Friday, December 29, 2017

नेपाल,नेपाल नै होस् भुटान होइन!

नेपाल,नेपाल नै होस् भुटान होइन!


(लिम्पियाधुरा सहितको वास्तविक नेपालको नक्सा)


`ग्रस नेशनल ह्यापिनेसमा नेपाल भारतभन्दा पहिला होस्।भुटान संसारको खुशी मुलुक भएको छ।हामी भुटान भएजजस्तै नेपाल खुशी होस् भन्ने चाहन्छौँ´वैठकको उद्घाटन शत्रमा कोस्यारी।
भारत हामीलाई किन भुटानझै होस् भन्ने चाहन्छ त्यो हाम्लाइ प्रष्ट थाहा छ।किन भनियो तेस्को कुटनीति पनि जान्दछौ।अरुलाइ(नेपाली जाति)लाखापाखा लगाएर भुटान संसारको खुशी हुनुले के औचित्य राख्छ त्यो भुटान र भारतले नै बुझोस् ।राष्ट्रिय अखण्डता,स्वाभिमान र स्वाधीनता नै धरापमा पारेर खुशी भएको महशुस गर्न हामी नेपाली जातिलाई कहिल्यै नपरोस् किनकी सिनो खाने गिद्द होइन बाघको डमरू भएर बाच्नुछ।तृष्णा पो सहनुपर्छ तिरस्कार होइन।

भारतले नेपालको दार्चुलाको उत्तरी भूगोलको धेरै भाग राखेर आफ्नो नक्सा बनाएकोप्रती अहिलेसम्म कोहि किन नबोलेको? लिपुलेक वरिपरिका कुटी, नाभी, गुन्जीलगायतका सबै नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा राखेको छ जबकी भारतले भन्दै आएको त्रिदेशीय विन्दु लिपुलेक ५४ किलोमिटर उता लिम्पियाधुरामा पर्छ ।
चेतना भया।

Tuesday, December 26, 2017

भाषामा हस्तक्षेप-हाम्रो भुमिका के?

भाषामा हस्तक्षेप-हाम्रो भुमिका के? 


बिश्वको थोरै भाग्यमानी प्राचिनतम भाषा मध्यको एक हो जस्को आफ्नै गौरवशाली ईतिहास छ।तर केही दशक देखि देखिएको भाषाभित्रको खेलबाड अनि भाषामाथिको खेलबाडले तमाम नेपाली भाषालाई आम्सन्चारको रुपमा प्रयोग गर्ने नेपालीभासीलाई दुखित तुल्याएको छ।भारतीय रिसर्च एण्ड एनालाइसिसलाई यो राम्रोसंग थाहा छ कि देवनागरि लिपिको आर्यरानी नेपाली भाषा देवभाषा संस्कृतको छोरी भाषा हो।यो भाषा प्राग ऎतिहासिक,प्राग वैदिककालिन भाषा हो र यसलाई उसै समयदेखि आर्याव्रत उत्तर वा।हिमवत खण्डमा अनादिवासी महानजाति,महान तपस्वी ऋषिमुनि महरषि तथा सर्वसमाबेशी,सर्वसंरक्षक,सर्वधर्मपाल्क महाप्रतापी क्षेत्रीय राजा,महाराजाहरुर यस भेगका करोडौं जाति,जनजातिले अविरल रुपमा प्रयोग गरिआएका हुन् र पछि पछि पनि लिच्छवि,खस,किराँत,मल्ल,शाह राजबंशहरुले पनि आमजनता संगसंगै प्रयोग गरिआएका हुन् र त आज यो क्षेत्रको अत्यन्तै विकासोन्मुख भाषा हुँदै गइरहेको छ।यो गौरबशाली इतिहासलाई जसरी अग्रजहरुले आजसम्म्को स्थितीमा ल्याइपुर्याएका छन अब अनुजलाई हस्तान्तरण गर्ने जिम्मा हाम्रै हो।हिन्दी भाषा कामकाजको भाषा हुनुहुन्न भनेर हाम्रा मित्र कोहि भन्दै हुनुहुन्छ भने कृपया पहिले आफ्नो आत्मा पबित्र बनाउनुहोस अर्थात मन,वचन र कर्मले आफ्नो भाषाप्रती मैले कत्तिको श्रद्धा गरेको छु भन्दै#आत्मालोचनागर्नोस् अनि मात्र बिरोधको लागि आफ्नो शब्द खर्चनुहोला किनकी तपाईंजस्तै दुईजिब्रे {#नेपाली(२५%) बोल्ने अनि #हिन्दीमय(७५%)} ले बिरोध गर्नुले कुनै अर्थ राख्दैन यधपी तपाईं भन्दैहुनुहुन्छ म देशलाई माया गर्छु।


देशलाई माया गर्नु फरक हो मित्र किनकी माया हाम्ले मात्र देशलाई गरिराखेका छैनौं बरु देशले हामिलाइ येहि माटोमा हुर्काएर ऋणको भार बोकेको छ त्यसैले आफुले आफ्नोभाषाको लागि के गरिएको छ सोचौं!हिन्दी भाषाको जुन आन्दोलन चलिराखेको छ त्यो बिशुद्ध नेपाली भाषा,गीत,संगीत अनि संस्कृति मन पराउनेको मात्र हो बाँकी सब अकर्मण्यतामा कराउने हात्तिदार्हेहरु हुन् जो भित्र भित्रै#हिन्दी_संस्कृतिसबै मनपराउँछ अनि बाहिर नेपाली मन पराएको कथित नाटकगर्छ्न।हिन्दीमयकाठमाडौं देख्दा #माधुरी_दिक्षितलेबम्बै लागेको थियो भनेर आत्मानुभुती गर्दा बिरोधले सिमा नगाउने नेपाली खोक्रा हुन् भन्ने कुरो प्रष्ट छ।आफूचाहिँ हिन्दी गीत बिना संगीतमा आनन्दै लिन नसक्ने अनि हिन्दी कामकाजको भाषा हुन आट्यो भन्दा बुरुकबुरुक उफ्रने जति सबै#घरभित्रका_भाइरसहुन भन्दा हामीलाई कुनै अफसोस छैन।

१.)  कैले तपाईंले आफ्नो भाषाप्रती सम्मान दर्शाउंदै कर्तव्यबोध गर्नु भयो कि नेपाली भाषाको उन्नतिको लागि म पनि जिम्मेवार छु भनेर?

२.) नेपाली गीतसंगीतलाई कहिले तपाईंले आफ्नो मानेर सुन्नुभो।(तपाइको मोबाइल हेर्यो भने नेपाली गीतसंगीतको संख्या १/४ छ भन्न सकिन्छ अनि तपाई नेपालीमा तेस्ता राम्रा गीत नै छैनन् भनेर दोष दिनुहुन्छ?

३.)  #भारतिय_नेपालीर तपाईंहरुबिच कुनै फरक देखिन्न किनकी तपाइहरुको भाषा मात्र नेपाली हो त्यो भन्दा बाहेक सबै हिन्दिमय छ(तपाइ जहाँ जानुहुन्छ त्यहाँ हिन्दी भन्दा अर्को केही छैन?)

४.)  म अहिले पनि किटेर भन्न सक्छु नेपाली भाषालाई हिन्दी भाषासंग तुलना गरेर हिन्दी भाषाको सबै राम्रो भन्ने मेरा कथित साथीहरु पनि छन्।

५.) हाम्रा आफ्नै देशका #मैथिली #भोजपुरी #थारु #अबधी #नेवारीभाषा किन बिकल्पमा पर्दैनन् ?किन तिन्को संस्कृतिको सिको गर्न सिकाइदैन?

(हिन्दी भाषा नेपालको कामकाजको विषयमा चर्को बिरोध गरिरहँदा मेरो मनले कता कता फरक अनुभुति गरिरहेको थियो तर म प्रष्ट छु मैले मेरो भाषा सक्नेसम्मको सम्मान दिइराखेको छु) देवता इन्द्रले मन परेको फुल लिन नेवार राज्य काठमाडौं उपत्यकामा आउँदा नेपालीभाषा प्रयोग गरेको कुरा सुन्नमा आउँछ।देवताले प्रयोग गरेको र देवदह बाट सुरु भएकाले नै नेपालीलाई देवनागरी भाषाको अतिनै उत्कृष्ट भाषा मानिन्छ।तर कुनै बेला बिदेशी हाम्रो भाषा उनीहरुले बनाइदिएको भन्नसम्म भ्याए।नेपाली भाषा क्षेत्रीबाहुनको मात्र भाषा नभई समस्त नेपालीलाई जोड्ने राष्ट्रिय भाषा हो तर २०६२/६३ पछि आएका शक्तिले कहिले झण्डा परिवर्तन गर्ने कहिले देशको नाम नै परिवर्तन गर्ने र अहिले आएर सरकारी कामकाजको भाषामा हिन्दी र अङ्ग्रेजी नि थप गर्ने भनेर समस्त राष्ट्रप्रेमी नेपालीको फेरि पनि एकपटक चित्त दुखाएका छन्।नेपाली भाषाको आधुनिक इतिहासमा जुम्लाको सिंजालाइ उत्पतीस्थल माने पनि धेरै बिद्वानहरु अझै धेरै पुरानो ईतिहास छ भन्छन् ठोकुवाको साथ! भाषा हाम्रो आमा हो।अहिले भाषामाथी भएको हस्तक्षेप हाम्रो आमा माथी भएको आक्रमण हो अनि यस्तो आक्रमण हेरेर बस्ने काम हामीले गर्येउ भने हामीले हाम्रो आमाको ऋण कुनै पनि जन्मले तिर्न सक्दैनौं।भाषा माथी भएको यस्तो पीडादायि निर्णयप्रती हामिमा केगर्नुपर्छ भन्ने भवानाले जगाएन भने सोच्नुस हामी यो देशका भार हौं,त्यसैले हामीले गर्न खास योगदान खास समयमा गर्नै पर्छ अनि बल्ल हामी हाम्रो देशप्रती उत्तरदायि रहेछौं भन्ने बुझिन्छ। नेपाली भाषा नेपालमा बसोबास गर्ने नेपाली जातिको मात्र नभाइ सिक्किम,दार्जिलिङ,आसाम,बर्मा,गढबाल,कुमाउ मा बस्ने नेपाली जातिको साझा बोलिने भाषा हो।तर कहिले भाषाको नाममा भाषा भित्र निकालिने विवाद,कहिले भाषालाई निमिट्यान पार्न खेल्ने खेलले हामीलाई सारगर्भित गराउने भाषामाथी हुने हस्तक्षेप कुनै पनि नेपाली जातिले सहन सक्ने कुरो होइन।

हिन्दी भाषा कै कुरो गर्नुहुन्छ भने बिश्वका धेरै मान्छेले बुझेपनि भारतकै कति राज्यमा हिन्दी भाषा बुझ्ने मानिस कम छन्।जसरी त्यहींका मान्छे आफ्नो भाषासंग गासिएको पहिचान जोगाउन तत्पर छन भने यहाँ भाषाको नाममा विवाद झिक्ने,भाषाबाट बिखण्डन गराउन खोज्नेहरु खुलेआम दावा गर्छन्। भाषा कसैको पेवा होइन।कसैलाइ भाषाको नाममा राजनिती गर्ने छुट पनि छैन र यो देशबाट नेपाली भाषालाई राष्ट्रिय भाषाबाट बिमुख गराउने तागत कुनै पनि शक्तिसंग छैन।बरु हिन्दी भाषाको सट्टामा मैथिली,भोजपुरीको बिकल्प खोज्न सकिन्थ्यो होला तर किन हिन्दी नै रोजियो जब कि तराइबासीको आम्सन्चारको भाषा भएपनी ०.०१% मात्रले प्रयोगमा छ। देश एकदमै तरल अवस्थामा भएकाले असमाजिक तत्त्व,मफियाहरुले जस्तो सुकै विषयमा जति खेर पनि चलखेल गर्न सक्ने हुनाले हामी युवा समूह,राष्ट्रबादी नेता समस्त राष्ट्रप्रेमी जनता जागेर बस्नुपर्छ र राष्ट्रले नमागेपनि हामी राष्ट्रको भावनालाई बुझ्दै परेको खण्डमा एकबद्धभइ जाग्न तयार भएर बस्न जरुर छ।चेतना भया।

 -दीप किरण खड्का

Wednesday, December 20, 2017

धैर्यको अध्याय!

धैर्यको अध्याय!



जीवन यात्रा एउटा अनवरत र अविदित अनुभूति र भोगाइका विभिन्न क्रम, उपक्रम संगै पृथक-पृथक कालखण्डबाट अघि बढ्दै गर्दा, धीरताको एउटा अर्को सागरमा पौडैंदै गरेको हो कि झैं लाग्छ। विशाल सागरको त्यो क्षितिज-यात्राझैं कहिले नयां एउटा आयममा प्रवेश गर्ला भन्ने प्रश्नका ज्वार र भाटाहरु मन-मस्तिष्क तरङ्गित गराई रहन्छन्।
एउटा अध्यायको कालखण्डमा आफू स्थिर भएर बहिरहनु पर्दा धीरता भन्दा अर्को साहस कता भेटिएला र? कर्मलाई प्रमुख कारक मान्दै आफ्नो यात्रा अघि बढ्दै त छ तर जीवनमा सङ्क्रमण काल नै छाएको पो हो कि भनी मनमा प्रश्न नउठ्ने भने होइन। मन भित्र हुंडलिरहेका बादलहरु कुनै पहाड्मा ठोकिएर आफुलाई वर्षाउन आतुर छन् तर त्यो पहाडको यात्रा स्थिर गतिशीलमा छ नै, अझै केही समय पर्खाइमा व्यतित भइदिए यी क्षणहरु भने?
युधिष्ठिरका धैर्यशाली जीवन पढेर नै होला, उनको जीवनमा कतै कतै आफूलाई समाहित गरेको भान हुन्छ। उनको मन अस्थिर भएर शसङ्कित प्रश्न तेर्सींदा उनलाई सधैं अघि बढ्न प्रयत्न गरिरहने मान्यगुन्य, ऋषिमुनि वर्गका सत्सङ्गमा आफुलाई छत्रछायामा राखी नै रहे। एउटा अस्थीर सङ्क्रमणकालीन अवस्था बाट मैले पनि आफुलाई एउटा नयां कर्म यात्रामा बढ्न कहिले पाउने होला भनी मनोसंवाद मै छु, धन्न मलाई प्रेरित गर्ने ती तमाम प्यारा मानिसहरु मलाई सधैं साथ दिइरहेछन्।
ओहो, ओहो! राम्रा पुस्तक र राम्रा मानिसहरुको छत्रछायामा आफुलाई सदा सम्मोहित गर्न पाएको छु, समयसंयोग मिलेको छ, र पो मेरा सङ्क्रमण कालमा पनि प्रश्न उठेका छैनन्। बस्, यात्रालाई अझ गतिशील बनाई यात्रालाई जिजीविषा भन्दा माथिको मोक्ष यात्रा मा कहिले पुर्‍याउने होला?

Wednesday, December 13, 2017

यात्रा पिरतीको!

यात्रा पिरतीको!


बिहानै सबेरै उठिएछ आज धेरैपछि। सम्भवत आजको दिन जाडो महिनाकै चांडो उठिएको दिन। घन्टी एकपटक चार बजे लागेछ, सायद अबिरल भाइ पढ्नको लागि लगाएको घन्टी हुनुपर्छ। आज बिहान उठ्नै पनि उत्साहित देखिन्थे म, पटक पटक सबिन भाईलाई बिर्सिएला अलि चांडै उठाउ है भनेको थें।
फेरि एकैछिन निदाउंछु भन्ने हिसाबले सुतेको त झन्डै सांढे एक घन्टा पछि उठिएछ। यसो हेर्छु झ्यालबाट अंध्यारै पो छ, जान त सकिएका फेरि कुकुर भुकेर डर लाग्ने आफूलाई। उठ्ने बित्तिकै मोबाइल दर्शन गरियो। म्यासेज हेरेको मेक्सिको बाट मिचेलले गरेकी रैछिन्। मन त्यसै त्यसै नै फुरुङ्ग भयो। अनि त्यसपछी झिसमिसे बिहान मै हिंड्ने निधो गरियो। घडीले ६:१२ को समय हुंदा म निस्किएं।
म भृकुटीमण्डपमा आफ्नो काम सकाएर फर्कदै थिएं अनि उन्ले भनेको काउन्सेलिङ याद आयो, शुभ समाचार सुन्न पाइयोस् भनेर भन्छु भनी फोन गरें तर आफ्नो काउन्सेलिङ १२ बजे भनेको सुनेपछि मैले कता छौ भनी प्रश्न तेर्साएं अनि उनी आफू नया बानेश्वरमा भएको बताइन्। मैले त्यहीँ बस है भने, १० मिनेटमा आइपुग्छु भने तर उनले नमानेकोझैं गरिन्। मलाई विश्वास थियो, उनी मेरो भेटलाई इन्कार गर्दिनन् भन्ने मलाइ विश्वास थियो। र ११ मिनेटमा म त्यहां पुगें पनि। टेम्पो बाटै उनलाई इसारा गरिन्। पहिले भेटेकै ठाउंमा उभिएकि थिइन्।

भेटमा काउन्सेलिङ्गको कुरा भयो। यसै वर्ष पढ्न पाउं है भन्दै खुशी व्यक्त गर्ने उनी नहुने हो कि भनेर पनि बेला बेला अत्तालिइन् मैले खाली धैर्य गर्न भनिरहें, सदा सान्त्वनाका शब्दहरु मात्र रहे। उनको बीडिएस पढ्ने सपनाले मुर्तरुप लियोस् भन्ने आभ्य कामना थियो।

भेट त हाम्रो उतिबेलै फेसबुकमा भैसकेको रैछ। तर कुरो लेखान्तको पर्‍यो। फेसबुक मा `युथ्स फर ब्लड´ भन्ने सामाजिक काममा लागेकी रैछिन्। तर इन्स्टामा म कहां बाट उनको प्रोफाइलमा पुगेछु। उनको प्रोफाइलमा लेखिएको बायो अलिकति गलत लाग्यो अनि मैले सच्याएर पठाएं अनि उनले सच्याएको कपि गरेर बायो इडिट गरिछिन्।`कसरी भनुं तिम्रो आंखामा एउटा जादू छ´ भन्ने इन्स्टा बायोले हाम्रो मोड अर्कै लियो मानौं यश अघि हाम्रो भेट भैसकेको छ। गफ गाफ गर्दै यात्रा वीच्याट सम्म पुग्यो। अनि कुरा कानी हुन थाल्यो। उनी त्यतिन्जेल विराटनगर मै थिइन्।
लगत्तै काठमाडौ आइसकेपछि भेट्ने कुरा भयो। भेट्न भनेर १२:३० भित्र आइपुग्छु भनेको, उनी अलिक अगाडि नै आइपुगिछिन्। मलाई फोन गरेर, मसंग न्यु खोजेको हो हजुर भन्दै थर्काईन्, म माइक्रोमा भएकोले के बोल्ने, के नबोल्ने भैरहेको थियो। उसै त केटीसंग बोलेको भनेसी किड्नी निकाल्न लाग्याझैं आँखा ओल्टाइ पल्टाई हेर्छन्। यसरी तोकिएको समय भन्दा अलिकति ढिलो पुगेपछि उनी रिसाएझैं गरिन्। ठूलो।ब्याग, लामा जुत्ता, अनि कफी ओठ बनाएर आउंदा उनी कुनै राजकुमारी भन्दा कम देखिएको थिइनन्।यसरी मेरो भेटलाई स्विकार्लिन भन्ने लागेको थिएन तर छोटो समयमा हामी साच्चै नजिकिएछौं। म भने उनको सागरमा तौरदै गएं, सायद उनी पनि तौरदौ होलिन् भन्ने लाग्छ। खोइ किन किन केही मौन अभिव्यक्तहरु पनि त्यसै बोलोदिन्छ्न्, मैले बोल्नु अगाडि मेरा भावहरु मेरा आंखाले छरिदिन्छन्!
यात्री जारी छ, कहिलेसम्म संगै रहिएला भन्ने कुरो? यात्रा सदा संगै भइरहोस् भन्ने चाहना त हो तर भन्न सकिन्न कति कुरा भनी हरिभक्त कटुवाल भन्छन्।

Sunday, December 10, 2017

सम्झनामा गोधुली सांझ



सम्झनामा गोधुली सांझ

मंसिर २२, २०७४

सांझ गोधुली तिर लम्कंदैछ, तालको पानी पवनको वेगमा पौडंदैछ, विशाल क्षविशाल खुशीले दङ्ग छ, बादल तौरंदैछ अनि यता कागहरु हामीलाई देखेर जोरजोरले चिच्याउंदैछ, मानौं, उनिहरु हाम्रो भेट देखेर मुग्ध भए। तालभरीका पर्खालमा प्रेमिल जोडीहरु गफिएर बसेका छन्, कोहि तालमा माछालाई मस्यौरा दिंदैछन्, केही सेल्फी लिंदैछन्। वरिपरिका रुखबिरुवा, चराचुरुङ्गीको आवाज, तालको लेउ, रातो हुँदै गरेका बादल, चिसो हावाले मन त्यसै फुरुङ्ग पार्दै थियो।
यात्रामा भेट सबैलाई कहां जुर्छ, भेट जुराए वा जुरे पनि सबै मनले खाएका मानिससंग भेट कहां जुर्छ। लाग्छ यी भेटहरु पनि सबै समय संयोग नमिली जुर्दैन। जुर्थे भने, म प्रत्येक चाहेका क्षण उनीसंग नद्जिक हुन चाहन्थे तर अहं हुन्नन् सबै सोचेका, खोजेका, म भन्छु लेखान्तमा लेखिनैपर्छ अनि बल्ला जुर्छ सबै कुरा नत्र त्यसै नेपथ्यमा अमृत गुरुङले जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना भनी गाउंथे होला र?
नेम छंदा ती क्लासका पछिल्तिर बेन्चमा अरु केटी भन्दा पृथक लाग्ने उनी, मलाई साच्चै अचम्म लाग्थ्यो। किन एक्लै बसेकी होलिन्? बोलचाल पनि छैन, बिहान सबेरै आउने, तर किताबसंगै हुने, अनि कोहि संग नबोल्ने मलाई अजीब लाग्थ्यो किनकी मलाई नबोली नहुने, सबै संग हाइ हेल्लो गर्नै पर्ने! ओहो जेट् थ्री मा लगभग सबैसंग बोलचाल भैसक्दा उनीसंग हुन पाएन, चाहन्थे उनीसंग बोलुं तर सकिन। हेराहेर नभएको होइन तर लज्जा नामको भावले मलाई उनीतिर बोल्न नसक्ने बनायो। नढांटी भन्नुपर्दा उनी मलाई अलिक कडा लाग्थ्यो। तर राम्री पनि थिइन्।
उनीसंगको त्यो गोधुली-सन्ध्याकालिन भेट जीवन यात्रामा मीठो भेट मध्येको एउटा भेट बन्न पुग्यो। सम्भवत अलिक लामै भेट बन्यो। पढाइ बाट सुरुवात भएका हाम्रा कुराकानी जीवन भोगाई, अध्यात्म, व्यक्तिगत केही कुरा हुँदै प्रेममा गएर बीट मार्न पुग्यो।
भक्तपुर जहां मैले जीवनका बालापन बिताए आज त्यही ठाउंमा पुग्ने संजोग जुर्यो। झन् भक्तपुर सिद्धपोखरीसंग त हाम्रो परिवारको साइनो गांसिएको छ। द्वन्द्वकालमा हामी लखेटिएर भक्तपुरमा शरण लिएका थियौं। माओवादीहरुसंग भागीभागी बस्दा बस्दै एकपटक माओवादीहरु हाम्रो परिवारलाई खोज्दा खोज्दै आइपुगेछन्, धन्न बा सुराकी पाएर निक्लिसक्नुभएछ। त्यही समयमा बालाई नभेटेसी हामी दुई भाईले माओवादीहरुलाई पांचतले मन्दिर, पच्पन्न झ्याले दरबार, सिद्धपोखरी घुमाएर सुर्यविनायक निकाल्यौं। ती खुशी भएर हामीलाई बधाई पनि दिए। अनि आज यसैगरी झन्डै १७ वर्ष पछि उनीले नै त्यहि ताल लगिन्। म कल्पनामा डुबें, भेट हुन पनि कति धेरै कुरा मिल्नुपर्ने है। ओहो चाहेर मात्रै नहुने!
उनीसंग भेट हुंदा कसरी प्रस्तुत हुने, के भन्ने होला भन्ने कौतुहलताले मलाई प्रश्न गरिरह्यो। मनमा आएका सबै भनिदिएं। मन हलुङ्गो भयो। उनी पनि बढी सुन्न तयार भइन्, म भने बोलेको बोल्यै भएछु। उनीसंग केही समान धारणा मेरा पनि रैछन्। प्रेम पवित्र हुनुपर्छ भन्ने मान्यता हामी दुबैमा समान रैछ। रिलेसन मा बस्नु मात्र लभ होइन तिमी र म यत्ती टाढा बसेर पनि प्रेम गरिराख्या नै हो नि होइन र भनें, मलाई उनी अलिक लजाएको भान भयो! मैले कति शब्दलाई गलत प्रयोग त गरिनं। यद्यपि सांचो यहि हो। उनीसंगका थोरै साथीमध्ये म पनि एक हुं भन्दा म साच्चै खुशी भएं। मलाई पनि यसरी महत्व दिन्छन् है केही मानिसहरु। म हृदयविभोर भएं। मेरा पनि उनी थोरै साथी मध्ये कि हुन् भनिदिएं। ट्विटरका ८०००, फेसबुके ५००० त संख्या मात्रै हुन्। असली संसार तिमी र हामी भित्र छ भनिदिएं।
तर आज दैव संजोग भेट हुनपुग्यो। मलाई उनीले दिएको त्यो महत्वपूर्ण समय नै मेरा जीवन क्षणका महत्वपूर्ण सम्झना बन्नेछन्। आगामी यात्रा विश्वासको कुराले पनि टिक्ने कुरो हो। सहयोग र सद्भाव म बाट उन्लाई सधैं छ। मलाई पनि उनको सदा सर्वदा यस्तै मीठो माया मिलिरहोस्। मैले यहि कामना गरेको छु।भविस्यबाट पछिल्तिर फर्किएर आजको दिन हेर्दा वा कल्पना गर्दा मलाई भावुक बनाउने छन् कतै रोमान्चित पनि बनाउनेछन्।

मेरो बारेमा उन्का धेरै साथीहरुसंग गरेका कुराकानी बारे सुनाईन्, म भुतुक्क भएं, मलाई यति टाढै बाट यत्रो धेरै माया, सम्मान? उनको घरमा त मलाई चिन्ने नै भैसके, आन्टीलाई पनि सबै भनिछिन् दशैमा। दिदीसंग पनि। अनि कहिले कहिले कुरा गरिरहन्छु पनि। ओहो! अनि म आफू हृदयविमुग्ध भएको र आगामी यात्रालाई हौसला मिलेको अनि यसैगरी पाइला पाइलामा हौसाइरहनु है भने! उनीले पनि हुन्छ भनिन्। अनि मैले फोटो खिच्न भने, मानिन अनि केही फोटो सम्झनाको लागी खिचें।
पढाइको बारेमा केही गफिंदा मैले उनलाई प्रा डा बन्न के गर्नुपर्छ भनें, उनले आफुले जानेको बताइन्! मैले पनि आफ्नो यात्रा त्यही रहेको बताएं। अनि पढाईको कुरा चल्दै गर्दा, पढाईलाई पहिलो प्राथमिकतामा राख्नु है भनें। अप्ठ्यारो, आपत, खुशी, अनि सम्झना आए, दीपक तिम्रो लागि छ है भनिदिएं। यो यात्रा सधैं रहिरहोस्, हाम्रो यहि आभ्य कामना! यो तलको भनाई तिम्रो लागि समर्पित है त!
`मलाई भाग्य अथवा समयसंग कुनै गुनासो छैन, किनकी म जे चाहन्छु, त्यो म पांउछु नै। समय, प्रकृतिको उचाइ या सागरको गहिराइले पनि मेरो अभिलक्षित आशा-आकांक्षालाई मदेखी टाढा लिएर जान सक्दैनन्, जे मेरो हो,त्यो म पाएरै छोड्छु।´

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...