Tuesday, January 24, 2023

सि चौ (喜州)

सि चौ सम्मको यात्रा ! खास रूख हेर्न भनेर हिँडेको यात्रा डुल्दा कता कता पुगियो, पुगियो ! घरभन्दा २३ किमी पर ! तर निक्कै सुन्दर पुरानो बस्ती ! सफा र व्यवस्थित। वरका रूखहरू जताततै ! मानवीय बस्तीहरूमा भएका विकास गज्जब लाग्यो तर प्रकृती मासेर 'प्राकृतिक' बनाउन खोजेको विकास खासै मन परेन ! केही साना स्थानिय साथीहरू आए, उनीहरू मलाई देख्दा भिन्न अनुभूति गरिरहेका थिए, बोलुँबोलुँ भाव प्रस्ट देखिन्थ्यो। अनि मैले नै बोलाइदिएँ, दङ्ग परे, खुसी भए ! मैले आफ्नै बालापन सम्झिएँ, यता लेखिका नीया भनेर मेरो तस्बिर खिच्दै थिइन् र म बेला मौकामा म्याओ म्याओ लाई जिस्काईदिन्थेँ। घमाइलो दिन थियो। केही बेर परालको पातलो थुप्रोमा बसेर घाम तापियो। चिनियाँ पर्यटकहरू वरिपरि खेतमा तस्बिर लिँदै थिए। हामीले जुनार खाइसकेर बाटो ततायौँ। पुराना बस्तीहरूबीच छापिएका सुन्दर ढुङ्गेबाटो हुँदै गाउँ डुल्यौं। सफा र चिटिक्क परेका बजार, पर्यटकको घुइँचो, डुलिरहेका आँखाहरू, यो सब हेर्दै निक्कै साँझ परिसकेको थियो। तर पनि छाङ्शान छेउ झैं घाम अस्ताइसकेको थिएन। र हामी साँझको खाना खान अलिक पर आयौं। त्यस अघि एउटै रूख लाग्ने दुई वर मिलेर बनेको रूख हेर्न ताल छेउ गयौं। जताततै 'प्राकृतिक पार्क' विकासको नसुहाउँदो लहर देखिन्थ्यो। निया भ्याली र मैले यसबारे पटकपटक विमर्श गर्‍यौं। मैले नेपालको सम्भावित भविष्य बारे चिन्ता र चिन्तन राखें...! खाना खाँदा जाँदा एकजना भाइ बच्चा स्टाइलमा हिँडेको देखेर कपी गरियो, निया भ्यालीले भिड्यो लिइन्। अनि खाना खाइसकेर रातमा केही क्षण ताराहरू हेरियो। क्याम्प फायरको याद गरियो। आगोको याद आयो.., ताराहरू हेरेर टोलाइयो, संवाद गरियो अनि त्यसपछि~ हुइ च्या ल !

No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...