरो 'बुझ्ने' पत्रकारहरुको हाल किन अलपत्रकार जस्तै भएको? सत्य लेखम् तथ्य बोलम् ! चीन ऐले विपतको घडीमा छ! यो बेला कसले के गर्यो, वा विदेशी मिडियाले के भन्यो तिर जाने बेला होइन, यो आपतको बेला चीनलाई हामीले सकेको गर्ने बेला हो। उसले कोरोना भाइरससँग जुध्न ऐले गरिरहेको प्रयास नगर्ने हो भने नेपाल जस्ता मुलुकको हाल के हुन्छ, अझै विश्वकै के होला? यो चीनको मात्रै समस्या हो? यो नेपालको समस्या होइन? के यो विश्व समुदायको साझा समस्या होइन र? होइन कैले बुझ्ने हो हाम्ले? हाम्रो चेतना कस्तो हो? कि बुद्धिजीवी, पत्रकार पनि लाटो देशमा गाँडो तन्नेरी पाराकै हुन्?

कोरोना भाइरसमा राजनीति नगरौं, भद्दा मजाक नगरौं। चिनियाँहरुको लागि हामी के सक्छौं त्यो गरौँ, चीनलाई के गर्न सक्छौं, गरौँ। विपतमा लगाइएको गुन अरु बेला भन्दा ठूलो गुन हुन्छ अनि यो बेला गरिएको अपराधले हामीलाई पुण्यको बाटोमा लम्कन कैले दिनेछैन। चेतना भया।


No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...