भुँइचालो, नाकाबन्दी र कोरोना
कोरोनाको डर, त्रास आफ्नो ठाँउमा छ। त्रासहरु आफैंमा निरपेक्ष त्रास मात्रै बोकि हिँड्दैनन्, त्याँ साहसको खेती पनि हुन्छ। धेरैपछि आज सबै सँगै, गाउँमा चहलपहल देख्दा मन उसै रमाउँदो रैछ। हामीले धेरैपछी यस्तै माहोल देख्यौँ। अनिता दिदी, भिनाजु, सरिता दिदी, मिलन, एटम, अंकित, सबिन, सबिना, एलिस, अनिस, मेसन लगायत हजुरामा, अंकलहरु, बा आमा सबै हुँदा शून्य अवस्था रहेन, माहोल सुन्दर थियो, सधैं जुन सम्भव छैन। अब चाडले पनि हामीलाई एकैसमय नजिक बनाउन सक्दैन, व्यस्तता आआफ्नै किसिमाका जो छन्। यद्यपि त्रासले जुध्ने होइन साहसले जुध्ने अभ्यास गर्नुपर्दो रैछ। मानव समुदाय यस्ता बिपत्तिबाट टाढा भएको समय इतिहासको कुनै कालखण्डमा आएको थिएन। मानवले आफू स्वयमले गर्ने संघर्षको अलावा प्राकृतिक विपत्ति, महामारी त छँदै थिए, छन्, र नहोलान् भन्न सकिन्न, यसलाई सृष्टिको एउटा प्राकृतिक नियम मान्न सकिन्छ। अझैसम्म नेपालीहरुले यी दुई अलावा देश देश बीच हुने संघर्षले ल्याउने घषर्णको सिकार हुनुपरेको छ। एउटा चल्तीको भनाइ छ, 'दुई हात्तीको झगडा पर्यो भने त्याँको घाँस माडिन्छ, अनि लभ नै पर्यो भने त घाँस झन् माडिन्छ।' यस्तो ३/४ प्रकृतिका विपत्तिलाई नियाल्ने हो भने कोरोनासँग सामना गर्न नेपालीले सानो मुटु बनाउन उति आवश्यक छैन। भुइँचालो र नाकाबन्दीमा हामी नडगमगाउनुको एउटा कारण हाम्रो मुलुकका ७०% भन्दा बढी मानिस कृषिमा आश्रीतहुनुको परिणाम थियो। भन्ने बेलामा त्यो निर्वाहमुखी नै भएपनि नेपालीहरुले एकसाथ भुइँचालो र नाकाबन्दीसँग लडेको इतिहास धेरै लामो होइन। ऐले कोरोनासँग यस्तै गरि 'लकडाउन'मा लड्नुपर्ने अवस्था छ। त्यसैले यो बेला यस्तै अवस्था देख्ता म नाकाबन्दीको चित्र देख्न पुग्छु। हाम्रो कृषिले हामीलाई जोगाएको हो। तर हामी निर्वाहमुखीबाट उत्पादनमुखी हुने भन्दा उपभोक्तामुखी हुँदै जाँदा आउने समयको चिन्ता हुनु स्वाभाविक हो। यसो हुँदा हामीजस्ता देशका सरकार, जनता पनि यो कुरोमा गम्भीर हुनुपर्छ। कति बाली हाम्रा रैथाने छन, तिनको संरक्षण र संवर्द्धन हुनुपर्छ। जनतालाई निर्वाहमुखी बाट उपभोक्तामुखी बनाउने होइन कि कृषकलाई उत्पादनमुखी बनाउँदै आर्थिक रूपले सम्पन्न बनाउन तिर अग्रसर हुनुपर्छ। 'इकोनोमिक स्टिमुलेसन' का केइ कुरा यता पनि लागू हुँदा हुन्। विपत्तिसंग लड्ने साहस शक्ति मिलोस्, विश्व मानवसमुदाय एक बनुन्।
Friday, January 29, 2021
भुइँचालो, नाकाबन्दी र कोरोना
Subscribe to:
Post Comments (Atom)
ने, कर्म र यात्रा
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...

-
`ढाका टोपी दिवस´ किन प्रायोजित? राष्ट्रियता पोसाकमा होइन मन र मस्तिष्कमा हुन्छ। एउटै पहिचानमा जातिय विविधताले ठाउं पाउन सक्दैन। सबै ...
-
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...
-
प्रत्येक दिन, प्रत्येक क्षण गतिशील देखिने पहाड र बादलको लुकामारी हेरेर थाकिन्न ! आखिर नौलो दृश्य खास केही होइन- त्यै एकनास उभिएको पहाड, त्यै...
No comments:
Post a Comment