Sunday, November 12, 2017

कीर्तिनिधी विष्टको सम्झनामा!

भावपूर्ण श्रद्धाञ्जली!

कीर्तिनिधी विष्ट
कीर्तिनिधी विष्ट
लिपुलेक मुद्दा बारे निर्भीकताको साथ पछिल्लो समय आवाज राख्दै, लेख्दै आएका एक मात्र भुतपुर्व प्रम डा कीर्तिनिधी विष्टको निधनले राष्ट्रले एक महत्त्वपूर्ण हस्ती वा भनौं अभिभावक गुमाएको अनुभव हुंदैछ।
वि सं २०३० असार २५ मा सिंहदरबार आगलागी हुंदा `राजाको पञ्च´ उपनाम पाएका उनले नैतिकताको आधारमा प्रमबाट राजीनामा दिएसंगै उनलाई नैतिकवान् प्रम भनेर पनि चर्चा गरिन्छ। नैतिकता के हो भन्ने प्रश्न आजका हाम्रा कयौं नेताहरुसंग यसको सटिक उत्तर र उदाहरण छैन, कम्तिमा यिनिबाट सिकुन्!
`नेपाल बचाउने को?´, `उत्सर्गका अन्तिम अवसर´, `लिपुलेकमाथी सार्वभौमसत्ता´ लगायत का राष्ट्रिय मुद्दाका विषय उनले गरेका विमर्श साच्चै सम्झनयोग्य छन्।विशेषत उन्ले राष्ट्रिय मुद्दा, अखण्डता, सार्वभौमसत्ता, स्वाभिमान का वरिपरि सधैं आफुलाई केन्द्रमा राखेको अनुभव मलाई उनका लेखोट, भनाई बाट पनि हुने गर्दछ।
उनी प्रम भएको पालामा नेपालको उत्तरी सीमामा रहेका १८ ओटा सैन्य चौकी हटेका थिए
साथै महाकाली सन्धी जस्तो राष्ट्रघाती सन्धीको विपक्षमा उभिने एक मात्र प्रम पनि हुन्। त्यसैगरी २०१५ मे १५ मा चीन भारतले गरेको लिपुलेक मुद्दा बारे त उनी विरोध गर्दै नै आइरहेका थिए!

आजका प्रम हरुले उनीबाट सिक्ने कयौं कुराहरु छन्, नैतिकता, इमानदारीता, भन्ने गुमाइसकेकाहरुलाई यो कुराले केही साइनो पनि राख्दैन राख्न त! उनको देशभक्ति प्रति मैले आफ्नो शिर निहुर्‍याएको छु। आज ती प्रतिवद्ध देशभक्त हामी सबैबाट सदाका निम्ति विदा भएका छन्। यो रिक्तता आफैमा अपुरणीय हो। भावपूर्ण श्रद्धान्जली कीर्तिनिधि विष्टज्यू!
राष्ट्रको हितका खातिर तपाईले लाउनुभएको गर्नुलाई नेपाली र नेपाली राष्ट्रले कहिल्यै बिर्सने छैन।मेरा भावपूर्ण श्रद्धाञ्जली प्रम्ज्यू। हामी सदा सर्वदा सम्झनेछौं। सबलाई चेतना भया!

Friday, November 10, 2017

मृत्युु वरणीय कसरी?

मेरा मृत्युुले भावी सन्ततिलाई ज्ञानका लागि ढोका खोलिदिन्छ भने, मेरा मृत्युुले बांच्ने साहस दिलाउंछ भने,शोकलाई शक्तिमा परिणत गर्न प्रेरणा दिन्छ भने र पलायन हुनबाट रोक्छ भने मेरा लागि त्यो मृत्यु वरणीय हुनेछ।हतो वा प्राप्स्यसि स्वर्ग, जित्वा वा भोक्षसे महिम् को अर्थ पनि यसरी लाग्छ।

Thursday, November 9, 2017

`वारीयर्स इन दी हिमालयज´ | 'Warriors in the Himalayas'

`वारीयर्स इन दी हिमालयज´
'Warriors in the Himalayas'


(१,०२५ मि बाट ४,६१० मि सम्मको कठिन हिमाली यात्रालाई हामीले निक्कै छोटो समयमा सकेर फर्कदा विदेशी पदयात्रीले दिएको उपनाम)

यात्रा:


घुमाई गरेर गन्तब्यमा मात्र पुग्ने उद्देश्य भएका धेरै हुन्छ तर यात्रालाई जीवन मानेर जीवनको सार्थकता खोज्नेहरु निक्कै कम हुन्छन्, भेटिन्छन्। धेरै साथीहरु ट्राभल या टूरमा जाने भन्छन् यर यथार्थमा धेरैले यात्रा गर्दैनन्,
घुम्छन् मात्र! यात्रा गर्दा हिमाल,डांडा-कांडा, कन्दरा, फांट मात्र हेरिन्न त्यहांको परिवेशमा हुर्केका मानिसहरुको जीवनशैली,सुख-दु:ख, चालचलन पनि नद्जिकबाट नियालिन्छ, महशुस गर्ने प्रयत्न गरिन्छ। घुम्नेहरुको उद्देश्य रमाइलो गर्ने भन्ने मात्र हुन्छ, बस् कहां पुग्ने हो अन्तिम गन्तब्य त्यहां पुग्छन्, आउंछन्, फर्कन्छन, बाटाका कठिनाई, सजिलापन कुनै तीता-मिठा फल बन्दैनन् तर जो यात्रा गर्दछन् ती क्षण-क्षण बांच्दछन्, तिनका लागि ती जीवन भोगाइका सङ्गालो बनिदिन्छन्, जीवन सार्थकताको मोड बनिदिन्छन् अनि


यात्राको ४८ घण्टा:


हामीले हाम्रो यात्रा चनौटे (१,०२५ मि) बाट कुटुमसाङ्ग ( हुँदै थारेपाटीमा (३,६९० मि) गएर रात बितायौं। माङ्गेन गोठ (२,९८५ मि) बाट उकालो चढ्दा अंध्यारोले आफ्नो प्रभाव पार्न थालिसकेको थियो। कुटुमसाङ्गको यात्रामा अघि बढ्दै गर्दा हामीले बंदेललाई पनि आफ्नै अगाडि देख्यौं, हामी अत्तालिएर भाग्यौं तर पछि धेरै बेरसम्म त्यत्तिकै ढलेको देखेर मनमा दया आउंदा आउंदै पनि छोडेर हिंड्न विवश भयौं। यात्राको क्रममा सांझ पर्दै जांदा, पानी पनि छिटाउन थाल्यो, निक्कै चिसो अनुभव भएसी हामीले बाटैमा साना साना सुकेका दाउरा बटुलेर आगो ताप्यौं। पानी रहेसंगै उकालो लाग्यौं। उकालो चढदा रातले ढपक्क छोप्यो, हामी पनि रातमा आधा घण्टा जङ्गलमा बाटो भुलिंदा जङ्गलसंगै प्रीति सांध्न पुगेछौं। धन्न दैव दाहिना भएछन् क्यार हाम्रो पांच जना टोली सकुशल जङबाट थारेपाटी पुग्यौं, ओहो हामीलाई अहिले सम्झंदा कहाली लाग्छ, मन कुटुक्क खान्छ। अनि बिहानै जुगल, रोल्वालिङ हिमालहरुको दर्शनसंगै गोसाइँकुण्डको बाटो ततायौं। उकाली ओराली गर्दै सानो घोप्टे, फेदी हुँदै लौरी बिना भञ्ज्याङ कट्नु अगावै हामीलाई सुर्यले प्रत्यक्ष दर्शन छाडछन्, बादल अनि कुहिराहरु वेगले आएर हाम्रा बाटाहरु चिसा अनि अंध्यारा बनाइदिन्छन्, लेकाली हावाले बल्ल आफ्नो ठाउँ लिन थालेको महशुस हुन्छ। ४,४०० मि पुगेसी प्रत्येक मि चढन यस्तो गार्‍हो भयो कि मानौं हामी यो यात्रा हाम्रा लागि गर्दैछौं या अरु कसैको लागि? सोच्न बाध्य बनायो। निक्कै कठिनाईको साथ हामी सुर्य हिमालको काखसंगै रहेको सुर्य कुण्ड(४,६१० मि) बाट लौरीबिना पास हुँदै गोसाइँकुण्डको (४,३८० मि) यात्रा गर्न सफल भयौं, हाम्रो खुशीले सिमा भनेन। अनि रात लेक्साइडमा बिताएपछी बिहान झिसमिसेमै हामीले मेलम्चीघ्याङ (२५६० मि) पुग्ने अठोटको साथ यात्राको सुरसार थाल्यौं। फर्कदां हामी रमाइलो गर्दै, नीला नीला अनि छ्याङ्ग खुलेको आकाश हेर्दै फेदीसम्मको यात्रा गर्यौं। फेदीभन्दा पारीको डांडालाई घोप्टे डांडा भनिदोरैछ जहाँ प्लेन दुर्घटनाबाट १०० भन्दा बढी यात्रुको दु:खद निधन भएकी कुरा फ्रेन्च पर्यटक गाइड दाइए सुनाउनु भयो। हामीले प्लेनका केही टुक्रा पनि हेर्यौँ, अझै पनि प्लेनका अवशेष भेट्न सकिने रैछ।लामो यात्रा पछि पुनः थारेपाटी हुँदै मेलम्चीघ्याङ्ग ( २,६०० मि) मा आएर रातमा विश्राम लियौं। मेलम्चीघ्याङ्ग बाट बिहानै ओरालो झरेर मिलारेपाको दर्शन गर्दै मेलम्ची सुरुङ्गको अवलोकन संगै हामी हाम्रो घरमा आएर यात्रालाई विश्राम दिने प्रयत्न गर्छौं, तर ती विश्राम कहाँ लिन्थे र? ती त हाम्रा मन मस्तिष्कमा सागरका तरङ्गझैं लहर लहर ल्याएर जीवन्त बनिदिन्छन्, विश्राम होइन गतिशीलताको प्रखर नमुना बनिदिन्छन्।

विदेशीसंग हाम्रो भलाकुसारी:


बाटोमा नेपाली यात्री कोहि भेटिएनन् बरु इजरायली, अमेरिकिन, बृटिश, अस्ट्रीयन, इटालियन, भारतका पर्यटकहरुसंग बाटोको भेटमा केही पलहरु गफमा बितायौं। ती सबैलाई हिमाली परिवेशले लगाएको पिरती सम्झनयोग्य थिए, ती भन्दा पनि नेपालीको मुस्कान, सरलता र आतिथ्य सत्कारको मौलिक शैलीको प्रभावले होला उनिहरुको शब्दमा मुक्तकण्ठले प्रशंसा गर्थे। यात्रामा हामीले रतन लाल विश्वास जस्ता विश्व कीर्तिमानी हिमाल यात्रा गर्ने व्यक्तिलाई पनि भेटघाट गर्ने सुवसर पनि पायौं। हिमालका कुना कन्दरामा अधिकांश समय बिताएका रतन सर उमेरले ७८ टेकेका रैछन् भने हिमाल यात्रा २५ औं पटक रैछ, हामी चकित पर्यौं, हिमाललाई माया गर्ने मानिसहरु त हिमालसंग मित नै पो लगाइसकेका रैछन्। भेटिएका धेरै मध्येले नेपाल भ्रमण ३/४ औं पटक गरेर पनि तृष्णा नमेटिएको प्रसङ्ग धक खोलेर भन्थे, हामी पनि चाख मानी मानी सुन्थेयौं।


निष्कर्ष:

गोसाइँकुण्ड सम्मको यात्रा धेरै गरे, आफ्नै तीता मीठा अनुभवहरु संग्रहित गरे होलान्, तर हामी त्यस ४८ घन्टे हिंडाइ यात्रामा बिताएका हिमाली परिवेश, नीला आकाश, सेता हिमाल, वेगका कुहिरा, चिसो अनि कठ्याङ्रीदो हावा, सुगन्धयुक्त वनस्पती, अग्ला अग्ला धुपिका रुख, चट्टानी पहाडबाट निस्किएका झरना, अनगिन्ती पहाडहरु, पहाडका तरेलीहरु, उकाली ओराली बाटाहरु, कुण्ड कुण्ड भरिएका पानीहरु लगायत आंखाले देखेर मन-मस्तिष्कले लेख्न नभ्याएका हजारौं कुराहरुले हामीलाई हाम्रो यात्रा सबैभन्दा अविस्मरणीय बनाउन पुग्यो। यो यात्रा हिंडाइमा मात्र सिमित भएन, हाम्रो जीवन भोगाइका तरेलीहरुसंग मेल पनि खायो भलै यो संयोग नै किन नहोस्।


`वारीयर्स इन दी हिमालयज´

अन्तिममा हामीलाई `वारीयर्स इन दी हिमालयज´ भन्ने नाम दिएर हाम्रो यात्रालाई अझै उत्साहीत गर्ने सम्पुर्ण विदेशी साथीहरुलाई आभ्य नमन। ५ औं पटक भन्दा बढी नेपाली हिमाल चहारेका क्यानडाका पर्यटकले हामीलाई यस्तो उपनाम दिए। अरु पदयात्रीहरुसंग पनि साक्षत्कार भेट गर्दा हामीलाई हाम्रो यात्रा छोटो समयमा गन्तब्यमा पुगेर फर्कदा धेरैले लख काटे, ओहो भन्दै यात्राको मुक्तकण्ठले हाम्रो यात्राको कथा गाए।

प्रश्न गर्न नसक्ने हाम्रो पुस्ता!

प्रश्न गर्न नसक्ने हाम्रो पुस्ता?

(स्कुल/कलेज=कारखाना)

हाम्रो विश्वविद्यालयले विद्यार्थीहरुमा आलोचनात्मक चेत पैदा गर्नै सकेन। प्रश्न पल्टाउनुस्, पढाइ हेर्नुस्। विद्यार्थी कक्षामा पढाएको कुरा छलफल गर्दै क्यान्टिनमा पुगोस्। त्यहां पनि छलफल गरोस्, बस चढ्दा पनि छलफल होस्। तब पो विश्वविद्यालय। नेपालका विभिन्न मुद्दामा बहस हुनुपर्यो।
अहिले मानविकीतिर विद्यार्थी घटेको घट्यै छ्न्। हाम्रोमा तलैबाट बच्चाहरुलाई विज्ञान् पढाउन थालियो, अन्य कतिले व्यवस्थापनको विषयतिर चासो देखाए। हाम्रो विशिष्टीकरण धेरै चांडै भयो। मानविकी नबुझी अरु बुझिंदैन। कविता पढ्नुपर्छ, उनीहरुले।

२२ वर्षको केटीले ८० वर्षको वृद्धलाई बा तपाईंको छोरा बांच्दैन भन्नुपर्यो भने त्यसले भन्न सक्छ? त्यसले त्यो गाम्भीर्य बुझेको छ? मात्र १२ कक्षामा विज्ञान् पढिरहेको छ ऊ। मेडिकल साइन्स भनेको बायोमेडिकल साइन्स हो? मानविकी, व्यवहार विज्ञान् पनि त हि नि। उसले मेसिनसंग डील गरेको छ र?
तपाईं आफैं पनि हेर्नोस्, आज चिकित्सा पढ्न लागेकाहरु फिजिक्स, केमिस्ट्री, बायोलोजी भन्दा भन्दै मानौं डाक्टर नै बने जसरी उफ्रन्छन्। खोइ तिनलाई यो देशमा फैलिएका मानिस, तिनका प्रकृती, खानपान, जीवनशैली, लगयात सामाजिक चालचलन बारे खोइ जानकारी? नेपाल जस्तो विविधतायुक्त ठाउंमा उत्पादन हुने डाक्टरमा ग्रामीण भेगलाई चाहिने डाक्टर उत्पादन हुन सकेका छन् र? आज पनि मेरो गाउँ काठमाडौबाट नजिकै हुंदा पनि हेल्थ असिस्टेन्टले जचाएको आफैले भोगेको छु।
एउटा पूर्ण मान्छे बन्न चाहे ऊ डाक्टर, इन्जिनियर, एस्ट्रोनट, प्रोफेसर किन नहोस्, पहिला ऊ सचेत हुनुपर्छ। उदार शिक्षा सबैले पाए पनि त्यसपछि विस्तारै विशिष्टीकृत सुरु हुन्छ। ऊ मेडिकल डाक्टर होस् या इन्जिनियर होस्, तबमात्र पुर्ण मान्छे हुन्छ, जब उसले बुझ्छ्। म कहिलेकाहीं हवाईजहाजमा यात्रा गर्दा मलाई चिनेर ककपिटमा लैजान्छन्, राजनीतिको कुरा गर्न भन्छन्। उनीहरुको कुरा केटाकेटीको जस्तो हुन्छ।इतिहास, भुगोल, नेपालको सामजिक अवस्था केही बुझेको छैन।

शिक्षाको कमजोरी छ, यहां। ४० % व्यवस्थापन पढ्छन्। यस्तो पनि हुन्छ? सन् २०१३ मा चीनमा ४०% विज्ञानप्रविधि,गणित र इन्जिनियरिङ पढ्थे। उच्च शिक्षामा हाम्रो गडबडी छ। त्यसैले पनि हो अहिले प्रश्न गर्नैनसक्ने पुस्ता निर्माण भएको। तलको आधार नै बनेन। समाजिक शिक्षाबारे बच्चामा गरमागरम बहस हुनुपर्ने हो।

#केदारभक्तमाथेमा #दीपकिरणखड्का

Friday, November 3, 2017

खोइ स्वधर्मको पालना?

खोइ स्वधर्मको पालना?


नेपाल एक मात्र असली हिन्दूस्थान र अघोषित हिन्दू राज्य भनेर स्वयम् खप्तड स्वामीले भनेका छन्। भारतमा मुसलमान शासन संगै, हिन्दू संस्कृति मासिएको कुरा धेरै पहिल्यै देखि नै महशुस गरिआएकै कुरो हो, त्यहां माथी पनि भारतमा गरिने हिन्दू संस्कृति नेपालमा गरिने भन्दा फरक छ, केही हदसम्म नेपालले हिन्दुत्वको असली परिचय जोगाइ राखेकै छ भन्न सकिन्छ।

तर विगत २० वर्ष वरिपरि वा भनौं कथित युद्ध पछि हामीले धेरै गुमाएको छौं, अझै भनौं महेन्द्रको शिक्षा प्रणालीलाई दुत्कारेर र पश्चिमा शिक्षा अंगालेसंगै हाम्रा अनुशासन, संस्कार अनि सभ्यता नियोजित तरिकाले नष्ट गर्न लागेको भान हुन्छ। अहिले त झन् क्रिश्चियन मिसिनरीहरु नेपालमा भन्दा पनि भारतमा तीब्र लागेको हालैको एक प्रतिवेदन बाट थाहा पाइयो। नेपालले पनि हिन्दू परिचय र पहिचानलाई बेलैमा ख्याल गर्न सकेन, झोलेवादी बाट बचाउन सकेन भने असली हिन्दू पहिचान खोज्न पाश्चात्य देश नधाउनुपर्ला भन्न सकिन्न।झोलेवादीहरु त सकृय लागेकै छन्, कसरी हुन्छ नेपाली संस्कृति, सभ्यता अनि सहिष्णुता मास्ने भनेरै, निक्कै नियोजित योजना सहित। शहर भन्दा बाहिर गएपछी हाम्रा संस्कृतिले फेरिरहेका अन्तिम सास हुन् कि भन्ने पनि लाग्छ।
स्वयम् हिन्दु भित्रका विद्वानहरु पनि निक्कैवेमेलसंग अघि बढ्नु भनेको हामीले हाम्रो धर्म,संस्कृति माथी प्रहार गर्नु नै हो।अर्को कुरो धेरै मित्रहरु, हिन्दू बाट निक्कै खतरा महशुस गर्नु हुन्छ, म बडा आश्चर्यचकित पर्छु, किंकर्तव्यविमुढबन्छु कहिलेकहिले, किन होला है? कम्तिमा आजसम्म रहिआएको सहअस्तित्व अनि सहिष्णुताको भावनालाई त सम्झिदिनुस्, अझै लाखौं वर्षबाट मिलिआएको सभ्यतालाई पनि सम्झिदिनुस न!हामी माथी को कसरी खेल्दैछ भनेर भनिरहनु परोइन, तर अबको भुमिकालाई पो एउटा व्यक्ति, परिवारले कसरी निभाउने हो भन्ने महत्त्वपूर्ण देखिन्छ।

नेपाली संस्कृतिको अनुपम नमुना कुलधर्म मान्ने वा प्रकृतिपूजक सन्तान जोसुकै होओउन्, यी सबै आआफ्ना कुलप्रति श्रद्धावान् भए पनि कति जाती हुन्थ्यो, अब त्यो त रहेन नै!हिन्दुलाई देखि नसहेर गाली गर्ने पनि देखियो, कम्तिमा हिन्दूका ग्रन्थ अध्ययन नगरेकाले किन त्यत्रो हिम्मतगरेका होलान्? सायद सबै कल्पना लाग्दा हुन् हिन्दूका किताबहरु, एकपटक डा स्वामी प्रपन्नचार्यले भनेझैं कास्मिर देखि बर्मा सम्मका हिमालय भुमी खोतलेर खोज गर्ने हो भने अझै धेरै कुरा प्रकाशमा आउन सक्थ्यो।साधुवाद!

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...