Friday, January 29, 2021

रुद्री पूजा

रुद्री पूजा-विश्व शान्ति कामना(?)

आज दिन यस्तै विशेष दिन मध्येको एक रह्यो। रुद्री वा अझै घरपूजा भनिए पनि कर्मले व्यक्तिमा शान्ति, परिवारमा शान्ति, समाजमा शान्ति, राष्ट्रमा शान्ति र विश्व ब्रह्माण्ड मै शान्तिको कामना गरेँ। हाम्रा 'बोन्पो' बाले रुद्री पाठ अनि स्वस्ती शान्ति पाठ गर्दैगर्दा मैले परिवार, समाज र देशलाई सम्झिरहेँ। चीनले भोग्दैगरेको विपत्ति पनि चाँडै पार लागोस् भनेर प्रार्थना गरेँ।

विश्व शान्ति हुन पैले घरहरुमा शान्ति छाउनुपरो, अनि बल्ल समाज शान्ति हुन्छ, अनि देश शान्ति हुन्छ। पुरेत बासँगै यस्तै विभिन्न कुरामा गफिएँ पनि। म त संस्कृतका कुरा बडै जान्दिन, तर आस्था छ, थोरै थोरै पढ्छु भने। संस्कृतबारे ऐले विश्वले हेरेको नजरलाई आफूले जानेको कुरा गर्दा पुरेत बाको शब्द संवादमा चमक देख्न सक्थेँ। वहाँले चीनमा भैरहेको बिपत्तिबारे पनि जिज्ञासा् राख्नुभयो। मैले आफूले देखेका कुरा बताएँ।

मलाई भेटेका प्रत्येक आफन्त, शुभचिन्तकले, 'बाबू तिमी भाग्यमानी रैछौ, कत्रो ठूलो खड्गो काटेर आएछौ' भनि खुशी व्यक्त गरे। मैले यी कुराहरुमा हजुर भन्दा अरु केइ भन्न सकिन। तर आफन्त, गाउँका मानिसहरु अनि शुभचिन्तकको प्रेमले मलाई साँच्चै कतैकतै भावुक बनायो पनि। ती मेरा लागि सद्भाव मात्रै होइन मैले यो देशमा केइ गरेर मर्नुपर्छ भन्ने अठोटको लागि प्रेरणा पनि हो।

रुद्री पूजामा सामेल भएर सघाउने ती हजुरामा, आमा, बा, काकीहरु, फुपुहरु, दिदीहरु, भिनाजु, भाइहरु प्रति अत्यन्तै आभार छु। हेर्दा केइ जस्तै नदेखिए पनि धन्दा सानो हुँदैन। बा आज पूजामा सामेल नभएसी मेरो भूमिका वहाँलाई सट्टापट्टा गरियो। पूजामा ममीलाइ कतै जाननसकेको भाकल भए भन्नू भने पुरेत बाले अनि ममीले भन्नुभयो। मैले अझै सोधेँ कतै बिर्सनुभयो कि? ममीले मनकामना, अनि मैले गोसाइँकुण्ड सम्झिएँ। विशेष गरि हजुरामाले एकछिन पनि नबसी सघाइदिनुभएकोमा मैले साँझमा भेटेर धन्यवाद नै दिएँ। तर सबै जम्मा भएर पूजा गर्दा आत्मिय आनन्द मिल्दो रैछ। अनि सबै मिली हवन पनि गर्‍यौं, जुन उस्तै विशेष रह्यो। सल्लाको दाउरामा हवन त अझै उत्कृष्ट नै हुनेरैछ।

सन्ध्याप्रहरमा पूजा सकिएसी म माथी सेरो फाँट तिर घुम्न निस्के। आन्टीहरु किन नआको भनेर सोधेँ? कविता आन्टी स्कुल जानुभएको रैछ, दीपा आन्टी खेतैमा व्यस्त। तैपनि आउने चाहना पुरा नभए व्यस्ततालाई बुझ्ने प्रयत्न गरेँ। यसरी सारमा आजको दिन विशेष रह्यो, तस्बिर लिइदेकोमा भाईलाई धन्यवाद।

आउने दिन सबैको शुभ रहुन्। घर पूजा हाम्रो भएपनि मैले विश्व कल्याणको कामना गरेँ, संसारभर शान्ति छाओस्, वन्यजन्तुमा शान्ति छाओस्, वनस्पतिमा शान्ति छाओस् अनि हाम्रो आउने दिन अझै शुभ रहुन्, यहि कामनासँगै आजको पूजा समापन गरियो। समग्रमा विश्व शान्ति सङ्कल्प भन्न सकिन्छ। सबैमा साझा नमन, शुभ समय।


No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...